समाचार

किसान संघ पोखरा ६ बैदाममा ओमनाथ अधिकारी

पोखरा । किसान संघ पोखरा महानगर पालिका वडा ६ को अध्यक्ष मा ओमनाथ अधिकारी चयन भएका छन । संघको विहीबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा आठ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संघको उपाध्यक्षमा नारायण पोखरेल, सचिव मोतिराज कोइराला, सहसचिव विष्णु प्रसाद पहारी र कोषाध्यक्षमा पार्वति पौडेल चयन भएका छन । तसै गरि सदस्यहरूमा लक्ष्मी प्रसाद पहारी, सिता पौडेल र हिरा पौडेल चयन भएका नेपाली वडा इकाई ६ का सचिब प्रकाश न्यौपानेले जानकारी दिएका छन । यस अघि… पुरा पढौ

नवलपरासी पूर्वका अधिकांश स्थानमा सकियो रोपाइँ

मध्यविन्दु । बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को १८ हजार सात सय १६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार चार सय पाँच हेक्टरमा रोपाइँ सकिएको छ । जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा पनि रोपाइँ सकिएको छभने बौदीकाली र बुलिङटार गाउँपालिकामा केही स्थानमा रोपाइँ बाँकी छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास… पुरा पढौ

पहिरोमा पुरिएर ज्यान गुमाएकालाई केन्द्र सरकारद्वारा राहत रकम

दमौली । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट रु छ लाख राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक रु दुई लाखका दरले रु छ लाख प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपद्बाट ज्यान गुमाउने परिवारलाई रु दुई लाखका दरले राहत रकम प्रदान गर्ने प्रावधानबमोजिम मृतकका परिवारलाई उक्त रकम प्रदान गरिएको हो । गण्डकी प्रदेश सरकारका तर्फबाट पनि मृतकका परिवारलाई रु ५०… पुरा पढौ

लोपोन्मुख सामग्री संरक्षणका गर्न बाबियाचौरमा सङ्ग्रहालय स्थापना

म्याग्दी । लोपोन्मुख सामग्रीहरुको संरक्षण गर्दै पर्यटक आकर्षित गर्न म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा सङ्ग्रहालय स्थापना भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको बाबियाचौरस्थित मङ्ग्रला इन्द्रेणी पार्क (उद्यान) परिसरको भवनमा सङ्ग्रहालय स्थापना गरिएको हो । लोप हुन लागेका सामग्रीको संरक्षण, उद्यानको आकर्षण बढाउने र पर्यटन प्रवद्र्धन गर्न सङ्ग्रहालय स्थापना गरिएको मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले बताए । “दुईतले भवनको माथिल्लो तलामा सजावट गरेर तयार पारिएको सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको जीवनशैली, रहनसहन, वेशभूषा झल्कने सामग्रीहरु सङ्कलन गर्न थालिएको… पुरा पढौ

कुमुदिनीमा पर्वतारोही पूर्णिमाले सुनाइन सफलताको कथा

साउन १७ पोखरा । पोखराको गैह्रापाटनमा रहेको विद्यालय कुमुदिनी होम्समा कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई स्वागत गरिएको छ । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सफलताको अनुभव सुनाउन विद्यायमा निम्त्याएको संस्थापक अध्यक्ष अशोक पालिखेले बताए । स्वागतपछि श्रेष्ठले विद्यालयका कक्षा १०, ११ र १२ का विद्यार्थीलाई उत्प्रेरणात्मक अनुभव सुनाईन् । गोरखाको आरुघाट निवासी श्रेष्ठले विद्यार्थीलाई एकाग्रता, निर्धक्क भएर रहनुका फाइला तथा निरन्तरताका बारेमा जानकारी दिईन् । यी तीन कुरा धेरै महत्वपूर्ण… पुरा पढौ

जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग

साउन १७ पोखरा । पोखराका ३ जनाले कास्कीको एक विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग गर्दै जन्मदिन मनाएका छन् । एकै मितिमा जन्मदिन परेका नेपाली कांग्रेस कास्कीका नेता कृष्ण केसी, पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने र सञ्चारकर्मी महेन्द्र ढुङ्गानाले संयूक्तरुपमा कास्कीको मादी गाउँपालिका–१० मकैखोलास्थित जनकल्याण मा.वि.का ५ जना विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेका हुन् । साउन १७ गते जन्मदिन रहेका उनीहरुले विद्यालयका विपन्न परिवारका ५ जनालाई आर्थिक सहयोग गरेको पोखरा–२६ स्थित जलधारे टोल विकास संस्थाका अध्यक्ष समेत रहेका सञ्चारकर्मी ढुङ्गानाले जानकारी दिए… पुरा पढौ

नतिजा देखिनेगरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

साउन १७ काठमाण्डौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिनेगरी मन्त्रालयले काम गरिरहेको बताएका छन् । मन्त्रालयमा आज काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनसहितको समूहसँग भएको भेटमा उनले उपत्यकामा देखिएको समस्यालाई समाधान गर्न मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने र छिट्टै नतिजा देखिने बताए । “स्मार्ट सिटीका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो सुनिएको छ । चाँडै नतिजा देखिनेगरी मन्त्रालयले… पुरा पढौ

एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठलाई कञ्चन पत्रकरिता पुरस्कार

साउन १७ पोखरा । एभरेस्टकर्मि दीपेन्द्र श्रेष्ठलाई कञ्चन पत्रकारिता पुरस्कार–२०८१ गरिने भएको छ । नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित सो पुरस्कार एभरेस्टकर्मी श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगरलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बिहीबारको बैठकले श्रेष्ठ र रानामगरको नाम अनुमोदन गरेको फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । पुरस्कार फोनिजको स्थापनाका दिवसको अवसर पारेर यही साउन २७ गते अर्पण गरिने जनाइएको… पुरा पढौ

रजत वर्षको तयारीमा फोनिज गण्डकी

साउन १७ पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २५ वर्षमा प्रवेश गरेको छ । २०५६ साउन २७ मा स्थापना भएको फोनिजले रजत वर्ष मनाउने तयारी गरेको छ । सोही अनुसार फोनिज गण्डकी प्रदेशको बिहीबाको बैठकले विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने निर्णय गरेको छ । सोही अनुसार फोनिज गण्डकीले कास्की शाखासँग सहकार्य र समन्वय गरी सरसफाई, मैत्रीपूर्ण भलिबल, छलो प्रतियोगिता, पुरस्कार अर्पण र सम्मान कार्यक्रम गरी रजत वर्ष मनाउने तयारी गरेको फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङले जानकारी दिए… पुरा पढौ

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण

साउन १७ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण र विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा बुधबार विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त… पुरा पढौ