समाचार

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले यही असोज १ गतेदेखि पोखराको पृथ्वीचोकस्थित कार्यालय परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पसलबाट बजार मूल्यभन्दा सहुलियत दरमा चिनी, नुन, तेल, चामललगायत खाद्य सामग्री बिक्री भइरहेको कार्यालय प्रमुख सागर शेरचनले जानकारी दिए । उनका अनुसार सुपथ मूल्य पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ । “ सरकारको नीतिअनुसार दसैँ, तिहार र छठ… पुरा पढौ

आजदेखि पोखरा–दुबई नियमित उडान सुरु,फ्लाई दुबईको पहिलो विमानलाई विमानस्थलमा स्वागत गरिने

फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्दैछ । चार बर्षअघि संचालनमा आएको विमानस्थलबाट फ्लाई दुबईले, दुबई–पोखरा–दुबई रुटमा नियमित उडान गर्न लागेको हो । उडान तालिकाअनुसार दुबईदेखि उडेको जहाज आज साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । पोखराबाट १६३ जना यात्रु लिएर आजै साँझ ७ः१५ बजे उक्त जहाज दुबईका लागि उड्ने विमानस्थलका सूचना अधिकारी विनोदसिँह रावतले जानकारी दिए । फ्लाई दुबईको ७३७ र म्याक्स ऐट, म्याक्स नाईन ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसमा छात्राका लागि आत्मरक्षा प्रशिक्षण

पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।पठनपाठनसँगै छात्राहरूलाई आत्मरक्षामा अब्बल बनाउने उद्देश्यले आयोजित कार्यशालामा जोष्टा क्लबअन्तर्गत गोल्डेन जी क्लब अफ अन्नपूर्ण र इम्प्याक्ट टेकवान्डो डोजाङबाट आएका प्रशिक्षक निरोजबहादुर नेपालीले प्रशिक्षण दिए।प्रशिक्षक नेपालीले छात्राहरूमा मानसिक अवस्था, छात्राले भोग्ने तनाव तथा समाजमा देखा पर्ने यौनजन्य दुव्र्यवहारले शिक्षण सिकाइमा पार्ने असरका विषयमा प्रकाश पारे।प्रमुख अतिथि तथा क्याम्पस प्रमुख प्रा. बिर्नजी गौतमले प्रभावकारी पठनपाठनका लागि विद्यार्थी स्वयं आफ्नो मानसिक र शारीरिक रूपमा स्वस्थ र… पुरा पढौ

अल्जाईमर सचेतना कमीको कारण घर, परिवारलाई दुःख

पोखरा, असौज ६ । अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ नागरिकहरुलाई प्रायः हुने अल्जाईमर अर्थात बिर्सने समस्याबाट पीडित बिरामीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशिल हुनु पर्ने बताईएको छ ।पोखरामा आयोजित अल्जाईमर रोग सम्बन्धी सचेतना कार्यक्रमका बरिष्ठ मानसिक चिकित्सक प्रा.डा.निर्मल लामिछानेका अनुसार बिर्सने रोग अर्थात अल्जाईमर समस्याको तथ्याङ्क नेपालमा… पुरा पढौ

पोखरामा सडकैभरी खाल्डाखुल्डी : पुर्ने जिम्मा कसको ? मेयर आचार्य भन्छन् : आज पुर्यो, भोलि उस्तै हुन्छ त के गर्नु ?

सन्देश श्रेष्ठपोखरा, असोज ६ हालका पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य गत स्थानिय तहको निर्वाचनमा उम्मेदवार भएर गाउँगाउँ र चोकचोकमा उभिएर चुनावी भाषण गर्थे, ‘पोखराका सडक भत्किएको चौविस घण्टा भित्रमा पुर्छु ।’ उनले यो कुरा उनले चुनावी घोषणा पत्रमा पनि लिपीबद्ध गरेका थिए । निर्वाचित भएलगत्तै पनि उनले प्रतिबद्धता दोहो¥याए ः ‘सडक भत्किएको चौविस घण्टा भित्रमा पुरिन्छ, र त्यसका लागि छुट्टै संयन्त्र बनाईन्छ ।’ तर चुनाव जितेर मेयर भएको करीब साढे चार वर्ष बित्यो । तर अहिले नत उनले भनेजस्तो… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा कलर सेलिब्रेशन कार्यक्रम सम्पन्न

पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा रेड कलर सेलिब्रेसन कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा रङहरूको पहिचान, सिर्जनात्मकता र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले रातो रङका विभिन्न पोशाक तथा सामग्री प्रयोग गरी सहभागिता जनाएका थिए । उनीहरूले रातो रङसँग सम्बन्धित विभिन्न वस्तुहरूको पहिचान गर्दै गीत, नृत्य तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी भए भने फलफूल, खेलौना तथा अन्य सामग्री समेत प्रदर्शन गरेका थिए ।पूर्व प्राथमिक तहकी शिक्षिका लक्ष्मी रसाइलीको संयोजनमा भएको कार्यक्रममा कक्षा नर्सरी देखि दुईसम्मका विद्यार्थीहरु सहभागी… पुरा पढौ

बिग डिजिटलको लक्की ड्रमा सुरज लालचनलाई ६ लिटरको एयर फ्रायर

पोखरा । बिग डिजिटल पोखराले आयोजना गरेको लक्की ड्रका भाग्यमानी विजेता सुरज लालचन बनेका छन्। उनले ६ लिटर क्षमताको यासुदा एयर फ्रायर पुरस्कार प्राप्त गरेका हुन्। बिजेता लालचनलाई युवा व्यवसायी सोभितमान बुद्दाचार्यले पुरस्कार हस्तान्तरण गरेका थिए । लक्की ड्रमा सहभागी सम्पूर्ण ग्राहकप्रति बिग डिजिटल पोखराले हार्दिक धन्यवाद व्यक्त गरेको छ। ग्राहकको निरन्तर माया, विश्वास र साथप्रति आभार व्यक्त गर्दै संस्थाले आगामी दिनमा पनि यस्तै सहभागिता र सहकार्यको अपेक्षा गरेको जनाएको छ। बिग डिजिटलका सञ्चालक सोनितमान बुद्धाचार्यले लक्की ड्रका विजेता सुरज… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ तथा हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात छ… पुरा पढौ

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ । दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए । मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए। “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र हिउँ परिरहेको छ”, वडाअध्यक्ष लामा भन्छन् ,… पुरा पढौ

त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान,मृतकका आफन्त प्रदर्शनमा

त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । रिद्धिसिद्धी यातायातको बा ५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । उनका अनुसार, जलेर मृत्यु हुनेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका चालक अर्जुन दोङ तामाङ हुन् । मृतक चालक तामाङ विसं २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा… पुरा पढौ