राजनीति

पोखरा–१ को वडाध्यक्षमा माओवादीका भानुभक्त अधिकारीले दिए उम्मेदवारी

पोखरा महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भानुभक्त अधिकारीले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनबीच तालमेल नमिलेपछि एकल रुपमा चुनाव लड्ने उद्देश्यसहित अधिकारीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । पार्टीका नेता, कार्यकर्तासहित पुगेका उनले दिउँसो नाम दर्ता गराएका थिए ।त्यस्तै, माओवादीबाट सो वडाको सदस्यका लागि रुद्र लुइटेल, धनबहादुर तामाङ, महिला सदस्यमा मीना कोइराला र दलित वडा सदस्यका लागि कल्पना दमाईले उम्मेदवारी दर्ता गरेका छन् । पुरा पढौ

पोखराको उपमेयरमा ९ उम्मेदवार, नामसहित…

पोखरा, बैशाख १२ पोखराको उपमेयरका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरका लागि आइतबार ४ र सोमबार ५ जनाले उम्मेदवारी दिएका हुन् । जसमा ८ वटा पार्टी र एक स्वतन्त्रको उम्मेदवारी छ । नेपाली कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दिएकी छन् । उनले गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरुको समर्थनमा सोमबार उम्मेदवारी दिएकी हुन् । नेकपा एमालेबाट मञ्जुदेवी गुरुङले उम्मेदवारी दिएकी छन् । अघिल्लो निर्वाचनबाट उपमेयर बनेकी उनले पदबाट राजिनामा दिएर पुनः सोमबार उपमेयरकै लागि उम्मेदवारी दिएकी… पुरा पढौ

पोखराको मेयरमा २४ उम्मेदवार । नामसहित…

पोखरा, बैशाख १२ पोखरा महानगरपालिकाको मेयर पदका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । आइतबार र सोमबार गरेर दुई महिलासहित २४ जनाले मेयर पदमा उम्मेदवारी दिएका हुन् । मेयर पदमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र समर्थकमा नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह तमु छन् । नेकपा एमालेबाट कृष्णबहादुर थापाले उम्मेदवारी दिएका छन् । शुरुमा दीपक पौडेलले टिकट पाएपनि उनको सुनचोरी काण्ड सार्वजनिक भएपछि उनको ठाउँमा… पुरा पढौ

पोखराको मेयरमा दुई महिलासहित २४, उपमेयरमा ७ महिलासहित ९ जनाको उम्मेदवारी

पोखरा, बैशाख १२ पोखरा महानगरपालिकाको मेयर पदका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा ९ जनाले उम्मेदवारी दिएका छन् । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पोखराको मेयरमा २ महिलासहित २४ जनाले उम्मेदवारी दिएका हुन् । पहिलो दिन आइतबार ११ र दोश्रो दिन सोमबार १३ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । जसमा १५ वटा दल तथा ९ जना स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको छ । मेयर पदमा नेकपा एकीकृत… पुरा पढौ

आमा — बुहारी भेलाको निर्णयः अटेरी उम्मेद्वार महेशलाई जिताउने

पोखरा । पोखरा ३ का आमा — बुहारी भेलाले स्वतन्त्र ९अटेरी० उम्मेद्वार महेश उदासलाई जिताउने निर्णय लिएको छ । सोमबार बसेको भेलाले उदासलाई वडाध्यक्षमा जिताउने निर्णय गरेको हो । उदासले आइतबार वडा नम्बर ३ को वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका थिए । स्थानीय तहलाई दल रहित बनाऔं भन्ने उद्घोष सहित सुरु भएको यो अभियानमा पोखराबाट मेयर पदसहित वडाध्यक्ष र सदस्य गरि १५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । अटेरी अभियानले उम्मेद्वारी दर्ता सकाएपछि अहिले चुनाव केन्द्रित छलफलमा जुटेको अटेरीका… पुरा पढौ

पोखरामा कांग्रेसबाट ३ बागी उम्मेदवार खडा

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ३ जनाले बागी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसबाट मेयरमा उम्मेदवारी दिनेको संख्या ३ पुगेको हो । सत्तारुढ दलहरुबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागवण्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो । तर कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट थिए । कांग्रेसबाट आइतबार विमलबहादुर कार्की र सोमबार ऋषि सापकोटाले पनि मेयरमा उम्मेदवारी दिएका थिए । पुरा पढौ

रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन

पोखरा । कास्कीको रुपा गाउँपालिकामा उम्मेरद्धार परिवर्तन गरिएको छ । नेपाली कांग्रेस कार्यकर्ताले आफ्नै उम्मेदवार आनन्द सुवेदीलाई मनोनयन गर्दा गर्नबाट रोक लगाएका पछि सुवेदीलाई हटाएर अधयक्षमा गिमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई उठाउने निर्णय भएको रुपा गाउँपालिकाका प्रकाश खनालले जानकारी दिए । असन्तुष्ट पक्ष बिहानैदेखि निरन्तर नाराबाजी गरेका थिए । स्थानीय नेता कार्यकर्ताको निरन्तर अवरोधपछि अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गरिएको छ । खनाल पनि यस पटक नेपाली कांग्रेसबाट पालिका प्रमुख आकांक्षी थिए । रुपामा नेकपा एमालेबाट भने हालकै जनप्रतिनिधि… पुरा पढौ

पोखरा महानगरपालिकामा गठबन्धन र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता

कास्की । पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा अनुरुप काम… पुरा पढौ

स्थानीय तहले आफैं बनाउने भन्दै माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेन

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि अधिकांश ठूला पार्टीले तामझामका साथ घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । तर माओवादी केन्द्रले भने केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । त्यही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने माओवादी केन्द्रका नेता हरिबोेलले गजुरेल बताए । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले पनि स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने बताए ।… पुरा पढौ

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्थापितद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ । स्थानीय तह २०७९ का लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् । रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रियसभा गृहमा पुगी उनले उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुखका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै उपप्रमुखका उम्मेदवार डङ्गोलले काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा… पुरा पढौ