राजनीति

एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका उपसचिव नेकपा (माओवादी केन्द्र) मा प्रवेश

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटीका उप–सचिब नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित मालिका–३ डाँडागाउँका हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप–सचिब भुपेन्द्र नेपाली माओवादीमा प्रवेश गरेका हुन्। दरबाङमा आयोजित कार्यक्रममा केहि महिनायता नै पार्टीको राजनीतिमा सक्रिय हुनुभएका वडा अध्यक्ष पुनलाई औपचारिक रुपमा माओवादीमा स्वागत गरिएको थियो । नेपाली वडा २ रुम खबाङका युवा नेता हुन् । पुन र… पुरा पढौ

पोखरा १४ का अटेरी उम्मेद्वार कार्कीले गरे कार्ययोजनापत्र सार्वजनिक

पोखरा । पोखरा १४ बाट स्वतन्त्र ९अटेरी० उम्मेद्वारी घोषणा गरेका सुजन काकीले चुनावी कार्ययोजना सार्वजनिक गरेका छन् । चुनाव लक्षित घोषणापत्रलाई कार्ययोजना नाम दिएर स्वतन्त्र उम्मेद्वारी दिनेको समुह अटेरी अभियानले पोखरा महानगर र यो सँगै ३ वडामा उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारले कार्ययोजना सार्वजनिक गरि सकेका छन् । कार्ययोजना सार्वजनिकीकरणपछि अटेरी उम्मेद्वारी घोषणा गरेका सुजन कार्कीले वडा बनाउन केन्द्रित हुने बताए । हालको सरकारलाई राजस्व चुहावट रोक्नपट्टी ध्यानै नभएको उनको भनाई छ । वडामा निर्वाचित भएर आई सकेपछि वडामा पूराना सम्पदा… पुरा पढौ

प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवी परिचालित

काठमाडौ । नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले वैशाख ९ गते एकैदिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । परिषद्ले राष्ट्रिय कार्याशाला आयोजना गरी प्रतिबद्धतापत्र तयारीमा संयोजनका लागि हरेक पालिकाका लागि दुई–दुई जनालाई प्रशिक्षक खटाएको र प्रशिक्षणप्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए ।… पुरा पढौ

स्थानीय तह निर्वाचन: कुन पदका लागि कति धरौटी ?

स्थानीय तहको आसन्न निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ। त्यसको लागि निर्वाचन आयोगले वडा सदस्यदेखि अध्यक्ष र प्रमुख, उपप्रमुखका लागि धरौटी रकम तोकेको छ। जसमा स्थानीय तहको वडा सदस्य उठ्नेले ५ सय धरौटी बुझाउनु पर्ने हुन्छ। वडा अध्यक्षका लागि १ हजार रुपैयाँ धरौटी तोकिएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकिँदा नगर प्रमुख र उपप्रमुखको धरौटी रकम पनि १ हजार ५ सय तोकेको छ। निर्वाचन आयोगले महिला, दलित वा अल्पसंख्यक समुदायका लागि भने धरौटीमा… पुरा पढौ

पर्वतको मोदी गाउँपालिका प्रवक्ता लामिछानेले सुविधाको मोटरसाइकल फिर्ता गरे

पर्वतको मोदी ६ तिलाहारका वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता बिमल लामिछानेले गाउँ पालिकावाट सुविधाको रुपमा प्रयोग गर्दै आइरहेको मोटरसाइकल फिर्ता गरेका छन्। उनले प्रयोग गर्दै आएको ध १ प ५८३ पल्सर २२० सिसिको मोटरसाइकल गाउँ पालिकालाई फिर्ता गरेका हुन् । उनले मोदी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षत्रीलाई मंगलबार मोटरसाइकलको साँचो हस्तान्तरण गर्दै सुबिधा फिर्ता गरे। निर्वाचनको आचारसंहिता अनुसार चुनाव प्रचार प्रसारमा सरकारी सवारी प्रयोग गर्न नपाउने ब्यवस्था छ। सो ब्यबस्था बमोजिम सुबिधाको सवारी राज्यलाई फिर्ता गर्ने लामिछाने पर्वत जिल्ला… पुरा पढौ

मतदाता भन्छन्, ‘अब सडक होइन, रोजगारको आवश्यकता’

स्थानीय तहको निर्वाचन आउन अब केवल २४ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी रौनकले छोएको छ। राजनीतिक दलहरु उम्मेदवारको छनोटमा व्यस्त छन् भने छनोट भएका उम्मेदवारहरु आफ्नो पक्षमा भोट माग्न चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन्। कामको सिजन सुरु भएकाले ग्रामीण भेगका मतदाताहरु बिहानदेखि खेतबारीमा बालीनालीको काममा व्यस्त हुन्छन्। मतदाताहरुलाई घरमा नभेटेपछि भोट माग्न गाउँ पुगेका उमेदवार र राजनीतिक कार्यकर्ताहरु मतदातालाई भेट्न खेतबारीमा नै पुगिरहेका छन्। विसं २०७४ को स्थानीय तहको निर्वाचनपछि लामो समयसम्म रिक्त रहेका स्थानीय तह (साबिकका… पुरा पढौ

पोखरा–२९ मा माओवादी केन्द्रबाट पौडेललाई वडाध्यक्षको उम्मेदवार बनाउन सिफारिस

नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिका वडा नम्बर २९ को वडाध्यक्षमा रामजी पौडेललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र पोखरा २९ को पूर्ण बैठकले उम्मेदवार छान्न सचिवालयलाई जिम्मा दिएको थियो । सोहि अनुसार सचिवालयले पौडेललाई अध्यक्षको उम्मेदवार बनाउन महानगर कमिटीलाई सिफारिस गरेको सचिव विधान देउजाले जानकारी दिए । त्यस्तै, वडा सदस्यमा खुल्लामा धनबहादुर विक र मोहनसिंह गुरुङ, महिला सदस्यमा कल्पना गुरुङ, दलित महिला सदस्यमा सरव्ती परियार र अञ्जु परियारलाई उम्मेदवार बनाउन सिफारिस गरेको देउजाले जानकारी दिए । पुरा पढौ

अन्ततः पोखरा महानगरपालिका एकीकृत समाजवादीको पोल्टामा

पोखरा, बैशाख ६ पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । गठबन्धनको मंगलबार बसेको बैठकले भागवण्डा टुंगाउँदै पोखरा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको हो । यसअघि पोखरा महानगरपालिका कसले पाउने भन्नेमा विवाद थियो । पोखरा महानगरमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रलगायतले गठबन्धनबाट दाबी गर्दै आएका थिए । तर आजको निर्णयसँगै विवाद अन्त्य भएको छ । अन्ततः पोखरा महानगर एकीकृत समाजवादीको पोल्टामा परेको छ । पुरा पढौ

माओवादी केन्द्रबाट पोखरा–८ को वडाध्यक्षको उम्मेदवार बनाउन सिग्देलको नाम सिफारिस

पोखरा, बैशाख ६ नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिका वडा नम्बर ८ मा उम्मेदवार टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रले यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–८ को वडाध्यक्षसहित सदस्यहरुको उम्मेदवार बनाउन सर्वसम्मत नामावली सिफारिस गरेको हो । माओवादी केन्द्रले पोखरा–८ को वडाध्यक्षमा दामोदर सिग्देललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । त्यस्तै, सदस्यहरुमा नवीन गिरी, उत्तम कुँवर र चुनुमाया सुबेदीलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । पुरा पढौ

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताएका हुन् । “गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका छौँ, कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ, गठबन्धन अहिले तोड्नु हुँदैन, निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ,”… पुरा पढौ