राजनीति

परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री डा महतको निर्देशन

माघ २३ कपिलवस्तु । अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीका जायज माग पूरा गर्न आफू तयार रहेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् । कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालयको आज निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “को कहाँ र के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुन्छ ।” अर्थमन्त्री डा महतले कर्मचारीले गरेको कामले दिखे परिणामका आधारमा मूल्याङ्कन हुने बताए । उनले व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्याङ्कन गरिए राजश्वको लक्ष्य नजिक पुग्न कठीन नहुने बताए… पुरा पढौ

‘समुदायमा कांग्रेस’ अभियान स्थगित

नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम स्थगित गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवम् पूर्वसामान्य प्रशासन मन्त्री केशबकुमार बुढाथोकीको निधन भएकाले अभियान स्थगित गरेको जानकारी दिए । पूर्वमन्त्री बुढाथोकीको माघ २२ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । कांग्रेसले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका स्वर्गीय बुढाथोकीप्रति उच्च सम्मान प्रकट गर्दै पूर्वनिर्धारित माघ १३–२६ सम्मको ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित… पुरा पढौ

नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय टुङ्गो लगाउनुपर्छ : अध्यक्ष ओली

माघ २२ जनकपुरधाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउनुपर्ने बताएका छन् । एमाले महोत्तरी जिल्ला अधिवेशनको उद्घाटनका लागि जलेश्वर जानेक्रममा आज बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पीडितलाई न्याय दिने गरी विधेयक अगाडि बढाउन आफ्नो पार्टीको विमति नरहेको समेत प्रष्ट पारे । “मस्यौदामा केही नमिलेका कुरा छन् । पीडितहरूले न्याय पाउने, अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य हुने र सर्वोच्च… पुरा पढौ

संसदीय गतिविधि थप प्रभावकारी र परिणामखुमी हुने सभामुखको विश्वास

माघ २२ काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशन, संसदीय गतिविधि एवं कामकारबाही थप प्रभावकारी र उन्नत बन्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आज मन्तव्य दिँदै सभामुख घिमिरेले कानुन निर्माणसँगै जनसरोकारका विषय सम्बोधन र सरकारलाई निर्देश गर्ने क्रममा गत अधिवेशनमा संसदीय विनियमावली जारी भइ कानुन निर्माणका गृहकार्य भएकाले यो अधिवेशनले महत्वपूर्ण विधेयकहरु पारित गर्ने विश्वास व्यक्त गरे । सभामुखले राष्ट्रका साझा चासोका विषयमा राजनीतिक दलबीच एकता आवश्यक भएकामा जोड दिँदै विधिको शासन, पारदर्शीता र… पुरा पढौ

कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छः राष्ट्रपति पौडेल

माघ २२ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताएका छन् । नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको धारणा व्यक्त गरे “सृजना राष्ट्रका सम्पदा, संस्कृति राष्ट्रका पहिचान र कलाकार राष्ट्रका अमूल्य… पुरा पढौ

प्रदेश सभाको स्थापना दिवसमा प्रदेशको औचित्यमाथि प्रश्न उठेकोमा चिन्ता, कामबाटै औचित्य पुष्टि गर्नुपर्नेमा जोड

पोखरा, माघ २२ प्रदेश सभाको स्थापना दिवसमा प्रदेशको औचित्य पुष्टि हुनेगरी काम गर्न सुझाइएको छ । गण्डकी प्रदेश सभाको छैटौं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान कार्यक्रममा बोल्ने वक्ताहरुले प्रदेश सरकार र प्रदेश सभाले प्रदेशको औचित्य पुष्टि हुनेगरी काम गर्न सुझाएका हुन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशको औचित्य पुष्टि गर्ने जिम्मेवारी प्रदेश सरकार र प्रदेश सभा सदस्यहरुको भएको बताए । कस्तो कानून् निर्माण गर्ने र त्यसबाट के हाँसिल गर्ने भन्ने कुरा नेतृत्वकै हातमा छ,उनले भने,‘जुन चाहना… पुरा पढौ

उपनिर्वाचनको मिति तोकिनुपूर्व मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त उपनिर्वाचनका लागि मिति तोक्नुभन्दा अगाडि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ । ती पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुनबमोजिम उपनिर्वाचनका लागि मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ । विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका नागरिकका साथै विशेषगरी पद रिक्त भएका सम्बन्धित स्थानीय तह, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नागरिकलाई… पुरा पढौ

बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ: प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन् । आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न गाउँपालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा हुने बताएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । प्रधानमन्त्री दाहालसँगको भेटमा गाउँपालिकाका प्रमुखले आ–आफ्नो पालिकाभित्रका अवस्था र विकास निर्माणका योजना तथा आवश्यकतालगायतका विषयमा जानकारी गराएको उनको भनाइ छ ।… पुरा पढौ

संसद्मा सशक्त भूमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन

माघ २१ काठमाण्डौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सशक्त भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै उहाँले सांसदलाई संसद् र संसदीय समितिका बैठकमा सक्रियतापूर्वक भाग लिन र जनताका पक्षमा आवाज उठाउन निर्देशन दिए । अध्यक्ष ओलीले सांंसदलाई वैचारिक कुरामा पनि बढी स्पष्टताको आवश्यकता पर्ने र प्राविधिक कुरा सिक्नका लागि बैठक आवश्यक हुने बताए । यसैबीच, एमाले सचेतक महेश बर्तौलाले दुई दिनसम्म चलेको बैठकले चारवटा निर्णय गरेको बताए ।… पुरा पढौ

उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग निर्वाचन आयोगको छलफल

माघ २१ काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र रक्त स्थानिय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्ने संवैधानिक व्यवस्था छ । आयोगले यसअघि आगामी वैशाखभित्र उपनिर्वाचन गर्न सक्ने भन्दै सरकारलाई सुझाव दिइसकेको छ ।… पुरा पढौ