पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । कक्षा १२ मा विज्ञान समूहका विद्यार्थीले मात्र उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । विद्यार्थीमा गणितसम्बन्धि अतिरिक्त ज्ञान दिलाउनका लागि प्रतियोगिता आयोजना गरेको संयोजक विष्णुप्रसाद गौतमले बताए । उनका अनुसार प्रतियोगितामा कक्षा १२ का विज्ञान समूहका ४६ वटा टिमका ९२ जना विद्यार्थी सहभागि थिए । प्रतियोगितामार्फत विद्यार्थीले आफ्नो गणितीय ज्ञानसँगै तार्किक सोच, छिटो निर्णय गर्ने क्षमता, आत्मविश्वास र समूहमा काम गर्ने अवसर पाएको गौतमले बताए । प्रारम्भिक चरणमा विभिन्न प्रतिश्पर्धाबाट…
पुरा पढौ