राजनीति

पाइलट विजय लामाले रेणुको प्रशंसा गर्दै भने, ‘भरतपुरको विकास र उपलब्धि साँच्चै गर्व गर्नलायक छ’

काठमाण्डौं । पाइलट विजय लामाले रेणु दाहालले भरतपुर महानगरको मुहार नै फेरिदिएको बताएका छन्। सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार भएकी नेकपा (माओवादी केन्द्र) की नेता रेणु दाहालले विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गरेकाले भरतपुरको मुहार फेरिएको बताएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पाइलट लामाले विकास र समृद्धिका लागि अहोरात्र खट्ने नेताहरु नै जनताको रोजाइमा पर्नुपर्ने बताएका छन्। ‘एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट नियालिरहेको छु। जब जब भरतपुर पुग्छु, भरतपुरले… पुरा पढौ

नेपाली कांग्रेसको सङ्कल्प सार्वजनिक, नगर्ने काम नभन्ने

काठमाण्डौं । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वका एक कार्यदल नै बनाएर घोषणापत्र तयारीको काम गरेको थियो । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा धनराज गुरुङ, महामन्त्रीद्वय थापा… पुरा पढौ

म्याग्दीको मंगला पालिकाका अध्यक्ष उम्मेदवारमा माओवादीबाट टेकबहादुर बिश्वकर्मा

वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ। अध्यक्षको उम्मेदवारमा छनौट भएका मंगला गाउँपालिका–४ बुकेनी निवासी विश्वकर्मा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीको सह–सचिव समेत हुन्। जनयुद्धमा भूमिगत रहेका विश्वकर्मा म्याग्दीको दलित आन्दोलनको अगुवा नेताका रुपमा स्थापित नाम हो। माओवादी केन्द्रको पालिका कमिटीले अध्यक्षका लागि बिश्वकर्मा सहित चन्द्रप्रसाद बुढाथोकी र पुनम खड्काको नाम सिफरिस गरेको थियो। जिल्ला कमिटीमा सिफारिस भएकामध्ये विश्वकर्मा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत चयन भएका हुन्। मंगलाको… पुरा पढौ

पर्वत कुश्मा नगरपालिकाका प्रमुख र उपप्रमुखले दिए राजीनामा

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उप प्रमुख सिता काफ्लेले राजीनामा दिएका छन्। आगामी निर्वाचनमा पुनः निर्वाचन लड्ने गरी उनीहरुले राजीनामा दिएका हुन्। आयोजित पत्रकार सम्मेलनमा उनीहरुले राजीनामा दिएको बताएका हुन्। पत्रकार सम्मेलनमार्फत नगर प्रमुख जोशीले ५ वर्षे कार्यकालको उपलब्धीबारे सार्वजनिक गरेका छन्। नगर प्रमुखमा पुनः दोहोरीने ईच्छा भएका कारण जोशीले राजीनामा दिएका हुन्। उता उपप्रमुख काफ्लेले पनि नगरमा पुनः दोहोरिने ईच्छा भएको बताउदै राजीनामा दिएका हुन्। २०७४ सालको निर्वाचनमा दुबै जना नेपाली काँग्रेसबाट नगर प्रमुख र उपप्रमुख पदमा… पुरा पढौ

स्याङ्जाको अर्जुनचौपारी पनि काँग्रेसले उम्मेदवारको टुंगो लगायो

नेपाली काँग्रेसले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा पनि उम्मेदवार टुंगो लगाएको छ। आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गाउँपालिका अध्यक्ष पदको निम्ति प्रकाश तिवारी र उपाध्यक्ष पदको लागि सपना गुरुङलाई अन्तिम टुंगो लगाएको हो। तिवारी सबैभन्दा कान्छा प्रदेश सभापति समेत हुन्। नेपाली काँग्रेसको हालै भएको अधिवेशनबाट उनी गण्डकी प्रदेश क को क्षेत्रीय सभापति चयन भएका थिए।नेकपा एमालेले पनि अर्जुन चौपारी पालिकामा चिनमाया गुरुङ र टंकप्रसाद खनाललाई आसन्न निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। पुरा पढौ

एमालेले मनाङको ४ वटै पालिकामा उम्मेदवार टुंग्यायो

नेकपा (एमाले) ले मनाङमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवारको टुंगो लगाएको छ। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो। एमालेले मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घलेलाई दोहो¥याउने भएको छ। उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन्। चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने भएका छन्। उपाध्यक्षमा आशकुमारी गुरुङले टिकट पाएको छ।नासों गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ (स्वतन्त्र) उम्मेदवार बन्ने भएका छन्। यसअघि, सर्वसम्मत नेतृत्व चयन… पुरा पढौ

एमालेले पोखरा महानगरको मेयरमा पौडेल र उपमेयरमा गुरुङलाई उठाउने

पोखरा । नेकपा एमालेले स्थानिय तह निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेद्वार टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा हालकै उपमेयर मञ्जुदेबी गुरुङलाई नै उठाउने निर्णय गरेको हो । मेयरका लागि चयन भएका पौडेल पूर्व पोखरा महानगर कमिटी अध्यक्ष हुन् भने उपमेयरमा चयन भएकी गुरुङ वहालवाला उपमेयर हुन् । पुरा पढौ

गठबन्धनबाट पोखराको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय

पोखरा, बैशाख १० नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाएको छ । नेकपा एकीकृत समाजवादीको शनिबार बसेको बैठकले आचार्यलाई पोखरा महानगरको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकबाट औपचारिक रुपमा आचार्यको नाम टुंगिएपनि सार्वजनिक भने गरिएको छैन । बैठकको निर्णयबारे जानकारी दिदै नेकपा एकीकृत समाजवादीका एक पोलिटब्यूरो सदस्यले भने,‘निर्णय भइसकेको छ तर सार्वजनिक भोलि आइतबार मात्रै गर्ने भनेर गोप्य राखिएको छ ।’ उनले आचार्यको नाम गठबन्धनको बैठकले पहिले नै तय गरेकोपनि दाबी गरे । ‘पार्टीबाटै निर्णय… पुरा पढौ

राप्रपा नेपालबाट गोविन्द गुरुङ पोखराको मेयरको उम्मेदवार, उपमेयरमा चिना दवाडी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले पोखराको मेयरमा युवा नेता गोविन्द गुरुङलाई उम्मेदवार बनाएको छ । राप्रपा नेपालको आज बसेको बैठकले नेता गुरुङलाई पोखराको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपालका केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए । मेयरका उम्मेदवार बनेका गुरुङ पोखरा–१५ रामबजारबासी हुन् । उनी राप्रपा नेपालका कास्की जिल्ला सदस्य तथा पार्टी निकट राष्ट्रिय युवा मोर्चा, कास्कीका संयोजक छन् । त्यस्तै, राप्रपा नेपालले पोखराको उपमेयरमा चिना दवाडीलाई उम्मेदवार बनाएको छ । पोखरा–६ लेकसाइड निवासी दवाडीलाई पोखराको उपमेयरको उम्मेदवार बनाउने… पुरा पढौ

राप्रपाबाट पोखराको मेयरको उम्मेदवार शंकर खराल, उपमेयरमा सेन

पोखरा, बैशाख १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखराको मेयरमा शंकर खराललाई उम्मेदवार बनाउने भएको छ । राप्रपाको शनिबार बसेको बैठकले पोखराको मेयरमा खराललाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै, राप्रपाले उपमेयरमा रञ्जना सेन (रञ्जु)लाई उम्मेदवार बनाउने भएको छ । बैठकले सेनलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । पुरा पढौ