समाचार

परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक एमनालोसँग नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छिन् । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमकाबीच आज बिहान भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटका अवसरमा मन्त्री डा राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्म संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले सहयोगका लागि आग्रह… पुरा पढौ

बेनी-जोमसोम-कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न

उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगति भइसकेको छ । उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजन आर्थिक वर्ष २०७३-७४ देखि निर्माण सुरु भएको उनले उल्लेख गरे । आयोजनाअन्तर्गत सञ्चालनमा रहेका सडक कालोपत्रतर्फ सानाठूला गरी सात… पुरा पढौ

चैत २४ गते रामनवमीमा सार्वजनिक बिदा

सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए । बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले बताए । अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई… पुरा पढौ

पर्वतमा एक सय ३३ उद्योगको दर्ता खारेज

मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको छ । आर्थिक वर्ष २०८०र८१ मा दुई सय ३६ उद्योग बन्द भएकामा चालु आवको छ महिनामा ती उद्योगको दर्ता खारेज गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । कार्यालयमा यस वर्ष दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या उल्लेख्य छ । चालु आवमा कार्यालयमा ९९ उद्योग दर्ता… पुरा पढौ

बेनीघाट-आरुघाट लार्के सडक: ४२ किलोमिटर मार्ग खुल्यो

गोरखा जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट-आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् । नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये ३६ किलोमिटरसम्म मोटर चल्न थालेको छ । चुमनुब्री गाउँपालिका–३ पेवासम्म मार्ग खनिएको छ । पाङसिङसम्म मोटर पुगेको छ । मार्ग खनेपछि बाटो सफा नगरेकाले बाँकी सात किलोमिटर खण्डमा गाडी चलाउन नसकिएको उनले बताए । बेनीघाट, आरुघाट,… पुरा पढौ

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । जीपमा चालकसहित ५ जना सवार रहेका थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको… पुरा पढौ

संगठनको निर्णयबिरुद्ध जाने ५ जनालाई अखिल क्रान्तिकारीले गर्यो साधारण सदस्यसमेत नरहने गरि कारवाही

पोखरा, चैत ५ नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले संगठनको निर्णयबिरुद्ध जाने ५ जनालाई कारवाही गरेको छ । अखिल क्रान्तिकारी गण्डकी प्रदेशले स्ववियु निर्वाचनमा संगठनको निर्णबिरुद्ध गएर फरक संगठनसँग गठबन्धन गर्ने मनिष बराल, सन्देश पौडेल, सन्तोष दाहाल, किरण खड्का र सुदर्शन पराजुलीलाई कारवाही गरेको हो । उनीहरु सबैलाई साधारण सदस्यसमेत नरहने गरि कारवाही गरिएको अखिल क्रान्तिकारी गण्डकी प्रदेश अध्यक्ष त्रिदेव गुरुङ र प्रमुख सचिव सुजन बास्तोलाद्वारा मंगलबार साँझ जारी विज्ञप्तीमा जनाइएको छ । साधारण सदस्यसमेत नरहनेगरी कारवाहीमा परेका मनिष बराल अखिल… पुरा पढौ

पोखरामा घरको कम्पाउन्ड भित्र भेटिएकाे बाघकाे सकुशल उद्दार

पोखरा, ५ चैत्र । पोखरा महानगरपालिका वडा नं. ७ मा आज दिउँसो एक घरमा बाघ भेटिएको छ । स्थानिय शोभाचन्द्र बरालको घरको कम्पाउन्ड भित्र बाघ भेटिएको हो । मंगलबार दिउँसो करिब ३ बजे बाघ देखिएपछि स्थानीयले डिभिजन वन कार्यालय ै फाेन गरेर जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरिप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले तत्कालै उद्धार प्रक्रिया अघि बढाएको थियो। टोलीले बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिँदै पचभैया वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरेको छ। दिन दहाडै… पुरा पढौ

पोखरा–छेन्दु ऐतिहासिक व्यवसायिक चार्टर्ड उडान शुरु

पोखरा, चैत ५ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक पोखरा–छेन्दु चार्टर्ड उडान भएको छ । पोखरा पर्यटन परिषदको पहलमा आज पहिलो पटक पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान भएको हो । सिचुवान एयरलाईन्सको विमानमा आज १२६ जना पोखरेली छेन्दू गएका छन् । दिउँसो १२ः४५ बजेको उडानमा उनीहरु त्यसतर्फ प्रस्थान गरेका थिए । यसअघि सो जहाज १२७ जना चिनिया पर्यटक बोकेर दिउँसो ११ः४५ बजे पोखरा विमानस्थलमा अवतरण भएको थियो । सोहि विमानले पोखरेली पर्यटक बोकेर छेन्दू उडेको हो । पोखराबाट पहिलो… पुरा पढौ

कर्मचारी संघको जुम बैठक सकियो, नवनियुक्त महाप्रबन्धक ढकाललाई बधाई

पोखरा, ५ चैत । नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिको नियमित २२ औं जुम बैठक मंगलबार सम्पन्न भएको छ । कर्मचारी संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको जुम बैठक संघका महासचिव पदमहरि राईले विराटनगरबाट सञ्चालन गरेका थिए । भद्रपुर शाखाबाट स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष राजु वस्नेतले संस्थानको हितमा कर्मचारी संघले गरेको कार्यलाई बजारीकरण नहुँदा समस्या पैदा भएको धारणा राखेका थिए । वैठकले नवनियुक्त महाप्रबन्धक अर्जुनबाबु ढकाललाई बधाई दिएको छ । कर्मचारी संघले कर्मचारी सेवा शर्त विनियमावली छिटो ल्याउनु… पुरा पढौ