राजनीति

महिलाहरु आफै प्रत्यक्ष चुनाव लड्न चाहँदैनन् : उपाध्याय

नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय (डीना)ले महिलाहरुमा चुनाव लड्नै नचाहने प्रवृत्ति रहेको बताएकी छन् । पोखरामा विहीबारदेखि शुरु भएको लिट्रेचर फेष्टिभलको शुक्रबारको सेसन ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक प्यानल डिस्कसनमा बोल्दै नेपाल महिला संघकी पूर्व अध्यक्ष उपाध्यायले महिलाहरुमा प्रत्यक्ष चुनाव लडेर जोखिम उठाउनु भन्दा सुरक्षित हुन समानुपातिकमा बस्ने प्रवृत्ति रहेको बताएकी हुन् । सेसनको अन्तिममा दर्शक दीर्घाबाट पत्रकार विमला भण्डारीले महिलाहरुलाई टिकट दिईदैन कि आफै उठ्न चाहँदैनन् भन्ने प्रश्न गरेपछि त्यसको जवाफ दिदै उपाध्यायले भनिन्,‘खास गरेर महिलाहरु प्रत्यक्ष चुनाव… पुरा पढौ

महिलाहरु नेतृत्वमा नआउनुको कारण आर्थिकसँगै सामाजिक लाञ्छानापनि हो : सांसद भट्टराई

पोखरा, फागुन ४ संघीय सांसद विद्या भट्टराई अधिकारीले महिलाहरु नेतृत्वमा नआउनुको कारण आर्थिकसँगै लाञ्छनापनि भएको बताएकी छन् । पोखरामा विहीबारदेखि शुरु भएको लिट्रेचर फेष्टिभलको शुक्रबारको सेसन ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक प्यानल डिस्कसनमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले लाञ्छना सहन सक्ने मात्रै नेतृत्वमा आउनेगरेको बताएकी हुन् । सेसनको अन्तिममा दर्शक दीर्घाबाट चुनावमा गरिएको खर्च पार्टी कि तपाईंले भ्रष्टाचार गरेर सोधभर्ना गर्ने हो भनेर सोधिएको प्रश्नको उत्तर दिदै उनले भनिन्,‘महिला नेतृत्वमा नआउनुको कारण आर्थिकसँगै लाञ्छनापनि हो । महिलाले केहि नगरेपनि… पुरा पढौ

जिल्ला समन्वय समिति खारेज गरौं : पृथ्वी सुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले हालको जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका उनले संघीयतालाई महंगो बनाउने मध्येको एक जिल्ला समन्वय समितिपनि भएकाले यसलाई खारेज गर्नुपर्ने बताएका हुन् । चार तहका सरकार दुनियामा कहिंपनि छैन,उनले भने,‘कित त्यसलाई अधिकार सम्पन्न बनाउनु प¥यो । त्यसो गर्दा खर्चिलो हुन्छ । त्यसैले अहिलेको परिस्थितिमा जिल्ला समन्वय समितिहरु नराख्दा हुन्छ ।’ उनले विश्वका संघीय शासन प्रणाली… पुरा पढौ

एमफिल र पिएचडी गर्नबाहेक अरुलाई विदेशमा पढ्न जान नो अब्जेक्सन लेटर दिनुहुँदैन : अधिकारी

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले एमफिल र पिएचडी गर्नबाहेक अरुलाई विदेशमा पढ्न जान नो अब्जेक्सन लेटर दिन नहुने बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारीले प्लस टु सक्न नपाई विदेश जाँदा पलायन भइरहेको अर्बौं रुपैयाँ रोक्न यस्तो नीति अवलम्वन गर्नुपर्ने बताएका हुन् । यसका लागि संघ सरकारले ऐन ल्याउनुपर्ने भन्दै उनले भने,‘प्लस टु पढ्न पाएको छैन, अनि पढ्नको लागि भनेर विदेशमा खर्बौं रुपैयाँ… पुरा पढौ

अदालतप्रति खगराजको कटाक्ष : असरको मूल्यांकन नगरी स्टे अर्डर गर्दियो, बस् !

पोखरा, फागुन ४ गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अव्यवहारिक स्टे–अर्डर, आदेश र फैसला दिएकोभन्दै अदालतप्रति कटाक्ष गरेका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारीले जुनसुकै विषयमा प्रभाव मूल्यांकन नगरी अदालतले स्टे–अर्डर दिने गरेको भन्दै रोष व्यक्त गरेका हुन् । उनले भने,‘कसैले निवेदन दिने वित्तिकै हाम्रा प्रचलित कानून्हरु के छन् ? हाम्रो विद्यामान अवस्था के छ ? नहेरी स्टे–अर्डर गर्दियो ।’ त्यस्तै स्टे–अर्डरको चपेटामा कालीगण्डकी… पुरा पढौ

ललिता निवास जग्गा प्रकरणः १२ जना ठोषी ठहर

फागुन ३ काठमाण्डौं । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आज उक्त जग्गा प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ भने राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले ललिता निवासको जग्गा हिनामिनासम्बन्धी मुद्दामा ठहर भएका प्रतिवादीवाट बिगो र जरिवाना असुल हुने फैसला भएको जानकारी दिए । अदालतले जग्गा… पुरा पढौ

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

फागुन ३ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित भएको छ । प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो । अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउन महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे । विधान अधिवेशनलगत्तै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी उनले दिए । उनले प्राप्त सुझावबाट पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको… पुरा पढौ

विधानमा प्राप्त सुझावले पार्टी निर्माणमा सहयोग पुग्छ : अध्यक्ष प्रचण्ड

फागुन ३ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशन सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गरेपछि उनले प्राप्त सुझावका आधारमा विधानलाई ओजपूर्ण बनाइने बताए । अध्यक्ष प्रचण्डले आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने र समितिबाट प्रत्यक्ष निर्वाचनको गरेर पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगेको बताए । आमरुपमा पार्टी समिति सानो बनाउनुपर्ने सबैको… पुरा पढौ

‘संसद विघटन गर्नू गलत थियो, तर विघटन गर्नेलाई के कारवाही गरियो ?’

पोखरा, फागुन ३ पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठले देशमा कानूनी राज नभएको टिप्पणी गरेका छन् । पोखराको फेवाताल किनार वराहीघाटमा विहीबारदेखि शुरु भएको लिट्रेचर फेष्टिभलमा विद्वत प्रवचन दिदै कानून बनेपनि त्यसको कार्यान्वयन नहुँदा सुशासन कायम नभएको बताएका हुन् । उनले गलत तरिकाले संसद विघटन गर्दापनि त्यो विघटन गर्नेलाई कारवाही नगरिएकोप्रति रोस व्यक्त गरे । संघ सरकार पुरानै ढर्रामा चलिरहेको उनले टिप्पणी गरे । केन्द्रले पुरानै ढंगले, पुरानै शैलीले राज गर्ने, कसले मान्ने ? कसले नमान्ने ? खेल खत्तम ! पैसा हजम… पुरा पढौ

अब नक्कली किसानका खोरलाई होईन, दूधलाई अनुदान दिईन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा, फागुन ३ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबदेखि दूध उत्पादनलाई हेरेर अनुदान वितरण गरिने बताएका छन् । पोखरामा विहीबारदेखि शुरु भएको १८ औं संस्करणको लिट्रेचर फेष्टिभललाई सम्बोधन गर्दै उनले हिजोजस्तो नक्कली किसानलाई नभई उत्पादनका आधारमा अनुदान वितरण गरिने बताएका हुन् । मैले न हिजो नक्कली बोट, नक्कली खोरका लागि वा नक्कली नक्कली भैंसीका लागि पैसा बाँडेको थिएँ,उनले भने,‘नक्कली खोर र बोटका लागि होईन अब दूधका लागि अनुदान वितरण गरिन्छ ।’ उत्पादनमा आधारित भएर अनुदान वितरण गर्नका लागि नै यसअघि… पुरा पढौ