राजनीति

वेगनासलाई लेकसाइड २ को अवधारणामा अघि बढाउँछौ: धनराज आचार्य

पोखरा । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका धनराज आचायले बेगनासलाई लेकसाइड २ को अवधारणामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । पोखरा महानगरपालिका वडा ३१ को चुनावी प्रचारप्रसारमा कार्यक्रममा बोल्दै उनले पोखरा भन्नेबित्तिकै फेवातालमात्रै चिनिदै आएको र अब पोखरा भन्ने बित्तिकै फेवातालको सहर मात्र नभई वेगनास ताल, रुपातालको सहर पनि बनाउने उनले बताए ।‘पोखरा भन्ने बित्तिकै फेवाताललाई मात्र सम्झने गरिरहँदा वेगनास भने छायाँमा परिरहेको छ’, उनले भने, ‘लेकसाइड भनेको फेवाकिनार मात्र हो ? लेकसाइड भनेको तालको किनार हो । अब… पुरा पढौ

एमाले पोखरा १५ को महिला भेला तथा मतदाता शिक्षा कार्यक्रम सम्पन्न

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा नं १५ ले आसन्न निर्वाचनलाई लक्षित गर्दै महिला भेला तथा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । मतदान प्रक्रियाबारे मतदातामा कायम अन्योल अन्त्य गर्न र यसबारे महिलालाई शिक्षा दिँदा त्यसको प्रत्यक्ष प्रभाव परिवार, समाज र टोलमा पर्ने भन्दै भेला तथा मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको हो । मतदाता शिक्षा दिँदै कार्यक्रमका अतिथि बुद्धिजीवि परिषद् वडा नं १५ का संयोजक तथा चुनाव प्रचारप्रसार समितिका सल्लाहकार शिवबहादुर भण्डारीले नेपालमा आधा भन्दा बढी जनसंख्या महिलाको रहेको… पुरा पढौ

शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

बागलुङ । बागलुङमा शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिताविपरीत हुने बताए। शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धि ऐन, कानूनले पनि नदिने उनको भनाइ छ । एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिता विरुद्ध हुने कुनै पनि कार्य नगर्न÷नगराउन भनेको छ । प्रचलित ऐन, नियम र आचारसंहिताविपरीत कार्य भएमा नियमानुसार कार्वाही हुने एकाइले जनाएको छ ।… पुरा पढौ

नेकपा एसका २४ जनाको उम्मेदवारद्वारी फिर्ता

पोखरा ।नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादीका २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एसका २४ जना उम्मेदवारले कास्कीको पोखरा महानगरपालिका र मादी गाउँपालिकाका विभिन्न वडामा रहेको उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिइएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सघाउने नेकपा एसका कास्की जिल्ला प्रचार विभाग प्रमुख पूर्ण लामाले जानकारी दिए ।विज्ञप्ति सहित ……. पुरा पढौ

पोखराको बैदाममा गठबन्धनको घरदैलोसँगै मतदाता शिक्षा

पोखरा,२२ वैशाख । पाँचदलीय गठबन्धनले पोखराको पर्यटकीय क्षेत्र बैदाममा स्थानीय तह निर्वाचनका लागि चुनावी प्रचार अभियानकालाई तीव्रता दिएको छ । पोखरा–६ बैदाममा गठबन्धनका तर्फबाट वडाध्यक्षमा जगतबहादुर पहारी उम्मेदवार छन् ।यसैगरी खुलासदस्यमा नेकपा(माओवादी केन्द्र)बाट कृष्ण प्रसाद आचार्य, खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यमा काग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदानमा रहेका छन् ।गठबन्धनका उम्मेदवारहरुले बिहीबार पनि बैदामा क्षेत्रमा घरदैलो गरे । घरदैलोसँग उम्मेदवारहरुले मतदाता शिक्षालाई पनि… पुरा पढौ

हिजोको नेतृत्व असक्षम भएकाले गठबन्धन गरेर आयौं : धनराज

पोखरा, २२ वैशाख ।पोखरा महानगरका मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै मेयरको वडामा विकास गर्ने प्रतिबद्धता जनाएका छन । पोखरा २८ कालिकामा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतका घोषणा पत्रमा भएका कुराको पालना नगरेकै कारण आज फरक तरिकाले आउन बाध्य भएको उनले सुनाए । ‘हामी घोषणापत्रको अक्षरशः पालना गर्नेछौं । यसअघि घोषणापत्र पालना नगरेकै कारण आज यो अवस्था आएको हो’, उनले भने, ‘हिजो घोषणापत्र इमान्दारी पुर्वक पालना गरेको भए हामी यहाँ हुने… पुरा पढौ

पोखरा–४ का वडाध्यक्ष प्रत्यासीहरुको आ–आफ्नै एजेण्डा

पोखरा महानगरको वडा नं ४ समग्र पोखराकै कोर क्षेत्र मानिन्छ। यो क्षेत्र पोखराकै केन्द्रविन्दु पनि हो। मानौं, पोखराकै उत्पत्ति क्षेत्र यहाँको वडा नं ४ हो। यो क्षेत्रलाई पोखराकै व्यवसायको हबका रुपमा पनि हेरिन्छ। पोखराकै पुरानो र मुख्य क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, पालिखेचोक, सिद्धार्थचोक, गैरापाटन, ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको रामकृष्ण टोल र गणेश टोल यसै वडाभित्र पर्दछ। नेवारी संस्कृतिका लागि पनि महात्वपूर्ण वडा हो। तरपनि, शुशासन, शान्ति सुरक्षा, शिक्षा स्वास्थ्य र भौतिक पूर्वाधारका विकास निर्माणका दृष्टिले स्वयं यो वडा सम्पन्न छैन।… पुरा पढौ

गठबन्धनले पोखरालाई साईबर सिटीको रुपमा विकास गर्ने

पोखरा, २२ वैशाख । पोखरा महानगरपालिकामा ५ दलीय गठबन्धनका साझा उम्मेदवारले सार्वजनिक स्थलहरुमा उच्च व्याण्डवीथ सहितको फ्रि वाइफाइ सञ्चालन गर्ने घोषणा गरेका छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले चुनावी घोषणापत्रमा महात्वपूर्ण सार्वजनिक स्थलहरुमा फ्रि वाइफाइ व्यवस्था गर्ने जनाएका हुन् । यस्तै पोखरालाई सूचना प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान र व्यावसायिक केन्द्र (साइबर सिटी) का रुपमा विकास गर्ने उनीहरुको योजना छ । महानगरभित्र ईन्टरनेट सेवा प्रदायकहरुसँग समन्वय गरि हाईस्पीड ईन्टरनेट सेवा प्रदान गरिने प्रतिवद्धतापत्रमा उल्लेख… पुरा पढौ

पोखरा-२८ मा गठबन्धनको वाचा : प्रत्येक घरमा खानेपानी पुर्याउँछौं

पोखरा, २२ वैशाख । पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले साविकको कालिका र माझठाना गाविस मिलेर बनेको पोखरा २८ मा खानेपानीको समस्या हुन नदिने बताएका छन् । पोखरा २८ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै लाखौंको खानेपानीको योजना परेको वडामा पानीकै समस्या हुनु लज्जास्पद भएको उनको जिकिर गरे । गठबन्धनबाट मेयरमा आफू र उपमेयरमा कोपिला रानाभाटसहित वडा तहमा पनि गठबन्धनको उम्मेदवारलाई जिताएमा जनताले पानीका लागि घण्टौंं हिड्न नपर्ने समस्या हल गर्ने बताए । वडा २८ को ओख्ले, आरुपाटा, डाँडा… पुरा पढौ

नेपाली काँग्रेस, गठबन्धनको उम्मेदवारहरु घरदैलोमा

पोखरा महानगरपालिकाका ३३ वटै वडामा यतिबेला नेपाली काँग्रेस र गठबन्धन सम्बद्ध दलका उम्मेदवारहरुको चुनावी घरदैलो अभियान चलिरहेको छ। महानगरको वडा नं १ मा गठबन्धनको तर्फबाट सिता गुरुङ उम्मेदवार छिन्। उनीसँगै सदस्यका अन्य उम्मेदवारहरु यतिबेला घरदैलोमा छन्। त्यस्तै, वडा नं २ का अध्यक्ष र सदस्यका उम्मेदवारहरुलाई पनि भ्याईनभ्याई छ। वडा नं २ मा दिवसमान प्रधानाङ्ग अध्यक्षका प्रत्यासी छन्। पोखराको मूख्य बजार क्षेत्र समावेश हुने वडा नं ३ र ४ मा पनि उम्मेदवारहरु मतदाताको घर घरमा पुगेर आफ्नो पक्षमा मत मागेका छन्।… पुरा पढौ