राजनीति

गठबन्धनका पोखरेली उम्मेदवार भन्छन् : ग्रामीण भेगमा पनि महानगरको आभास दिलाउँछौं

पोखरा, २१ वैशाख देशकै ठूलो भूगोल भएको पोखरा महानगरमा यसपालि सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिश्पर्धा छ । गठबन्धन, एमाले र अन्य दलका उम्मेदवारहरु अहिले चुनावी प्रचारप्रसारमा जुटेका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले महानगरका ग्रामीण क्षेत्रमा विकासको लहर ल्याउने प्रतिवद्धता गरेका छन् । बुधबार पोखरा वडा २३, २४ र १८ मा भएका चुनावी कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । ग्रामीण क्षेत्रका सडक पिच गर्ने, खानेपानीको उचित व्यवस्थ गर्ने, पर्यटकीय संरचना बनाउने, सम्पदा… पुरा पढौ

पोखरा जिरोमा आजदेखि आविष्कार पुस्तक पसल तथा स्टेशनरी शुभारम्भ

२१ वैशाख, प‍ोखरा । पोखराको जिरो किमीमा आविष्कार पुस्तक पसल तथा स्टेशनरी आजदेखि शुभारम्भ गरिएको छ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था कास्कीद्वारा प्रवर्धित स्टेशनरीमा स्कुल तथा क्याम्पसका पुस्तक, स्टेशनरी, साहित्यिक पुस्तक, खेलकुदका सामान, गिफ्ट आइटम, टाइपिङ, प्रिन्टिङ, फोटोकपी , लेमिनेशनको पनि सुविधा रहेको सहकारीका अध्यक्ष उमानाथ गौतमले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सचिव तथा नेराशिसं गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद पोखरेलले संगठनमा आबद्ध शिक्षकहरुको सहकार्यमा निर्मित सहकारीद्वारा सञ्चालित पुस्तक पसलको सफलताको कामना गर्दै… पुरा पढौ

पाोखरा-१८ का माओवादी उम्मेदवार राजु : जनताको गुनासो सुन्दै भविष्यको योजना सुनाउँछन्

सरकारले १८ को अन्य ठाउँमा जती ग्यारजातीको बासिन्दाले स्थानिय सरकारको अनुभव गर्न नपाएको गुनासो गरेका छन् । घरदैलेको क्रममा सरकारले अन्य ठाउँमा विकासको विभिन्न योजनाको काम अघि बढाएको तर ग्यारजातीमा काम नबढाएको गुनासो गरेको छन् । स्थानिय मिन बहादुुर थापाले सरकार भएको अनुभव गर्न नपाएको गुनासो गरे । ‘पोखराको महत्वपुर्ण ठाउँ भयो तर बिकास भएन,‘थापाले भने,‘पानी अन्य ठाउँमा ल्याइयो तर हाम्रोमा आएन ।’ स्थानिय सरकारले पानीको लागि काम गरेको जस्तो गरेको तर मन लागेर काम नगरेको थापाको आरोप छ ।… पुरा पढौ

पोखरा–३१ मा गठबन्धनले भन्यो : सेवा गर्ने मौका दिनुस

पोखरा, बैशाख २१ पोखरा महानगरपालिका वडा नम्बर–३१ म गठबन्धनको घरदैलो तिव्र बनेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले निरन्तर घरदैलो गर्दै आएको छ । घरदैलो गर्दै गठबन्धनका उम्मेदवारहरुले आफूहरुलाई सेवा गर्ने मौका दिन आग्रह गरे । उनीहरुले एक स्वरमा भने,‘हामीलाई मत दिएर सेवा गर्ने मौका दिनूस ।’ आफूहरु बिजयी भएपछि फुल ड्यूटी मात्र नभई ड्यूटीफुल भएर काम गर्ने उनीहरुले बाचा थियो । पोखरा–३१ मा गठबन्धनबाट वडाध्यक्षमा कांग्रेसका ढकनाथ ढकाल, दुई खुल्ला सदस्यमा नेकपा एसका शोभामोहन सुवेदी र नेकपा माओवादी… पुरा पढौ

पोखरा–१६ मा गठबन्धनको बाचा : खानेपानीको समस्या समाधान, पर्यटन प्रवद्र्धनबाट रोजगारी सिर्जना

पोखरा, बैशाख २१ पोखरा महानगरपालिका वडा नम्बर–१६ मा सत्ता गठबन्धनले खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । पोखरा–१६ का द्वीप, पुरानो मनिपाल कलेज, मातृशिशु अस्पताल, मध्यमपथ लगायतका क्षेत्रमा घरदैलो गर्दै सत्ता गठबन्धनका उम्मेदवारहरुले ती क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । साथै उनीहरुले पर्यटकीय क्षेत्रहरु महेन्द्रगुफा, चमेरेगुफा, कालीलेक, ढिँकीडाँडा, अर्मलाकोटलगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने बाचासमेत गरेका छन् । घरदैलो गर्दै वडाध्यक्षका उम्मेदवार अमृत शर्मा तिमिल्सिनाले भने,‘हामीलाई विश्वास गरेर भोट दिनूस् । हामी तपाईंहरुको… पुरा पढौ

‘हामीलाई माओवादीकै भर छ । मर्नु अघि लालपूर्जाको मुख देखाइदिनुस् ।’

पोखरा, २१ वैशाख । तनहुँ र कास्कीको सिमाना कोत्रेपुल पश्चिम पोखरा महानगरपालिका–३२ मा छ मजुवा बस्ती । मजुवाका झण्डै २ सय घरधुरीसँग जग्गाको रातो पूर्जा छैन । ७८ वर्षीय दलबहादुर गुरुङलाई लालपूर्जाको मुख नहेरि मरिने चिन्ताले सताएको छ ।गुरुङका अनुसार ०२१\२२ सालतिर तनहुँको थप्रेकका २५–३० घरले गगनगौंडाका मुखिया चन्द्रबहादुर बस्नेतसँग ५ सय रुपैयाँमा मजुवाको फाँट नै किने । उक्त जग्गा दामासाहीले बाँडे । केहीले मात्रै मजुवा झरेर घर बनाएर बसे । ०३२ सालमा नापी आयो । त्यतिबेला मालपोत कार्यालयलेले मजुवामा… पुरा पढौ

पिछडिएको वडालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नेछौं : कोपिला रानाभाट

बैसाख २१, पोखरा ।पोखरा महानगरपालिकामागठबन्धनका तर्फबाट उपमेयरकीउम्मेदवार कोपिला रानाभाटले पाँचवर्षमा पिछडिएका वडालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । पोखरा २४ कास्कीकोटको चुनावी सभालाई सम्बोधनगर्दै उनले यस्तो बताएकीहुन् ।‘हाम्रो पहिलो कामभनेको पोखरा महानगरपालिकामाविकासकाहिसाबले पिछडिएका वडाहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो । हामीपछाडी परेको वडामा विशेष किसिमले योजनाबनाएर जानेछौं’,उनले भनिन्, ‘अघिल्लो पाँचवर्षमातपाईहरुको वडामा जसरी विकास हुनुपर्ने हो त्यो हुन सकेन तरअबको पाँचवर्षमाविकासमा पछाडि परेको वडालाई केन्द्रित गरी काम गर्नेछौं ।’उनले वडा २४ पटक÷पटक धोकामा पर्दै आएको बताइन् । अब… पुरा पढौ

वृद्ध–वृद्धाको आशिर्वाद–’सहयोग गर्दै आइरहनुभएको छ, अब जनताको मनमा बस्ने गरी काम गर्नुहोला’

पोखरा। नेकपा एमाले पोखरा –१५ ले घर–घरमा प्रतिवद्धता पत्र बाँड्दै पाँच वर्ष भित्र सबै वाचा पूरा गर्ने जनाएको छ। वडावासीसँग भेटघाट तथा घरदैलो कार्यक्रमको सिलसिलामा पुगेको पाँचै जना उम्मेदवारसहितको टोलीले जनतासँग भोट माग्दै प्रतिवद्धता पत्रमा उल्लेख गरिएका वुँदा आवश्यकता र औचित्यका आधारमा पाँच वर्ष भित्र पूरा गर्ने वाचा गरेको हो । टोलीले आज वडाको कान्तिपुर टोल, फलेपाटन, ज्ञानमार्ग, जाल्पा मार्ग र कोलपाटन क्षेत्रमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। जनता भेटघाटका लागि घर–घरमा पुगेका उम्मेदवारसहितको टोलीलाई टोलवासीले न्यानो आतिथ्यताका… पुरा पढौ

पोखरा २३ मा ८० प्रतिशत मतदाताको घरदैलोमा पुग्यो एमाले

पोखरा । पोेखरा २३ मा अहिले चुनावी सरगर्मी बढेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै वडामा घरदैलो कार्यक्रम जारी छ । यसै अन्तरगत वडाको ८० प्रतिशत मतदाताको घरमा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ र बाँकीमा घरदैलो जारी रहेको वडा कमिटी अध्यक्ष चेतनाथ भण्डारीले जानकारी दिए । उनका अनुसार वडाका रैकर, मैदान, पोखरी, बाम्दी, मार्की, विरिम, निर्माने, चापाकोट, मगरगाउँ, घडेरी ओखलढुंगा, औंसेलुचौर, खोरपाखा, नयाबस्ती, कार्कीको तगरा, ठुलाखेत, डुडेको फाँट, घाटिछिना, बराङचैनपुर, मार्सीखेत लगायतका स्थानमा एमालेले घरदैलो गरिसकेको छ… पुरा पढौ

बैदाममा गठबन्धनको चुनावी अभियानमा जनलहर बढ्दै

पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धनले पोखरा महानगरपालिका वडा नं ६ मा चुनावी प्रचार अभियान तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । गठबन्धनका उम्मेदवारहरुले सुरु गरेको निर्वाचन अभियानमा आमा समूह, युवा क्लब, टोल विकास संस्था लगायतबाट स्वतस्र्फत रुपमा जनसहभागिता बढिरहेको । नताको समर्थन बढ्दै जाँदा उम्मेदवारहरु उत्साहित बनेका छन् । वडाध्यक्षका उम्मेदवार जगतबहादुर पहारीले चुनावी अभियानमा देखिएको उत्साह र सहभागिताले विजयीको नजिक पुगेको अनुभुति भएको बताए । पहारीले पर्यटकीय क्षेत्र बैदामको थप विकासका लागि महानगरको प्रमुख, उपप्रमुख र वडामा समै… पुरा पढौ