समाचार

देशभर मनसुनी वायुको प्रभाव, सतर्कता अपनाउन आग्रह

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा धेरै र देशका बाँकी पहाडी भूभागका केही स्थानहरूमा… पुरा पढौ

एकै दिनमा तराईदेखि हिमालसम्मको यात्रा नगर्न/नगराउन होटल संघ गण्डकीको अपिल

सन्देश श्रेष्ठपोखरा, साउन २२ होटल संघ नेपाल, गण्डकीले एकै दिनमा तराईदेखि हिमालसम्मको यात्रा नगर्न÷नगराउन अपिल गरेको छ । संघले आज एक अपिल जारी गर्दै होंचो भुभाग क्षेत्र तराईबाट एकै दिनमा अत्यधिक उचाई रहेका हिमालसम्मको यात्रा नगर्न÷नगराउन अपिल गरेको हो । संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘होंचो भुभाग तराई र सिमावर्ती क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण हिमाल क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायतका जोखिम बढेकाले अबदेखि त्यस्तो यात्रा नगर्न÷नगराउन अपिल गर्दछौं ।’ बरु पर्यटकलाई आराम… पुरा पढौ

अन्नपूर्ण बाल तथा महिला अस्पताल र लमजुङ-पोखरा सम्पर्क समिति तथा सहकारीबीच उपचार सम्बन्धी सम्झौता

पोखरा, साउन २२ अन्नपूर्ण बाल तथा महिला अस्पताल पोखरा–१० शिवचोक र लमजुङ–पोखरा सम्पर्क समिति तथा लमजुङ-पोखरा वचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच उपचार सम्बन्धी सम्झौता भएको छ । दुई संस्थाबीच अस्पतालमा हुने उपचारलाई सहज बनाउने विषयमा सम्झौता भएको हो । सम्झौतामा अस्पतालका अध्यक्ष सन्तोष पाण्डे, लमजुङ-पोखरा सम्पर्क समितिका अध्यक्ष ईश्वर चिलुवाल र सहकारीको तर्फबाट अध्यक्ष बिजुलीबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लमजुङ–पोखरा सम्पर्क समिति र लमजुङ–पोखरा वचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सदस्यहरुको उपचार अन्नपूर्ण बाल तथा… पुरा पढौ

पोखरा महानगर र लक्ष्मी ग्रुपबीच सम्झौताको उद्देश्य : तालको पानी कञ्चन बनाउने, जलकुम्भी झारबाट हस्तकलाका सामग्री उत्पादन

सन्देश श्रेष्ठपोखरा, साउन २२ पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप (लक्ष्मी फाउण्डेसन)बीच ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । तालको पानी कञ्चन बनाउने तथा तालमा रहेको जलकुम्भी झारलाई रोजगारीसँग जोड्ने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्य र लक्ष्मी फाउण्डेसनको तर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार लक्ष्मी फाउण्डेसनले पोखरामा रहेका तालहरुको सरसफाई गर्नेछ । जस अनुसार फाउण्डेसनले पहिलो चरणमा तालको पानी निर्मलीकरण गरेर सफा र स्वच्छ बनाउने… पुरा पढौ

पोखरा महानगर र लक्ष्मी ग्रुपबीच ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर

पोखरा, साउन २२ पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप (लक्ष्मी फाउण्डेसन)बीच ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । तालको पानी कञ्चन बनाउने तथा तालमा रहेको जलकुम्भी झारलाई रोजगारीसँग जोड्ने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्य र लक्ष्मी फाउण्डेसनको तर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार लक्ष्मी फाउण्डेसनले पोखरामा रहेका तालहरुको सरसफाई गर्नेछ । जस अनुसार फाउण्डेसनले तालको पानी निर्मलीकरण गरेर सफा र स्वच्छ बनाउने छ । त्यस्तै,… पुरा पढौ

लोक गायक स्व.कल्याण शेरचनको प्रतिमा स्थापनामा आर्थिक अभाव

पोखरा, साउन २२ बहुआयामिक व्यक्तित्व स्व.कल्याण शेरचनको प्रतिमा स्थापनामा आर्थिक अभाव भएको छ । शिक्षा, संगीत र खेलकुदमा जीवन समर्पण गरेका स्व.शेरचनको मरणोप्रान्त प्रतिमा स्थापना गर्न आर्थिक अभाव भएको हो । २००३ साल साउन १२ गते जन्मेर २०६७ साल माघ १६ गते स्वर्गारोहण भएका शेरचनले ‘कलिलो तामालाई सोध रामलाई’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ’, ‘च्याङ्बा होइ च्याङ्बा, डम्फूले आज के भन्छ ?’, ‘सुख ज्यानलाई गुँदरी काम्लो’, ‘ए भेना यो साल, ल्याइदेऊ मलाई पछ्यौरी मलमल’, ‘रात काटें रोएर,… पुरा पढौ

भारतको उत्तरकाशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो, १ सयभन्दा बढी अझै बेपत्ता

भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ जना पुगेको छ । १ सय भन्दा बढी मानिस अझै हराइरहेका भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । हराइरहेकामध्ये ११ जना भारतीय सेनाका जवानहरू रहेका छन् । उद्धार र राहतको काम निरन्तर चलिरहेको खबरमा उल्लेख छ । स्थानीय बासिन्दा र सरकारी अधिकारीहरूका अनुसार करिब २५ वटा होटल बगेका छन् भने धाराली बजारको धेरैभाग पूर्ण रूपमा क्षति भएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी हिजो घटनास्थलमा पुगेर उद्धार तथा… पुरा पढौ

आज देशभर साधारणतया बदली रहने

देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई… पुरा पढौ

पोखराको बिरौटाबाट अबैध लागूऔषध सहित तीन जना पक्राउ

पोखरा । पोखराबाट अबैध लागू औषधसहित दुई युवतीसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा जिल्ला स्याङ्ग्जा स्थायी घर भई हाल पोखरा १७ बिरौटास्थित घारीकुलो बस्ने वर्ष ३२ की रिना थापा मगर, स्याङजा फेदीखोला ४ स्थायी घर भई हाल पोखरा १७ बिरौटा बस्ने वर्ष ३४ को विश्वास गुरुङ र पर्वत स्थायी घर भई हाल पोखरा १७ बिरौटा बस्ने वर्ष ३९ की मिना थापा मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरि बस्नेतले जानकारी दिए। उनीहरुको साथबाट लागू औषध डाईजापाम… पुरा पढौ

वडा कार्यालयको समन्वयमा बाटुलेचौरमा तीज मेला हुने

पोखरा  नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला हुने भएको छ। वडा कार्यालय, पोखरा १६ को समन्वयमा आगामी भदौ ९ र १० गते स्थानीय बाटुलेचौर खेल मैदानमा ऐतिहासिक बाटुलेचौर तीज मेला गर्न लागिएको वडा सदस्य राजकुमारी बानियाँले जानकारी दिनुभयो परापूर्वकालदेखि बाटुलेचौरमा हुदै आएको मेलालाई निरन्तरता दिन र पर्वको धार्मिक तथा सांस्कृतिक पक्षलाई जोगाउन पनि २ दिनसम्म मेला संचालन गर्न लागिएको बानियाँले बताउनुभयो।मेला संचालनका लागि भएको भेलाले वडा सदस्य बानियाँ संयोजक र मञ्जु नेपाली सहसंयोजक रहेको… पुरा पढौ