समाचार

अन्तर प्रदेश राष्ट्रिय भारत्तोलन प्रतियोगिताको ९८ केजी तौल समूहमा पोखराका कुशल प्रथम

पोखरा, असार १७ अन्तर प्रदेश राष्ट्रिय भारत्तोलन प्रतियोगितामा पोखराका कुशल गुरुङ प्रथम भएका छन् । मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले बिरगञ्जमा आयोजना गरेको प्रतियोगितामा पोखरा-१२ निवासी कुशलले ९८ केजी तौल समूहमा अन्य प्रदेशका प्रतिष्पर्धीलाई पछि पार्दै प्रथम स्थान प्राप्त गरेका हुन् । सांगीतिक व्याण्ड डि–मर्चाका ड्रमरसमेत रहेका उनले स्न्याचतर्फ ९१ केजी तथा क्लिन एण्ड जर्कतर्फ १२० केजी गरेर कुल २२१ केजी तौल उठाउँदै प्रथम स्थान हासिल गरे । बिजेता कुशलले मेडल र प्रमाण पत्र प्राप्त गरे । कुशलले… पुरा पढौ

जानकी माविमा अक्षयकोष स्थापना

गण्डकी,१७ असार पढ्नका लागि उमेरले छेक्दैनन भन्ने उदारणीय बनेकी गोमा पराजुलीले आफु अध्ययन गरेको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् । पोखरा १७ तल्लो विरुवा निवासी उनले आप्mनो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययरत जेहेन्दार एवम् विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने लक्ष्यका साथ ५० हजार रुपैयाको अध्यक्ष कोषको स्थापना गरेकी हुन् । गोमा फाउण्डेशनका अध्यक्ष समेत रहेकी उनले उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी, प्रधानाध्यापक अर्जुन कडेललाई सामुहिकरुपमा हस्तान्तरण… पुरा पढौ

पोखरामा भोलिदेखि अन्तर कलेज क्रिकेट लिग कप-२०८२ हुने

पोखरा, असार १७ पोखरामा भोलिदेखि कलेज स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखराका विभिन्न क्याम्पसहरुमा रहेका क्रिकेटका प्रतिभाहरुको खोजी गर्नका लागि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा असार १८ गते भोलिदेखि असार २४ गतेसम्म अन्तर कलेज क्रिकेट लिग कप–२०८२ हुने भएको हो । पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा हुने प्रतियोगितामा ५ टिम सहभागि हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । कंगारु एजुकेसन कन्सल्टेन्सी प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पोखरा विश्वविद्यालय (पियू), पृथ्वीनारायण क्याम्पस (पिएन), गण्डकी विश्वविद्यालय (जियू),… पुरा पढौ

लायन्स क्लब अफ माउण्टेनसिटीद्वारा विविध सहयोग

पोखरा । लायन्स क्लब आफ पोखरा माउण्टेनसिटीको वर्ष २०२५-०२६ को कार्यसमितिले पहिलो दिन आजबाट विविध सहयोगको कार्यक्रम गरी सुरुवात गरेको छ । पोखरा २९ मदरीकुना, लेखनाथमा रहेको नर्मदेश्वर मोक्ष सन्यास आश्रममा खाद्यान्न वितरण, वृक्षारोपण र विरुवा गोडमेल कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् डिष्ट्रिक चिफ लायन खेमराज बरालले १०८ ऋषिमानन्द गिरी खाद्यान्न दिएर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले माउण्टेनसिटीले अघिल्ला वर्षहरुमा गरेको कार्यक्रमहरु उत्कृष्ट रहेको र पुरस्कृत समेत भएको प्रशंसा व्यक्त गर्दै वर्ष ०२५-२६… पुरा पढौ

बालश्रमविरुद्ध साझा अभियान जरुरी

पोखरा,१ असार । तीनवटै तहका सरकार,समाज र सामाजिक संघ÷संस्थाहरुको सामूहिक प्रयासलले मात्र सहरी क्षेत्रमा हुने निकृष्ट प्रकारको बालश्रम रोक्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।श्रम क्षेत्रमा रहेका बालबालिकाहरुको पुनस्र्थापना,पारिवारिक पुनर्मिलन तथा अनौपचारिक÷औपचारिक शिक्षाका कार्यक्रमहरु पनि सँगसँगै संचालनमा ल्याउनुपर्नेमा पनि उनीहरु एकमत देखिएका छन् । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले संचालनमा ल्याएका कार्यक्रमहरुको सामाजिक लेखाजोखा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै प्रमुख अतिथि, बालश्रमविरुद्धको अभियन्ता तथा स्वान्त सुखाय परोपकार प्रतिष्ठानका अध्यक्ष प्रा.डा.कृष्णकुमार श्रेष्ठले बालबालिकाहरुलाई श्रममा नलगाउने वातावरण बनाउन र… पुरा पढौ

‘राउण्ड फेवा भ्यू फेवा’ पदमार्गको सरसफाई

पोखरा, १६ असार । राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमार्गकाे सरसफाइ गरिएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पदमाग{को सरसफाइ गरिएको हो । टान गण्डकीको आयोजनामा नेपाल पय{टन बोड{ र नेपाल पय{टन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकाय{मा पोखरामा पय{टक पथ प्रदश{क, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई प्रयोगात्मक कक्षा अन्त{गत राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमाग{को सरसफाइ, हाइकिङ तथा क्याम्पिङ काय{क्रम गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी… पुरा पढौ

कुमुदिनी होम्समा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न

पोखरा, १६ असार । पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित कुमुदिनी होम्समा कक्षा ९ र १० का विद्यार्थी तथा उनीहरूका अभिभावकको सहभागितामा एक प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ। “अभिभावकको महत्व र विद्यार्थी भविष्यका नेतृत्वकर्ता हुन्” भन्ने मूल सन्देशका साथ आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता तथा मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीले जीवनमा सफलता प्राप्त गर्न विद्यार्थी, विद्यालय र अभिभावकबीचको त्रिपक्षीय समन्वय अपरिहार्य रहेको बताए। उनले सफलता सजिलै प्राप्त नहुने र त्यसका लागि निरन्तर कर्म, आत्मशुद्धि र सकारात्मक सोच आवश्यक पर्ने बताए। उनले… पुरा पढौ

कास्कीको मर्दीखोलाले जलसतह सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा सावधानी अप्नाउन अपिल

पोखरा, असार १५ कास्कीको माछापुच्छ«े गाउँपालिका लाहाचोकस्थित मर्दी खोलाले जलसतह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज आईतबार साँझ ५ः३० बजे पानीको सतह मापन गर्दा जलसतह सतर्कता तह अर्थात तीन दशमलव चार मिटर भन्दा माथि पुगेको जनाएको हो । अविरल वर्षापछि जलसतह बढेको विभागले जनाएको छ । यसैबीच विभागले मर्दीखोला तटीय क्षेत्रका नागरिकहरूलाई सावधानी अपनाउन अपिल गरेको छ । विभागले आज साँझ एक सूचना जारी गर्दै मर्दी खोला किनारमा बसोबास गर्ने स्थानियहरुलाई विशेष सतर्कता अपनाउन… पुरा पढौ

कृषि सञ्जाल बैदामद्वारा प्राङ्गारिक कृषि खेतीका लागि झोलमल बनाउने तालिम सम्पन्न

पोखरा , अषाढ १५ । पोखरा महानगर पालिका वडा नं– ६ वडा स्तरीय कृषि संजाल बैदामको आयोजना र वडा कार्यालय ६ को आर्थिक र प्राविधिक सहयोगमा एक दिवसीय “प्राङ्गारिक कृषिका लागि झोल मल बनाउने” तालिम शनिबार सम्पन्न भएको छ ।तालिममा कौशि खेति क्वीनका उपविजेता तथा प्रशिक्षक कान्ति पौडेल अधिकारीले झोल मल बनाउने तरिका सिकाएकी थिइन् । बैदाम क्षेत्रका स्थनिय संघ संस्थाका करिब ३० जनाले मल बनाउने तालिम लिएका थिए । कार्यक्रममा धृपि, कफि र कुरिलो गरि विभिन्न प्रजातिका ३ सय… पुरा पढौ

महानगर अस्पताल शिसुवाको अध्यक्षमा गिरी

लेखनाथ, असार १५शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरी मनोनित भएका छन् । महानगरपालिकाका मेयर धनराज आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि गिरीलाई अध्यक्षमा मनोनित गरेका हुन् ।अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं। २७ तालचोक निवासी हुन् । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समय देखी पोखरामा व्यवसाय गर्दै आएका छन् ।यसैगरी मेयर आचार्यले पोखरा २६ का सुर्यनाथ… पुरा पढौ