राजनीति

कास्कीको माछापुच्छ«े –५ मा एमालेबाट वडाध्यक्षमा गुरुङ सिफारिस

कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ५ मा एमालेबाट वडाध्यक्षमा यामबहादुर गुरुङ सर्वसम्मत सिफारिस भएका छन्। वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वडाध्यक्षमा आफूलाई सिफारिस गर्न महत्वपूर्ण सहजीकरण गरेकोमा प्रदेश कमिटी, वडा कमिटीका सदस्य तथा वडावासीलाई गुरुङले धन्यवाद दिएका छन्। गाउँपालिका तथा वडाको विकास र विस्तारका लागि वडाध्यक्षमा आफूलाई विजयी गराउन गुरुङले आग्रह समेत गरेका छन्। पुरा पढौ

जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी छ : प्रदेश प्रमुख गुरुङ

चितवन । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी रहेको बताएका छन् । तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले राजनीति बुझ्न नखोज्ने जातीय स्वभाव भएकाले यो समुदाय पछि परेको धारणा राखे । जातीय स्वायत्तताका लागि राजनीतिको रस बुझ्न जरुरी रहेको गुरुङको भनाइ थियो । उनले भने, “यो समुदायले राजनीतिमा पहँुच बढाउन आवश्यक छ ।” राजनीतिक दलभित्र रहेर सङ्घर्ष गर्नुपर्ने उनले बताए । राजनीति बुझेर त्यहाँभित्र आफ्नो बलियो उपस्थिति… पुरा पढौ

जापान जान हिँडेकी यूवती विमानस्थलबाटै पक्राउ

काठमाण्डौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तनहुँकी एक यूवती पक्राउ परेकी छन् । जापान जानका लागि हिडेकी तनहुँको भानु नगरपालिका – ७ की २७ वर्षिया सोविता नेपालीलाई प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । गएराती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्ने क्रममा गोली बरामद गरिएको हो । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले… पुरा पढौ

अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

पर्वत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताए । समाजवादी प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताए । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले… पुरा पढौ

एमालेबाट पोखरा २ को अध्यक्षमा दीपक शाह सिफारिस

पोखरा । आगामी स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेबाट पोखरा २ को अध्यक्षका लागि दीपक शाह सर्वसम्मत सिफारिस भएका छन् । एमाले पोखरा २ को वडा कमिटी बैठकले शाहलाई वडाध्यक्षमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । यस्तै बैठकले महिला सदस्यमा उर्मिला पराजुली, दलित महिला सदस्यमा हरिमाया परियार, खुल्ला सदस्यतर्फ जर्नादन सुबेदी र मंगल साईको नाम सिफारिस गरेको छ । पुरा पढौ

आपसी मतभेद पन्छाउँदै चुनावमा सहयोग गर्न सत्ता साझेदार दलको संयुक्त अपिल

काठमाण्डौं । पाँच दलीय सत्ता साझेदार गठबन्धनले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त अपिल जारी गर्दै चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण नेताकार्यकर्तालाई आह्वान गरेका हुन् । उनीहरुले व्यापक सहभागितमा आगामी स्थानीय तहको निर्वाचन सफल पार्न गठबन्धनका उम्मेदवारलाई मत दिई विजयी बनाउनसमेत अनुरोध गरेका छन् । शीर्षनेताहरुले परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन… पुरा पढौ

एमाले अध्यक्ष ओलीद्वारा हलेसीमा चार लाख भेटी

खोटाङ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई रु दुई लाख र हलेसी मारतिका गुम्बालाई रु दुई लाख भेटी पठाएका छन् । गत चैत १९ गते एमालेले दिक्तेलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष ओलीले हलेसी मन्दिर तथा गुम्बा अवलोकन गरेपश्चात् भेटीस्वरुप मन्दिर र गुम्बालाई रु दुई÷दुई लाख दान गर्ने घोषणा गरेका थिए । अध्यक्ष ओलीको घोषणा अनुसार रामनवमीको अवसर पारेर एमाले केन्द्रीय सदस्य एवम् खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार… पुरा पढौ

भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ

चितवन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा भरतपुरका जनताको अपेक्षा भने फरक छ । त्यहाँका जनताको अपेक्षा भने सुशासन, पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, कृषि उत्पादनमा अनुदान, व्यवस्थित बसोबास, पर्यटन प्रबद्र्धन, दिगो आर्थिक विकास जस्ता विषय जनताको चासोका विषय बनेका छन् । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने शिक्षा… पुरा पढौ

पोखरा ३३ मा काँग्रेसबाट वडा अध्यक्षमा रामचन्द्र अधिकारी

नेपाली काँग्रेस पोखरा महानगरपालिका–३३ बाट आउँदो स्थानीय निकायको निर्वाचनको लागि वडा अध्यक्षको पदमा पार्टीका क्रियाशील सदस्य रामचन्द्र अधिकारीलाई उमेदवार उठाउने निर्णय गरेको छ। समाजसेवा गर्दै साविक भरतपोखरी गाबिस पुडीटार निवासी रामचन्द्र अधिकारीलाई उक्त वडामा पार्टीको आधिकारिक उमेदवार उठाउने नेपाली काँग्रेस वडा ईकाई समितिले निर्णय गरेको हो। वडाको बिकास, समृद्धि र जनताको जिवनस्तर सुधारमा ल्याउन आफ्नो भूमिका अझै दृढ र गतिशील रुपमा लागिरहने अधिकारीको प्रतिबद्धता छ। पुरा पढौ

पोखरा–२ मा गठबन्धनको साझा उमेदवार हुँदैन : काँग्रेस

आगामी बैशाख ३० हुने स्थानीय निर्वाचनका लागि नेपाली काँग्रेसले पोखरा महानगरको वडा नं २ मा गठबन्धन नगर्ने जनाएको छ। नजिकिदैँ गरेको स्थानीय निर्वाचनका लागि विभिन्न राजनीतिक दलसँग गठबन्धन गर्ने काँग्रेसको केन्द्रीय र जिल्ला समितिको निर्णयप्रति ति समितिप्रति ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस पोखरा २ वडा ईकाई समितिले आफ्नो धारणा सार्वजनिक गरेको छ। पोखरा महानगर २ नेपाली काँग्रेस वडा ईकाई समितिका सचिव अग्नीप्रसाद भुषाल र सुशिला बराल रेग्मीले संयुक्त हस्ताक्षर गरेर विज्ञप्तिमार्फत वडामा गठबन्धन नगर्ने आधिकारिक धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमा भनेको… पुरा पढौ