राजनीति

अपवित्र गठबन्धनलाई तहसनहस पार्न सूर्यमा भोटः उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अपवित्र गठबन्धनलाई तहसनहस पार्न नेपाली जनताले सूर्यमा भोट हाल्ने दाबी गरेका छन्। नेकपा एमाले पोखरा वडा नं. ८ को वृहत चुनावी भेलालाई सम्बोधनका क्रममा प्रमुख आमन्त्रित व्यक्तित्व गुरुङले परमादेशबाट स्थापित यो सरकारलाई ढाल्न पनि जनताले सूर्यमा भोट हाल्ने गुरुङको जिकिर थियो। ‘देश समृद्ध बनाउने एमालेले हो। नेपालीलाई सुखी राख्ने एमाले हो। देश बचाउने एमाले हो। त्यसैले एमालेलाई हरेक तहको निर्वाचनमा भोट हाल्नुपर्छ,’ गुरुङले स्पष्ट पारे। पार्टीका प्रचार विभाग प्रमुख गुरुङले अगाडी थपे, ‘स्थानिय तहमा झन्… पुरा पढौ

एमाले उम्मेदवारलाई जिताउन जिल्ला इञ्चार्ज कार्कीको आग्रह

नेकपा एमाले पोखरा–१० को आयोजनामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बृहत मोटरसाइकल ¥याली तथा कोणसभा सम्पन्न गरेको छ। नेकपा एमाले पोखरा महानगरपालिकाका मेयर र उपमेयर र वडाका उम्मेदवारसहितको उक्त ¥याली पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला कमिटिका इञ्चार्ज भीम कार्कीले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताएर नेकपा एमालेले बोकेको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार गर्नुपर्नेमा जोड दिए। कार्कीले ‘एमालेले बोकेको समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न हरेक स्थानीय तहमा… पुरा पढौ

स्थानीय निर्वाचन एमालेका लागि महाभारतको लडाईं, जितेरै छाड्छौं – उपमहासचिब गुरुङ

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् । पोखरामा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महाभारतमा सत्य र न्यायको लागि लडाई भएजस्तै यसपालिको निर्वाचन पनि एमालेका लागि सत्य र न्यायको लागि भएको बताएका हुन ।“महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ,” उनले भने– महाभारतको लडाई पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।” गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले… पुरा पढौ

घोषणापत्रमा उल्लेखित योजनाहरु अक्षरशः पालना गर्छौं : थापा

मेयरका उम्मेदवार कृष्ण थापाले महानगरको घोषणापत्र र वडाहरुको घोषणापत्रमा उल्लेखित योजनाहरु अक्षरशः पालना गर्ने बताए । उनले आफू पहिल्यै मेयर भइसकेको र उपमेयरले ५ वर्षदेखि निरन्तर काम गरिरहेकाले पनि आफूहरु जित्नासाथ पोखराको विकासको काम सुरु हुने बताए । ‘कर्मचारी चिन्न एक वर्ष खर्च गर्नुपर्दैन । काम कसरी के गर्ने भनेर अर्को एक वर्ष अल्मलिनु हामीलाई पर्दैन । अघिल्लो नेतृत्वले ऐन, नियम, कानुन बनाइसकेकाले पनि अब यसमा अल्झेर बस्नु पर्दैन ।’ थापाले भने – ‘मैले मेयरको अनुभव लिइसकेको छु । उपमेयरजीले… पुरा पढौ

मादी नदीमा र्याफ्टिङ, गाउँगाउँमा होमस्टे चलाउने महेन्द्र गुरुङको घोषणा

पोखरा, २१ वैशाख ।नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उमेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले निर्वाचित भए गाउँपालिकालाई टुरिजम हब बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।बुधबार मादी ५ ठूलास्वाँरामा आयोजित चुनावी सभामा बोल्दै उनले मादीमा पर्यटनको अहिलेभन्दा राम्रो सम्भावना भएको बताए । मादी–५ बयरघारीमा कृतिम ताल बनाउनेसहित मादीका गाउँमा पिकनिक स्पोर्ट, बिबिक्यु स्पोट, वाटर–स्पोर्ट, डेजर्ट बाइकजस्ता एड्भेन्चर योजना आफूसँग रहेको महेन्द्रले सुनाए । यी गतिविधिले होटल–रेष्टुरेन्ट चलेपछि गाउँमै रोजगारी सिर्जना हुने भएकाले विदेशिने बाध्यता नहुने उनले बताए ।चुनाव जितेमा मादी नदीमा… पुरा पढौ

एमाले पोखरा–२२को प्रतिबद्धताः गुनासोरहित सेवा, टोलटोलमा भत्ता

पोखरा । नेकपा एमालेबाट पोखरा २२ का उम्मेद्वार र स्थानीय नेता–कार्यकर्ता एक हप्तादेखि जनताको घरदैलोमा पुगिरहेका छन् । जनताको गुनासो सुन्न र आफ्ना योजना सुनाउन वडाका उम्मेद्वारलाई भ्याइनभ्याइ छ । पोखरा २२ को सपम्दे गाउँमा बुधबार भोट माग्न पुग्दा एक वृद्धाले एमाले उम्मेद्वारलाई भनिन्, ‘यो पार्टीले वृद्धभत्ता दिन्छ थाहा छ । भत्ता लिन जान गाह्रो हुन्छ । यसलाई सजिलो बनाइदिनप¥यो । वडाका काममा जाँदा पनि छिटोछिटो काम हुनुपर्छ ।’ मतदाताका कुरा सुनेपछि एमालेबाट पोखरा २२ का वडाध्यक्ष उम्मेद्वार प्रकाशचन्द्र गुरुङले… पुरा पढौ

वृद्धभत्ता वडाबाटै वितरणको व्यबस्था मिलाउन स्थानियको माग

पोखरा २१, वैशाख पोखरा २२ (पुम्दी भुम्दी) बासीले बृद्ध भत्ता वडाबाटै वितरणको व्यबस्था हुनुपर्ने माग गरेका छन्। पोखरा २२ का साझा उमेदवार वडा अध्यक्षका प्रत्यासी हिमलाल बरालको नेतृत्व टोली समक्ष स्थानियले बृद्ध भत्ता बैंकबाट वितरण हुदा घण्टौं लाइनमा बस्नु पर्ने र छोरेपाटनसम्म जना समेत झन्झट भएकोले वडाबाटै बृद्ध भत्ता वितरणको व्यबस्था मिलाउन माग गरेका हुन्। गठबन्धनका साझा उमेदवार समेत रहेका अध्यक्षका प्रत्यासी बराल नेतृत्वको चुनावी प्रचार प्रसार अभियानमा स्थानियले डहरा, कोदी लगायतको क्षेत्रमा खानेपानीको समस्या राखेको माओबादी केन्द्र पोखरा २२… पुरा पढौ

सुर्य चिन्हमा मतदान गर्न एमाले नेता अधिकारीको आग्रह

पोखरा, २१ बैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन बिभाग प्रमुख खगराज अधिकारीले आसन्न स्थानीय तहको निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि एमालेलाई बिजयी गराउन आग्रह गरेका छन् ।नेकपा एमाले पोखरा ३१ को घरदैलो कार्यक्रममा सहभागी बन्दै नेता अधिकारीले बिकास र समृद्धिको लागि एमालेको बिकल्प नभएकोले सुर्य चिन्हमा मतदान गरि एमालेलाई अत्याधिक बहुमतले बिजयी गराईदिन मतदातालाई आग्रह गरेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको एकता पछि बनेको नेकपाको निरन्तरता नेकपा एमाले नै भएकोले सुर्य चिन्हमा मतदान… पुरा पढौ

एमाले उम्मेदवारलाई वृद्ध–वृद्धाको आशिर्वाद, ‘जनताको मनमा बस्ने गरी काम गर्नुहोला’

पोखरा, २१ वैशाख ।नेकपा एमाले पोखरा १५ ले घर–घरमा प्रतिवद्धता पत्र बाँड्दै ५ वर्षभित्र सबै वाचा पूरा गर्ने जनाएको छ । वडावासीसँग भेटघाट तथा घरदैलो कार्यक्रमको सिलसिलामा पुगेको पाँचै जना उम्मेदवारसहितको टोलीले जनतासँग भोट माग्दै प्रतिवद्धता पत्रमा उल्लेख गरिएका बुँदा आवश्यकता र औचित्यका आधारमा ५ वर्षभित्र पूरा गर्ने वाचा गरेको हो । टोलीले आज वडाको कान्तिपुर टोल, फलेपाटन, ज्ञानमार्ग, जाल्पा मार्ग र कोलपाटन क्षेत्रमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । जनता भेटघाटका लागि घर–घरमा पुगेका उमेद्वारसहितको टोलीलाई टोलवासीले… पुरा पढौ

लेकसाइडमा विष्णु भट्टराईको टोलीलाई जेष्ठ नागरिको आर्शिवाद

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको घरदैलो कार्यक्रम जारी छ । वडाध्यक्षका उम्मेदवार विष्णु भट्टराई सहित सदस्य पदका उम्मेदवाहरु कार्यकर्ताहरु सहित लेकसाइडका विभिन्न स्थानहरुमा घरदैलो गरेका हुन् । घरदैलोका क्रममा जेष्ठ नागरिकहरुले उम्मेदवार भट्टराईलाई चुनाव जित्ने आशिर्वाद दिंदै विजयी भएपछि नाम जस्तै काम गर्न आग्रह गरे । बुधबार विहान उनीहरु लेकसाइडको मुख्य सडक हल्लनेचोक, सेण्टर प्वाइन्ट, बाराहीघाट तथा भित्रि बाटोहरुमा पनि मतदाताको शुभकामना लिन पुगेका थिए । घरदैलोमा हिंडेका उम्मेदवारहरुसंग विदेशी पर्यटकपनि रमाएका थिए । उनीहरु… पुरा पढौ