समाचार

आज विश्व कविता दिवस

आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवस अन्तरराष्ट्रिय वन दिवस, विश्व कविता दिवस अन्तरराष्ट्रिय नौरोज दिवस र विश्व डाउन सिन्ड्रोम दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार दुई अर्बभन्दा बढी जनसङ्ख्या स्वच्छ पेयजलका निम्ति हिमनदीमा निर्भर रहेका छन् भने बाल्कन, ककेसस, इरान, मध्य एसियाली देशमा… पुरा पढौ

पोखरा महानगरपालिकाका उजुरी फछ्र्यौट गर्ने अधिकृत नै २५ हजार घुस मागेको आरोपमा पक्राउ

पोखरा, चैत ७ पोखरा महानगरपालिकाका उजुरी फछ्र्यौट शाखाका अधिकृत कपिल गिरी घुस लिएको आरोपमा पक्राउ परेका छन् । गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले बिहीबार दिउँसो घुस बापतको नगद २५ हजारसहित पोखरा–९ न्युरोडस्थित पोखरा महानगरपालिकाको कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको हो । नगदसहित रंगेहात पक्राउ परेका गिरी पोखरा महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जवाफ दिने शाखामा कार्यरत थिए । स्याङ्जाको पुतलीबजार नगरपालिकामा कार्य क्षेत्र रही केहि समयअघि मात्र पोखरा महानगरपालिकामा काज सरुवा भई आएका उनी अख्तियारमा परेको उजुरीबारे प्रश्न सोधेमा महानगरपालिकाका… पुरा पढौ

पोखरा थ्रियटरको आयोजनामा पाँच दिने अन्तराष्ट्रिय नाटक महत्सव हुदै

पोखरा । पोखरा थ्रियटरको आयोजनामा अन्तराष्ट्रिय नाटक महत्सव २०८१ हुने भएको छ । पोखरालाई अन्तराष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको रुपमा प्रवद्धन गर्ने उद्धेश्यले थ्रियटरले यही चैत ९ गतेदेखि १३ गतेसम्म महत्सव गर्न लागेका आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । महत्सवमा विभिन्न ५ देशका चर्चित नाटकहरुमा साँस्कृतिक तथा विविध नाट्य अनुभव आदान प्रदान गर्ने,फोरम थिएटर र कार्यशालाहरुमा कलाकार,रंगकर्मी,पर्यटन व्यवसायी र संस्कृतिप्रमीहरुसंग अन्तक्रिया गर्ने,खुल्ला छलफल तथा संवाद कार्यक्रममा संस्कृतिकर्मी,पर्यटन व्यवसायी,सञ्चारकर्मी तथा नाट्यप्रेमीहरुका विषेश सेसनहरुमा छलफल,सांस्कृतिक तथा पर्यटन प्रवद्धन संवाद… पुरा पढौ

गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन्। अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालय तथा महतगौडास्थित श्री जानकी माध्यमिक विद्यालय पुगेर परीक्षाको व्यवस्थापन, विद्यार्थीहरूको उपस्थिति र परीक्षा वातावरणबारे जानकारी लिएका थिए। मन्त्री थापाले परीक्षा केन्द्रहरू सुव्यवस्थित, मर्यादित र शान्त वातावरणमा सञ्चालन भइरहेकोमा सन्तोष व्यक्त गर्दै परीक्षार्थीहरूको आत्मविश्वास, तयारी र अनुशासन प्रशंसनीय रहेको बताए। “विद्यार्थीहरू उत्साहित र आत्मविश्वास देखिए,… पुरा पढौ

आजदेखि एसइई

माध्यमिक शिक्षा परीक्षा ((एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार… पुरा पढौ

कास्कीमा स्ववियु निर्वाचन : निर्वाचन भएका ३ क्याम्पसमध्ये दुईको सभापतीमा अनेरास्ववियु र एकमा स्वतन्त्र उम्मेदवार बिजयी

पोखरा, चैत ६ स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका कास्कीका तीन वटा क्याम्पसमध्ये दुई वटामा एमाले निकट अनेरास्ववियु र एउटामा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । मंगलबार भएको स्ववियु चुनावमा अनेरास्ववियुले वनविज्ञान अध्ययन संस्थान र पोखरा नर्सिङ क्याम्पसमा सभापती जितेको छ भने ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र उम्मेदवारले सभापती जितेको छ । ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतीमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी बिजयी भएका छन् । एमाले निकट अनेरास्ववियुका उम्मेदवार अनुप न्यौपानेलाई २६७ मतान्तरले पछि… पुरा पढौ

डब्लुआरसीको सभापतीमा स्वतन्त्र उम्मेदवार धामी र सचिव र कोषाध्यक्षमा अखिल क्रान्तिकारी बिजयी

पोखरा, चैत ६ ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतीमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी बिजयी भएका छन् । एमाले निकट अनेरास्ववियुका उम्मेदवार अनुप न्यौपानेलाई २१४ मतान्तरले पछि पार्दै धामी बिजयी भएका हुन् । बिजयी धामीले ५७२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका न्यौपानेले ३५८ मत प्राप्त गरे । त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार सौगात पण्डितले २७० र अखिल क्रान्तिकारीका उम्मेदवार आदर्श महत क्षेत्रीले १४४ मत प्राप्त गरे । सचिवमा अखिल क्रान्तिकारीका हरिकृष्ण खड्काले… पुरा पढौ

पोखरामा पहिलोपटक ‘वाडा अटो शो’हुने

गण्डकी । पर्यटकीय राजधानी पोखरामा यही चैत १४ देखि १७ गतेसम्म ‘वाडा अटो शो’ आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसन (वाडा)ले पहिलोपटक पोखरामा उक्त अटो प्रदर्शनी आयोजना गर्न लागेको हो । पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह खेलकुद मैदानमा हुने प्रदर्शनीमा १९ वटा ब्राण्डका चार पाङग्रे, छ वटा ब्राण्डका लाइट कमर्सियल, सात वटा ब्राण्डका दुई पाङ्ग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, पाटपूर्जा आदिका २० वटा व्यावसायिक स्टल रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी… पुरा पढौ

नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २० गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको बृहत भेला आयोजना गरिएको हो । पोखरा रंगशाला स्थित जिल्ला खेलकुद विकास समिति कास्कीको सभाहलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउँदै ब्राण्डको रुपमा स्थापित गराउँनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । सोही भेलाले मञ्चका अध्यक्ष एमबि आस्था संयोजक र राजाराम पौडेल सहसंयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न १२ वटा… पुरा पढौ

नेप्से निरन्तर ओरालोतिर

शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो साता कारोबारको लगातार चौथो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । यो साता कारोबारका भएका सबै दिन परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले घटेर दुई हजार छ सय ८२ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज तीन सय ११ कम्पनीको ९५ लाख ८३ हजार आठ सय २९ कित्ता शेयर ५४ हजार छ सय २२ पटक खरिद बिक्री हुँदा रु… पुरा पढौ