समाचार

मित्र राष्ट्र भारतद्वारा गण्डकी प्रदेशका ७ स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान

पोखरा । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरूलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। पोखरामा आयोजित एक विशेष कार्यक्रममा पेन्सन कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै बगेलले नेपाल–भारत सम्बन्ध छिमेकी राष्ट्रको मात्र नभई पारिवारिक सम्बन्ध भएको उल्लेख गर्दै, “एम्बुलेन्स हस्तान्तरण हाम्रो दुई देशबीचको मित्रताको सशक्त प्रतीक हो,” भने। कुन संस्थाले पाए एम्बुलेन्स? पेन्सन कार्यालय पोखराका जनसम्पर्क अधिकारी भूषण पाण्डेका अनुसार, गण्डकी प्रदेशका सातवटा स्वास्थ्य… पुरा पढौ

क्यू.ए.ए. पाएकाेमा पोखरा बहुमुखीले मनायाे उत्सव

पोखरा, जेठ ३१विश्वबिद्यालय अनुदान आयोग बाट गुणस्तरिय सुनिश्चतता (क्यू.ए.ए.) प्रमाणपत्र प्राप्त भएको उपलक्षमा शनिबार पोखरा बहुमुखी क्याम्पसले विशेष कार्यक्रमहरु सहित विजय उत्सव मनाएको छ । यस अवसरमा क्याम्पसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा क्याम्पसलाइ सहयोग पुर्याउने व्यक्ति, संस्था ,सरोकारवाला, बिद्यार्थी तथा क्याम्पस परिवार सदस्यहरुलाइ लक्षीत गर्दै धन्यवाद समारोह आयोजना गर्यो ।पोखरा बहुमुखी क्याम्पस बिसं २०४४ सालमा स्थापना भएको कास्की जील्लाकै सबैभन्दा पूरानो सामुदायिक क्याम्पस हो । क्याम्पसले यहि जेठ २१ गते विश्वबिद्यालय अनुदान आयोग बाट गुणस्तरिय सुनिश्चतता (क्यू.ए.ए.) प्रमाणपत्र  प्राप्त गरेको… पुरा पढौ

बैकल्पिक मार्ग निर्माणले पोखरा–३३ बाघमाराको बाटो समय छोट्टियो

सन्देश श्रेष्ठपोखरा, जेठ ३१ पोखरा महानगरपालिका वडा नम्बर–३३ बाघमारामा सुविधा सम्पन्न बाटो निर्माण भएपछि स्थानिय हर्षित भएका छन् । वर्षौंदेखि जिर्ण सडकमा हिंड्न बाध्य उनीहरु अहिले पोखरा महानगरपालिकाको पहल तथा विश्वबैंकको सहयोगमा दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक खण्ड बन्न थालेपछि हर्षित भएका हुन् । पृथ्वी राजमार्ग अन्तर्गत कोत्रेबाट दोबिल्लाहुँदै विरौटा निस्किएर स्याङ्जा जाने बैकल्पिक सडकका रुपमा हेरिएको यो सडकको भौतिक प्रगती पुगनपुग ४० प्रतिशत हुँदा मात्रैपनि यसले स्थानियको जीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ । बाघमारा क्षेत्रमा भने सडक पिच भइसकेको छ भने… पुरा पढौ

बागलुङ जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो

शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते भएकी ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्तालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने सोही वडाकी ७५… पुरा पढौ

पोखरा १५ मा ३ दिने महिला सशक्तीकरण तथा क्षमता विकास तालिम सप्पन्न

पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजना र अल्कापुर आमा समूहको समन्वयमा संचालित ३ दिने महिला सशक्तीकरण तथा क्षमता विकास तालिम बिहिवार सप्पन्न भएको छ । समापन कार्यक्रमका अध्यक्ष तथा वडा १५ का अध्यक्ष तोरण बानियाँले महिला सशक्तीकरणका लागि क्षमता विकास, कानुनी सचेतना, नेतृत्व विकास, उद्घोषण लगायत विभिन्न खालका आयमूलक तालिमहरु पनि आयोजना गर्दै आइरहेको बताए । अध्यक्षले विकास भनेको बाटो, पुल, मन्दिर जस्ता भौतिक पूर्वाधार बनाउनु मात्रै होइन, महिला उद्यमशीलता, युवा स्वरोजगार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन आदिको… पुरा पढौ

शुभकामना आमा समुहको माईन्यूट लेखन तालिम सम्पन्न

पोखरा–१७ स्थित शुभकामना आमा समुहले एक दिने माइन्यूट लेखन तालिम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं.–१७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा आमा समुह र टोल विकास संस्थाका पदाधिकारीलाई वैठकका निर्णय लेख्ने तथा कार्यक्रम सञ्चालन गर्दा ध्यान दिनु पर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै तालीमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गरिन् । सिमीत श्रोत साधनको बाबजुद पनि वडाकोतर्पmबाट सवै क्षेत्रको समुचित विकासमा सक्दो सहयोग गर्दै आएको… पुरा पढौ

तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई क्रिकेट प्रतियोगिता तयारी पुरा

पोखरा, जेठ ३० गते — गण्डकी प्रदेशको क्रिकेट विकासमा समर्पित प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी जेठ ३१ गतेदेखि असार ६ गतेसम्म ‘तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहनेछ ।पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन… पुरा पढौ

झोला बनाउने तालिम सकियो

पोखरा, जेष्ठ ३० ।पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजना र विधाता हस्तकलाको प्राविधिक सहकार्यमा झोला बनाउने सिपमूलक तथा आयमूलक पन्ध्र दिवसीय तालिम विहिबार सम्मन्न भएको छ ।महिलाहरुलाई सिप सगँ जोडि आयआर्जनमा सहयोग पुर्याउने र पलाष्टिक जन्य बस्तुलाई न्युनिकरण गर्ने उदेश्य ले कार्यक्रमको आयोजना गरिएको वडा कार्यलयले जनाएको छ ।“झोला प्रकार तथा आय मूलक” कार्यक्रम अन्तरगत भएको तालिममा जनजाति, अल्पसंख्यक उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका बेरोजगार तथा गृहिणीलाई लक्षित पोखरा महानगर पालिका वडा नं ६ द्धारा विनियोजित रकम… पुरा पढौ

दुबईमा शनिबार गुञ्जिदै डि–मर्चा

पोखरा, जेठ ३० पोखरेली चर्चित ब्याण्ड डि–मर्चा भोलि शनिबार दुबईमा गुञ्जिने भएको छ । डि–मर्चा दुबईस्थित क्लव एसके सेभेनमा गुञ्जिने डि–मर्चाका गायक भाष्करध्वज श्रेष्ठले जानकारी दिए । सो क्लव दुबईस्थित कनकोर्डी क्रिक भ्यू होटल होटलको एम भ्यू फ्लोरमा रहेको छ । आरएस ईभेन्ट्सको आयोजनामा हुने कार्यक्रम शनिबार राती ८ बजेदेखि शुरु भएर ३ घण्टाचल्ने चल्ने उनले बताए । प्रस्तुतीका लागि डि–मर्चा दुबई पुगिसकेको छ । शुक्रबार विहान ५ बजेको फ्लाईटबाट डि–मर्चाका चार जना सदस्य नै दुबई पुगेको व्याण्डले जनाएको छ… पुरा पढौ

पश्चिमाञ्चलका विद्यार्थीलाई ‘हस्पिटालिटी’ सेवाबारे अभिमूखिकरण

पोखरा, जेठ ३०पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ)दिएर बसेका विद्यार्थीलाई होटल व्यवस्थापन तथा हस्पिटालिटी सेवा सम्बन्धि प्रशिक्षण दिएको छ । पाँचदिन अवधिको उक्त तालिममा विभिन्न विद्यालयबाट यो वर्ष एसइइ दिएका ३५ जना छात्रछात्रा सहभागि थिए ।विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार विद्यार्थीको फुर्सदको समयलाइ सदूपयोग गर्नका लागि विद्यालयले पाँचदिन अवधिको कार्यक्रममार्फत उनीहरुलाई सीप सिकाइएको हो । पाँचदिन अवधिको यो प्रशिक्षण शुक्रबार सकिएको छ । विद्यार्थीलाई निशुल्क प्रशिक्षण दिइएको हो ।‘होटल व्यवस्थापनमा बढी चाँसो हुने विद्यार्थी यसमा सहभागि थिए ।… पुरा पढौ