राजनीति

मनाङमा महिला उम्मेदवार पाउनै मुस्किल

मनाङ । संविधानले दिएको महिला अधिकार र अवसर सत्तारुढ गठबन्धनका कारण खोसिएको भन्दै केही स्थानमा महिला रुष्ट भइरहेका बेला कतिपय स्थानमा भने महिला उम्मेदवार पाउनै मुस्किल छ । मनाङमा जिल्लामा यस्तै भएको छ । मनाङमा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्तिसमेत हुन सकेन । मनाङमा सबैभन्दा बढी मतदाता नै महिलाको छ । तर, उम्मेदवार बन्न चाहने भने देखिँदैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै लागि तोकिएको गाउँपालिका, वडामा आवश्यक सङ्ख्या पु¥याउनै मुस्किल भएको देखिन्छ । हालसम्म पनि… पुरा पढौ

मकवानपुरमा प्रमुख पदका लागि ३ महिलाको उम्मेदवारी दर्ता

मकवानपुर । मकवानपुरमा गठबन्धन दल र नेकपा एमालेले पालिकाहरुको प्रमुख पदमा एक÷एकजना महिला उम्मेदवारको मनोनयन दर्ता गराएसँगै प्रमुख पदमा उम्मदेवारी दिने महिलाको सङ्ख्या तीन पुगेको छ । हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा समाजवादीकी मीना लामाको उम्मेदवारी दर्ता भएको छ भने नेकपा एमाले बकैया गाउँपालिकामा सरला बोलखेको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी बकैया गाउँपालिकाबाट नै नेकपा माओवादी केन्द्रले लक्ष्मी माझीको उम्मेदवारी दर्ता गराएसँगै मकवानपुरमा तीनजना महिलाहरु प्रमुख पदका उम्मेदवार बनेका हुन् । बकैया गाउँपालिककी अध्यक्ष उम्मेदवार बनेकी माझीबाहेक पालिकाको प्रमुख पदमा… पुरा पढौ

बागलुङमा उल्लासमय वातावरणमा मनोनयन दर्ता सम्पन्न

बागलुङ । बागलुङमा उल्लासमय वातावरणमा मनोनयन दर्ता सकिएको छ । कतै पञ्चेबाजा त कतै स्थानीय कला संस्कृतिको प्रदर्शन गर्दै बागलुङका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेका हुन् । सोमबार बिहानदेखि सुरु भएको मनोनयन दर्ताको समय साँझ ५ बजे सकिएको भए पनि निर्वाचन अधिकृतको कार्यालय पुगेका सबै उम्मेदवारको दर्ता राति अबेर सकिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बताए । उम्मेदवारहरुको अन्तिम नामावली तयार गर्ने काम चलिरहेको छ । प्राप्त सूचनाअनुसार बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनकराज पौडेल र राप्रपाका सञ्जय खड्काले उपप्रमुखमा… पुरा पढौ

एकल उम्मेद्धार परेपछि माओवादीका छन्त्याल निर्विरोध

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा (माओवादी केन्द्र)का एक वडा सदस्य निर्विरोध भएका छन् । माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसमेत रहेकी सीताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्विरोध भएका हुन् । धवलागिरी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले १ नं वडाको महिला सदस्य पदमा छन्त्यालको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताए । छन्त्याल निर्विरोध भएसँगै माओवादीले स्थानीय तह चुनावमा मतदान नहँुदै म्याग्दीमा खाता खोलेको छ । छन्त्याल निर्विरोध हुने जिल्लाको एक मात्र उम्मेदवार बनेका छन् । धवलागिरिको… पुरा पढौ

मुस्ताङका छ वडामा एकल उम्मेदवारी

मुस्ताङ । स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताए । वडा नं १ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल उम्मेदवारी परेको छ । वडा नं ३ को अध्यक्षमा एमालेका झ्याब्याङ तेञ्जिङ गुरुङसहित दुई सदस्य र नेपाली कांग्रेसबाट एक सदस्य निर्विरोध भएका छन्… पुरा पढौ

निर्वाचन अपडेटः एक लाख ४१ हजारको मनोनयन दर्ता,गण्डकीबाट १२ हजार ३१४

काठमाडौ । स्थानीय तह सदस्य निर्वाचनका लागि एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले बिहान १०ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा २२ हजार १९४, मधेसमा ३६ हजार २७५, बागमतीमा २३ हजार ६५४, गण्डकीमा १२ हजार ३१४, लुम्बिनी २२ हजार ४२१, कर्णालीमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको छ । नगरपालिकाको प्रमुखमा तीन हजार ३१८ र उपप्रमुखमा दुई हजार ३६ को उम्मेदवारी दर्ता भएको छ ।… पुरा पढौ

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ मा गठबन्धनबाट माओवादी उम्मेदवार

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार दर्ता गरेका छन्। गोविन्दप्रसाद अधिकारी (वडाध्यक्ष), कृष्णप्रसाद अधिकारी ( खुला सदस्य), जीवनाथ भण्डारी (खुला सदस्य), सुनिता पौडेल (खुला महिला सदस्य), शारदा परियार (दलित महिला सदस्य) ले उम्मेदवारी दर्ता गराएका हुन्। पुरा पढौ

मनाङको नासोंमा ३ वडाध्यक्ष निर्विरोध निर्वाचित

मनाङको नासों गाउँपालिकामा ३ जना वडाध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन्। पालिकाको वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत वडाध्यक्ष चयन भएका हुन्। वडा नम्बर ५ मा थुतेन लामा, वडा नम्बर ६ मा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ मा ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका हुन्। पुरा पढौ

पोखरा महानगरका लागि एमालेबाट वडाध्यक्षका उम्मेवारहरु (नामसहित)

आगामी ३० गते हुने स्थानीय निर्वाचनका लागि पोखरा महानगरपालिकाका ३३ वडामा नेकपा एमालेबाट उम्मेदवारका मनोनयन दर्ता गरेको छ। एमालेले पोखरा महानगरका प्रमुखमा कृष्णबहादुर थापा र उपप्रमुखमा मञ्जुदेवी गुरुङ सहित ३३ वटै वडामा आफ्नो उम्मेदवारहरु उठाएको हो। (वडाध्यक्षहरुको नाम सूचीसहित) वडा नं. १ः सहारा प्रधानवडा नं. २ः दिपक शाहवडा नं. ३: बिष्णुशंकर ख्वाजुवडा नं. ४ः मदन मुल्मीवडा नं. ५ : बिष्णु बरालवडा नं. ६ : बिष्णु भट्टराईवडा नं. ७ : किशोर बरालवडा नं. ८ : रुद्रनाथ बरालवडा नं. ९ : प्रेम… पुरा पढौ

कास्कीको मादीमा काँग्रेस र माओवादीबीच चुनावी गठबन्धन

आसन्न स्थानीय तह निर्वाचनमा कास्कीको मादी गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका छन्। मादी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट देविजंग गुरुङ र माओवादी केन्द्रबाट लालबहादुर गुरुङले हिजो उम्मेदवारी दर्ता गराएका छन्। जिल्लामा पाँच दलीय गठबन्धनबाट तालमेलको प्रयास भएपनि सफल हुन सकेको थिएन। मादीमा अध्यक्ष र उपाध्यक्षमा दुई दलले सिट बाँडफाँट गरेका हुन्। जिल्लाका अन्य पालिकामा पनि अझै तालमेल हुने भन्दै माओवादीले उपाध्यक्ष मात्र उठाएको छ। माओवादी केन्द्रले माछापुच्छ्रे गाउँपालिकाको उपाध्यक्षमा प्रविणा अधिकारी, रुपामा नवराज बराल र अन्नपूर्णमा धर्म… पुरा पढौ