समाचार

दलित समुदायको उन्मुक्तिका विषयमा पोखरामा कचहरी

पोखरा । नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित समुदायले आफ्नो उन्मुक्तिका लागि कसरी बुद्ध धर्मलाई अंगिकार गरेका छन् भन्ने कुरामा अध्ययन अनुसन्धान गरेका छन् ।पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा रहेको समाज विज्ञान केन्द्रले शुक्रबार यसै विषयमा कचहरी आयोजना गरेको थियो । ‘हाइरारकी, विलंगिंग रेजिस्टेन्सः फ्रम वुद्धिष्ट रिचुअल्स् टु दलित एक्टिभिजम्’ शीर्षकमा उनले प्रस्तुति दिए ।भारतीय दलित नेता अम्वेडकरले वुद्धिज्मलाई सामाजिक… पुरा पढौ

पोखराका मेयर भन्छन् : मेसिनले झैं काम गरिरहेको छु, रिजल्ट चाँडै आउँछ

पोखरा, असार २० पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य नागरिकको प्रश्नको कठघरामा उभिएका छन् । विकास, समृद्धि र सुशासनको नारा दिएर मेयरमा निर्वाचित उनलाई नागरिकले महानगरपालिकाको शुक्रबार आयोजित ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा सहभागीहरुले प्रश्नको कठघरामा उभ्याएका हुन् । विकासको नारा दिएको मेयरले महानगरको आफ्नै कार्यालय भवन निर्माण गर्न नसकेर लाचारी देखाएकोदेखि सुगम क्षेत्रमा खाल्डाखुल्डीयुक्त सडक बनाएको भन्दै व्यङ्ग्य गर्नेसम्मका प्रश्न उठे । मानबहादुर जिसी मेयर हुँदादेखि नै महानगरको कार्यालय भवन बनाउने प्रक्रिया अघि बढेपनि मेयर आचार्यको कार्यकालको तीन वर्ष बित्दासमेत बन्ने… पुरा पढौ

फोनिज कास्कीः भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषयक गोष्ठी सम्पन्न

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहिबार पोखरामा आयोजित भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषय गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले आदिबासी जनजातिहरुको भाषा, कला र संस्कृति संरक्षण अभियानका लागि पोखरा महानगरको सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले फोनिजकर्मी पत्रकारहरु र विभिन्न आदिबासी संघसंस्थाको बृहतरको लागि महानगरले सधै सहकार्य र सहयोग गर्ने प्रतिबद्धता… पुरा पढौ

अन्तर कलेज क्रिकेट लिग कपमा डब्लुआरसीको दोस्रो जित

पोखरा, असार १९ पोखरामा जारी अन्तर कलेज क्रिकेट लिग कप–२०८२ मा पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लुआरसी)ले दोस्रो जित निकालेको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना तथा कंगारु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा जारी प्रतियोगितामा उद्घाटन खेल जितेको डब्लुआरसीले विहीबार पोखरा विश्वविद्यालय (पियु)लाई पराजित गर्दै दोस्रो जित निकालेको हो । यसअघि पहिलो खेलमा डब्लुआरसीले गण्डकी विश्वविद्यालय (जियु)लाई ३९ रनले पराजित गर्दै सुखद शुरुवात गरेको थियो । दोस्रो दिन भने डब्लुआरसीले पियुलाई ७ विकेटले पराजित गर्दै लगातार… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा बनाइएको हवाई ईन्धन डिपो साउन दोस्रो हप्ताबाट सञ्चालनमा आउने

पोखरा, असार १९ नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा हवाई ईन्धन डिपो निर्माण गरेको छ । नेपाल आयल निगमले पहिलो पटक पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा ३६ लाख लिटरको हवाई ईन्धन डिपो बनाउँदै ईतिहास रचेको विहीबार डिपो निर्माण भएको स्थल पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । यसअघि ईण्डियन आयल कर्पोरेसनको सहयोगमा हवाई ईन्धन डिपो निर्माण हुँदै आएको थियो । यो डिपो निर्माणमा निगमको आफ्नै लगानी मात्र होईन, स्वदेशी प्राविधिक र स्वदेशी निर्माण कम्पनीले निर्माण गरेकालेपनि निगमको… पुरा पढौ

पोखरामा पर्यटक बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

पोखरा । पोखरामा पर्यटक बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । पोखरा महानगरपालिका- २९ भण्डारढिकस्थित सडकमा ग.१ प.१९९ नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बुद्धिबहादुर परियारको आज बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पुरा पढौ

कास्कीमा सुरक्षित मानिएको घर नै असुरक्षित !

पोखरा, असार १८ कास्कीमा घर असुरक्षित बन्दै गएको देखिएको छ । कास्कीमा भएका हिंसामध्ये घरेलु हिंसा सबैभन्दा धेरै देखिएको हो । जसले घर असुरक्षित बन्दै गएको देखिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पछिल्लो ६ महिनामा ११४ वटा मानव अधिकार उलंघन तथा ज्यादतीका घटना भएको जनाएको छ । यो अघिल्लो वर्षको यहि समय अवधिको भन्दा २१ वटा बढी हो । ईन्सेकद्वारा आज आयोजित अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा कास्कीमा घटेका हिंसामध्ये घर सबैभन्दा असुरक्षित बन्दै गएको तथ्याङ्क प्रस्तुत गरियो । इन्सेक… पुरा पढौ

कास्कीमा ११४ वटा मानव अधिकार उलंघनका घटना, घरेलु हिंसा सबैभन्दा धेरै

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म कास्की जिल्लामा ११४ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरेको छ । इन्सेकले असार १८ बुधबार पोखरामा कास्की जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे जानकारी दिँदै अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा गरेको हो । इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलका अनुसार कास्कीमा घरेलु हिंसा सबैभन्दा बढी देखिएका छन् । बालअधिकार अन्तर्गत ९ वटा घटना छन् । ती मध्ये बालिका बलात्कारका ७ वटा र बालबालिका कुटपिटका २ वटा घटना भएको खकुरेलले… पुरा पढौ

मानव अधिकार अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न : कास्कीमा घरेलु हिंसा दोब्बरले वृद्धि

पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्की जिल्लाको मानव अधिकार अवस्थाको अर्धवार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कार्यक्रम नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशनपूर्व तथ्याङ्क संकलन र विश्लेषणका उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा इन्सेक गण्डकीका संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेख र पुनःपुष्टिका लागि इन्सेकले प्रत्येक ६ महिनामा समीक्षा कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। उहाँले सन् २०२५ जनवरीदेखि जुन महिनासम्मको घटनाहरूको विवरण आगामी ३४औँ संस्करणको मानव… पुरा पढौ

पोखरा लेकसाइडका ३ स्पा सेन्टरबाट ८ बालिकाको उद्धार

पोखरा, असार १७ पोखरा-छ लेकसाइडका ३ स्पा सेन्टरबाट ८ जना बालिकाहरुको उद्धार गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट खटिएको टोलीले उनीहरू‌को उध्दार गरेको हो । टोलीले लेकसाइड‌को पर्सल्यान स्पाबाट २ जना, ताराहिल लज स्पा एण्ड व्यूटी केयरबाट २ जना र इभेण्डर व्यूटी एण्ड स्पाबाट ४ जना गरेर कुल ८ जना बालिकाको उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ! लेकसाइडका विभिन्न स्पाट सेन्टरमा बालिकाहरूलाई काममा लगाइ‌एको सूचना प्राप्त भएपछी सोमबार गरिएको अनुगमनका क्रममा १८ वर्ष… पुरा पढौ