समाचार

पोखरामा सामुदायिक विद्यालयका १८ जनाले ल्याए चार जीपीए

पोखरा, असार १३ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पोखराका सामुदायिक विद्यालयका १८ जना विद्यार्थीले चार जीपीए ल्याएर उत्तिर्ण गरेका छन् । सामुदायिक विद्यालयप्रति आम सर्वसाधारणको विश्वास टुटिरहँदा पोखराका ८ सामुदायिक विद्यालयका १८ जनाले चार जीपीए ल्याएर उत्तिर्णहुँदै सामुदायिक विद्यालय कमजोर नभएको सन्देश दिएका हुन् । पोखरामा सँधै अब्बल अमरसिंह माविका ५ जनाले यस वर्ष चार जीपीए ल्याएर उत्तिर्ण भएका छन् । त्यस्तै, पोखरा–१३ स्थित भद्रकाली मावि र पोखरा–८ स्थित जनप्रिय माविका समान ४÷४ जना विद्यार्थीले चार जीपीए ल्याएर उत्तिर्ण… पुरा पढौ

पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा

देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् । महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर सरसफाई गरिसकिएको छ भने खेत हिल्याउने कार्य समेत सुरु भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न विष्णुपादुका धार्मिक क्षेत्रको… पुरा पढौ

मदरल्याण्डका ११ जनाले ल्याए ४ जिपिए

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मदरल्याण्ड माध्यमिक विद्यालयबाट एकैचोटि ११ जना विद्यार्थीले ४.० जिपिए ल्याउन सफल भएका छन् । गत वर्ष पनि १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४.० जिपिए आएको थियो । यस विद्यालयबाट १ सय ६६ जनाले एसइई दिएका थिए । तीमध्ये ३.६ देखि ४.० जिपिएसम्म आउने १ सय ३६ जना छन् । यसैगरी, ३.२ देखि ३.६ जिपिएसम्म आउने २८ जना छन् भने १ जना विद्यार्थीको ३.०५ जिपिए आएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।… पुरा पढौ

एसईईको नतिजा आजै प्रकाशित हुने

राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ सम्म प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्राविधिक समस्या नभए आजै साँझ सम्म प्रकाशित गर्ने बताएका हुन् । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ । पुरा पढौ

पोखरामा महिला जनप्रतिनिधिलाई कानुनी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, १२ असार। पोखरा महानगरपालिकाका महिला जनप्रतिनिधिहरूलाई लक्षित गर्दै कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आर्थिक सहयोग र वडा नं. १७ को आयोजनामा बुधबार कार्यक्रम सम्पन्न भएको हो। फिस्टेल ड्रीम पार्क, गगनगौडामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले निर्वाचित जनप्रतिनिधिहरूमाथि नागरिकको ठूलो आशा र अपेक्षा रहने बताउँदै, कानुनी जटिलताका कारण कतिपय अवस्थामा सेवा दिन नसकिएको बताइन्। उनले भनिन्, “कानुनभन्दा बाहिरका मागहरू पूरा गर्न नसक्दा जनगुनासो बढ्छ, त्यसैले यस्ता कार्यक्रममार्फत प्रतिनिधिहरूलाई… पुरा पढौ

लागु औषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी अभियान सम्पन्न, प्रतिवद्धता पत्रमा हस्ताक्षर

पोखरा, असार १२ “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता: लागु औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता” भन्ने नाराका साथ सप्ताहव्यापी रुपमा मनाइएको लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवसको समापन कार्यक्रम आज सम्पन्न भएको छ। २०८२ साल असार ६ गतेदेखि १२ गतेसम्म विविध सचेतनामूलक कार्यक्रमसहित मनाइएको यस दिवसको अन्तिम दिन आज (बिहिबार) प्रभातफेरीसहित समापन गरिएको हो। पोखरा महानगरपालिका वडा नं. १७ स्थित मुस्ताङ चोकबाट सुरु भई राष्ट्रबैंक चोक, शहिद चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्कीको प्राङ्गणसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो।… पुरा पढौ

नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कुमुदिनी होम्समा सुरु

पोखरा, ११ असार। पोखरा–४ गैह्रापाटनस्थित कुमुदिनी होम्समा नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बुधबारदेखि सुरु भएको छ। दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीमा २ सयभन्दा बढी चित्रकला कृतिहरू प्रदर्शनमा राखिएका छन्, जसमा १४ वटा चित्र कुमुदिनी होम्सका विद्यार्थीहरूले तयार पारेका हुन्। प्रदर्शनीको उद्घाटन गर्दै विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले नेपाल र बंगलादेशबीच सांस्कृतिक मात्र नभई विभिन्न क्षेत्रमा सुदृढ सम्बन्ध रहेको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीका लागि विद्यालयलाई छनोट गरेकोमा आयोजक नर्थ क्यानभास इन्टरनेशनललाई धन्यवाद ज्ञापन गर्दै कुमुदिनीमा रहेको कला संग्रहालय देशभरिका विद्यार्थीका… पुरा पढौ

गण्डकीमा ‘सूचनाको हक’का लागि प्रदेश समिति गठन, अध्यक्षमा पत्रकार राजबहादुर गुरुङ चयन

पोखरा, असार ११ गण्डकी प्रदेश भित्रका सूचनाको हकका अभियान्ताहरूको भेलाले ‘सूचनाको हकका लागि राष्ट्रिय महासंघ’को गण्डकी प्रदेश समिति गठन गरेको छ। समितिको अध्यक्षमा पोखराका अग्रज पत्रकार राजबहादुर गुरुङ चयन भएका छन्। भेलाले गठन गरेको नयाँ कार्यसमितिमा उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिवमा भरत कोइराला, सचिवमा कृष्ण क्षेत्री, महिला सचिवमा माया अधिकारी, र कोषाध्यक्षमा टिका आचार्य रहेका छन्। त्यस्तै सदस्यहरूमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकरराज नहर्की, बिराज त्रिपाठी, सुभाष पौडेल, सुशिला रोका, शिवप्रसाद गौतम र मिला दराई चयन… पुरा पढौ

अदालतमा माधव नेपालको बयान सुरु

पतञ्जलि जग्गा प्रकरणमा दायर भएको मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ । नेपाल आज आफैं अदालतमा बयान दिन पुगेका हुन् । अदालतको इजलास नम्बर २ मा न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाले नेपालको बयान लिन थालेका छन् । बयान सकिएपछि थुनछेक बहस हुनेछ । नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलिलाई अवैध तरिकाले जग्गा बिक्रीको अनुमति दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो । गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर… पुरा पढौ