राजनीति

कांग्रेसको आधिकारिकता दाबी गर्दै देउवा पक्षले दियो निर्वाचन आयोगमा निवेदन

नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न संस्थापन सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन आयोग पुगेर कागजात बुझाएको छ । ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाणसहित सो पक्षले निवेदन दिएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरे । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित आयोगमा पुगेका उनले पार्टीका कागजात बुझाउँदै समस्या समाधानका लागि आग्रह गरे । कार्यवाहक सभापति खड्काले दल विभाजनका सन्दर्भमा आयोगका… पुरा पढौ

एमाले केन्द्रीय कार्यालयमा जिल्ला तहबाट उम्मेदवारको नाम प्राप्त

नेकपा एमाले केन्द्रीय कार्यालयले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तल्लो तहबाट आकाङ्क्षी उम्मेदवारको सिफारिस नाम प्राप्त गरेको छ । जिल्ला हुँदै प्रदेश कमिटीले निर्वाचनका लागि पठाएको नाममा केन्द्रीय कार्यालयलाई प्राप्त भएको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए । उनले चाँडै नै निर्वाचन लागि प्राप्त भएका उम्मेदवारका विषयमा टुङ्गो लगाइने बताए । “सबै जिल्ला हुँदै प्रदेश कमिटीबाट आगामी निर्वाचनका लागि उम्मेदवारका नाम आएका छन्”, उनले भने, “कुनै निर्वाचन क्षेत्रबाट एकल र कुनैबाट एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस… पुरा पढौ

पार्टी विभाजित भएको छैन: कांग्रेस नेता केसी

नेपाली कांग्रेसका नेता कृष्ण केसीले पार्टी विभाजित नभएको स्पष्ट पारेका छन् । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएपछि संचारकर्मिसँग कुराकानी गर्दै उनले पार्टीको बैधानिक विधीमा टेकेर महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको प्रष्ट पार्दै, पार्टी फुटेको नभई विधिविधान र परिवर्तनको आवाजलाई संस्थागत गरेको बताए । उनले कांग्रेस एउटै र सिंगै रहेको दावी गरे ।कास्कीका पुर्व सभापति समेत रहेका केसीले नयाँ नेतृत्व चयनले नेपालको राजनीतिक परिवर्तन र समयको मागलाई सम्बोधन मात्रै गरेको नभई भविष्य र आशाको दियो संचार गरेको पनि बताए… पुरा पढौ

नेपाली कांग्रेसको प्रवक्तामा कास्कीका देवराज चालिसे

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा नेता देवराज चालिसे चयन भएका छन् । बुधबार सम्पन्न बिशेष अधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको जारी बैठकमा नेता चालिसेको नाम प्रवक्ताको रुपमा प्रस्ताव गरिएको थियो । प्रस्तावित नाम अनुमोदन भएसँगै उनी प्रवक्ता चयन भएका हुन् ।विभिन्न प्रसतावमा छलफल जारी रहेको स्रोतले बताएको छ । बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न सो समूह निर्वाचन आयोग जाने तयारी समेत भईरहेको छ ।आयोगमा उनीहरूले पार्टीको नयाँ कार्यसमिति चयन भएको जानकारी गराउनेछन् । त्यहीअनुसार विवरण अध्यावधिकका… पुरा पढौ

भ्रमपूर्ण सूचना समाज र युवाका लागि गम्भीर चुनौती : मन्त्री थापा

पोखरा।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना आजको समाज र विशेषगरी युवा पुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा बुधबार पोखरामा आयोजित “भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना सम्बन्धी सरोकारवालाबीच सचेतना तथा अन्तरक्रिया” कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले सूचना प्रविधिको तीव्र विकाससँगै गलत सूचनाको जोखिम पनि बढ्दै गएको उल्लेख गरे।“आज हामी सूचना प्रविधिको युगमा छौँ, तर यससँगै सूचनाको भीडभाड पनि बढेको छ,” उनले… पुरा पढौ

कांग्रेस विशेष महाधिवेशन: उपसभापतिमा ४ जना आकांक्षी, संस्थापन पक्ष कारवार्हीको तयारीमा

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा विभिन्न पदका लागि नेताहरुले मनोनयन दर्ता गरेका छन् । निर्वाचन समितिका अनुसार सभापतिमा महामन्त्री गगन थापाको मात्रै एकल उम्मेद्वारी परेको छ । नेता महेश आचार्य र सहमहामन्त्री फरमुल्लाह मन्सुरले उपसभापति पदको उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्री पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेको उम्मेद्वारी परेको हो ।स्रोतका अनुसार जगदिश्वर नरसिंह केसीले पनि महामन्त्रीमा दावी गरेका छन् ।नेता बहादुरसिंह लामाले सहमहामन्त्री पदमा उमेदवारी दिएका छन् । नेतृ… पुरा पढौ

गृहमन्त्री अर्याल भन्छन्–‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध सबैको दायित्व भएको बताएका छन् । आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले आगामी फागुन २१ गते निष्पक्ष रूपमा प्रतिनिधिसभा निर्वाचन हुने बताए । उनले भने,“ निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका सबै अङ्गलाई गम्भीर भएर कार्यक्षेत्रमा लाग्नु होला । ”निर्वाचनलाई सफल बनाउन राजीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीलार्ई आग्रह गर्र्दै गृहमन्त्रीले समाजमा द्वन्द्व फैलाउने गतिविधि नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरे । प्रचलित कानुनविपरीत गर्नेलाई कारबाही हुने चेतावनी पनि उनले… पुरा पढौ

कांग्रेस विशेष महाधिवेशन: सभापतिमा गगन र महामन्त्रीमा प्रदीप र गुरुको उम्मेदवारी

नेपाली कांग्रेस विशेष महाधवेशन पक्षधरको भृकृटीमण्डपमा जारी महाधिवेशनमा निर्वाचन प्रक्रिया जारी रहेको छ । सभापति पदका लागि मंगलबार ४ जनाले मनोनयन पत्र लगेकोमा एक जनाको मात्रै उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म सभापति पदमा गगन थापाको मात्रै उमेदवारी परेको छ । स्रोतका अनुसार अरू कसैले सभापति पदमा उमेदवारी दिएका छैनन् । संस्थापनसँगको वार्तामा प्रगति नभएपछि थापाले सभापतिमा उम्मेदवारी दिएका हुन् । गुरु घिमिरे र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।नेता बहादुरसिंह लामाले सहमहामन्त्री पदमा उमेदवारी दिएका छन्… पुरा पढौ

कांग्रेसभित्रको एकता जोगाउन सभापति देउवा लचक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू लचक रहेको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्माबीच छलफल भएको थियो ।देउवा निवास महाराजगञ्जमा बिहान भएको छलफलमा सभापति देउवाले आफू पार्टीको एकता बचाउनका लागि हिजो पनि काम गर्दै आएको र आज पनि त्याग गर्न तयार रहेको बताएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । सभापति देउवाले महामन्त्रीद्वय थापा… पुरा पढौ

फागुन २१ को चुनाव गर्नु नै सरकारको प्रमुख म्याण्डेट हो : मन्त्री श्रेष्ठ

सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले आगामी फागुन २१ गते निर्वाचन गर्नु नै वर्तमान सरकारको प्रमुख म्याण्डेट भएको बताएकी छन् । युनाईटेड क्लव पोखराको आयोजनामा मंगलबारदेखि पोखरामा शुरु भएको १४ औं पोखरा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्,‘जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारको प्रमुख म्याण्डेट भनेको फागुन २१ को चुनाव सक्सेसफूल रुपमा अर्गनाईज गर्नु हो ।’ त्यहि भएर सरकारले फागुन २१ को निर्वाचनलाई प्राथमिकताको केन्द्रमा राखेर काम गरिरहेको उनले प्रष्ट्याईन् । मन्त्री श्रेष्ठले… पुरा पढौ