समाचार

पोखरामा अक्षरधाम स्थापनाका सन्दर्भमा स्वामीनारायण प्रतिनिधिमण्डलको ऐतिहासिक भ्रमण

पोखरा, २२ असार । स्वामीनारायण सम्प्रदायका वरिष्ठ प्रतिनिधिहरूको एक ऐतिहासिक टोलीले हालै पोखरा भ्रमण सम्पन्न गरेको छ। पोखरामा प्रस्तावित अक्षरधाम स्थापनाको सन्दर्भमा उक्त भ्रमणलाई प्रेरणादायी र महत्वपूर्ण छलफलले थप अर्थपूर्ण बनाएको छ। स्वामीनारायण सम्प्रदायका प्रतिनिधिहरू—पुज्य महोपाध्याय साधु भद्रेशदास स्वामी, पुज्य आत्मतृप्तदास स्वामी तथा पुज्य निर्दोष योगी स्वामीज्यूहरूको स्वागत पोखरा महानगर प्रमुख धनराज आचार्यले गरेका थिए । सो अवसरमा धार्मिक, सांस्कृतिक र भावनात्मक रूपमा अत्यन्त महत्वपूर्ण विषयहरूमा गहन संवाद भएको थियो। नगर प्रमुख आचार्यले भने, “स्वामीनारायण सम्प्रदायका प्रमुख पूज्य **महन्त स्वामी… पुरा पढौ

गृह श्रमिक संघ कास्कीको निःशुल्क स्वास्थ्य शिविरमा एक सय महिला लाभान्वित

पोखरा, असार २१ नेपाल गृह श्रमिक संघ कास्कीको आयोजनामा शनिबार भएको पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना तथा चेक जाँच सम्बन्धी निस्शुल्क स्वास्थ्य शिविरमा एक सय जना महिला लाभान्वित भएका छन् । फेवा सिटी हस्पिटल प्रा।लि को प्राविधिक सहयोगमा आयोजित शिविरको नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश का अध्यक्ष मुरारी शर्माले उद्घाटन गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरमा स्याङ्जा, पर्वत म्याग्दी, कास्कीका महिलाहरु लाभान्वित भएको जिल्ला कास्कीका लैंगिक हिंसाबिरुद्दको अभियानका सदस्य जिबन्धर शर्मा चापागाईले जानकारी दिए । नेपाल गृह श्रमिक संघ… पुरा पढौ

अन्तर कलेज क्रिकेट लिग कपमा डब्लुआरसी र पियु बिजयी

पोखरा, असार २१ पोखरामा जारी अन्तर कलेज क्रिकेट लिग कप–२०८२ मा पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लुआरसी) र पोखरा विश्वविद्यालय (पियु) बिजयी भएका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना तथा कंगारु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा जारी प्रतियोगितामा शनिबार डब्लुआरसी जनप्रिय बहुमुखी क्याम्पस (जेएमसी)लाई र पियु गण्डकी विश्वविद्यालय (जियु)लाई पराजित गर्दै बिजयी भएका हुन् । प्रतियोगिता अन्तर्गत आज भएको लिग चरणको तेस्रो खेलमा डब्लुआरसी जेएमसीलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै बिजयी भयो । वर्षाका कारण… पुरा पढौ

महिला टी-२० क्रिकेटको उपाधि स्याङजालाई

पोखरास्याङजा जिल्लाले गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।५७ रनको विजयी लक्ष्य पाएको स्याङजाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा ग¥यो । स्याङजाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेलिन्… पुरा पढौ

एसईईमा उत्तीर्ण कालिका माविका विद्यार्थीलाई सम्मान

पोखरा, असार २१ गते । पोखरा–३३, आँपुभन्ज्याङ कालिका माविकाबाट २०८१ को एस.ई.ई. सम्मिलित विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन् । शतप्रतिशत उत्तीर्ण हुन सफल विद्यार्थीलाई शुक्रवार आयोजित एक कार्यक्रममा विद्यालयले सम्मान गरेको छ । कालिकाबाट १४ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालकिा, वडा नम्बर ३३ का वडा सदस्य प्रकाश कार्की, प्रधानाध्यापक रुपिन्द्र प्रभावी, अध्यक्ष पुनलगायतले सम्मान गरेका थिए । विद्यार्थीहरूलाई बधाई दिँदै वडा सदस्य कार्कीले कालिकाले हासिल गरेको उपलब्धी समग्र… पुरा पढौ

पछिल्लो साढे ११ महिनामा वैदेशिक रोजगारीमा गएका गण्डकीका १५५ जनाको मृत्यू

पोखरा, असार २१ पछिल्लो साढे ११ महिनामा गण्डकी प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १ सय ५५ जनाको मृत्यू भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा वैदेशिक रोजगारीका लागि गण्डकी प्रदेशबाट विभिन्न देश गएका उनीहरुको मृत्यू भएको सुरक्षित आप्रवासनका लागि सामी कार्यक्रमले पोखरामा एक अन्र्तक्रियात्मक छलफल गरी जानकारी दिएको हो । सामीका अनुसार वैदेशिक रोजगारीमा गएर मृत्यू हुनेको संख्या स्याङ्जा र नवलपुरको समान २७/२७ जना रहेको छ । तर स्याङ्जाका मृतक सबै पुरुष हुन् भने नवलपुरका २६ पुरुष र १… पुरा पढौ

महेन्द्र मा. वि. घार्मीले गर्यो उत्कृष्ट विद्यार्थीलाई सम्मान

पोखरा । पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले २०८१ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ। उत्कृष्ट नतिजा हासिल गर्ने अयुब सुनार ३ः७१ जी।पी ए।,त्रिशांक पौडेल ३ः७१ जी. पी. ए. र प्रमिशा पौडेल ३ः६८ जिपिए प्राप्त गरेका छन् भने १० जनाले ३.२ देखि ३.६ जी.पी.ए. ३ जनाले २.६६ देखि २.८८ जी.पी.ए प्राप्त गरेकाछन् । उनीहरूलाई पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पुर्व वडाध्यक्ष शोभा मोहन पौडेल , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल लगायतले सम्मान्… पुरा पढौ

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

पोखरा । पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा- ८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा गरेका विद्यार्थीहरुको विदाई तथा उत्कृष्ट विद्यार्थी सम्मान गरेको हो । विदाई कार्यक्रममा शुक्रबार प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले सिप र ज्ञान हाँसिल गरेका विद्यार्थीहरुको पहिलो रोजाई स्वदेश नै हुनुपर्ने बताए । देशमा दक्ष जनशक्तिको खाँचो रहेका बताएका उनले… पुरा पढौ

महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा

पोखरा, असार २०पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा प्रवेश गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार लिगचरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने टिमको टुंगो लागेको हो ।स्याङ्जाले नवलपुरलाई ८ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । स्याङ्जाले फाइनलमा कास्कीको सामना गर्नेछ । शुक्रबार लिगचरणका खेलहरु सम्पन्न भएसँगै कास्की समूह विजेता तथा स्याङ्जा उपविजेता बन्दै फाइनलमा प्रवेश गरेका छन् । कास्कीले ३ खेलमा अपराजित रहँदै कुल ६ अंकका साथ… पुरा पढौ

महेन्द्र मा.वि. घार्मीले गर्यो उत्कृष्ट विद्यार्थीलाई सम्मान

पोखरा पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले २०८१ सालको एस.ई.ई। परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ। उत्कृष्ट नतिजा हासिल गर्ने अयुब सुनार ३.७१ जी।पी ए।,त्रिशांक पौडेल ३.७१ जी.पी.ए। र प्रमिशा पौडेल ३ः.६८ जिपिए प्राप्त गरेका छन् भने १० जनाले ३.२ देखि ३.६ जी.पी.ए, ३ जनाले २.६६ देखि २.८८ जी.पी.ए प्राप्त गरेका छन् । उनीहरूलाई पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पुर्व वडाध्यक्ष शोभा मोहन पौडेल , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल लगायतले सम्मान गरे ।… पुरा पढौ