राजनीति

भूमि व्यवस्थापन सेवालाई थप सहज र पारदर्शी बनाइन्छः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । आगामी वैशाख १ गते प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिने छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागअन्तर्गतका सबै भूमि सुधार÷मालपोत कार्यालय र नापी कार्यालयले जग्गा प्रशासनका क्षेत्रमा अहिलेसम्म भए गरेका पछिल्ला सुधारका बारे सूचना तथा जानकारी उपलब्ध गराउने छ । आज आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले… पुरा पढौ

मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका छन् । एमाले विराटनगर महानगरद्वारा आज आयाजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताए । अध्यक्ष ओलीले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र… पुरा पढौ

नयाँ वर्ष राजनीतिकरूपले स्थिर, सबल र समृद्धि बनोस्: पूर्वअध्यक्ष रेग्मी

काठमाडौ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता रहेको बताए । नववर्ष–२०७९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले हामी त्यसतर्फ कति केन्द्रित भयौँ, समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । राजनीतिकरूपले असङ्गतिपूर्ण अवस्थामा पुगेकै कारण कार्यपालिका, न्यायपालिका र संसद्लगायत धेरै क्षेत्र लथालिङगतर्फ उन्मुख रहेको बताउँदै उनले स्थानीय निर्वाचनलाई प्रत्यक्ष प्रजातन्त्रको प्रारूप पनि मान्न सकिने भएकाले हाम्रा मान्छे नभई योग्य… पुरा पढौ

देशका लागि के दिन सक्छौँ भन्ने भावना जागृत हुनुपर्छ: वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताएका छन्। तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गरेका हुन् । उनले आफ्ना लागि मात्र सोच्न थालियो भने व्यवस्था बर्बादीमा जाने जिकिर गरे । उच्चस्तरीय राजनीति संयन्त्रका संयोजक समेत रहेका नेता पौडेलले राष्ट्रको स्वतन्त्रता र लोकतन्त्र बचाउने अहिलेको मुख्य आवश्यकता औँल्याए। सुन्दर सहर, सुखी… पुरा पढौ

पोखरा–१७ मा एमालेबाट वडा अध्यक्षदेखि सदस्यहरुको उमेदवार सिफारिस

पोखरा महानगरपालिका वडा नं १७ मा नेकपा एमालेबाट वडा अध्यक्ष र सदस्यहरुको नामहरु सिफारिस गरिएका छन्। नेकपा एमाले पोखरा वडा कमिटीको बैठकले वडाध्यक्षका लागि राधिका शाही, रघुनाथ भण्डारी र सुवास ढुंगानाको नाम सिफारिस गरेको छ। महिला सदस्यका लागि बिष्णु थापा भुजेल, सीता काफ्ले भण्डारी र सबिता भण्डारीको नाम सिफारिस गरेको छ। त्यसैगरि, दलित तथा उत्पीडित महिला सदस्यका लागि तारा परियार लक्ष्मी नेपाली र कोपिला दियालीको नाम सिफारिस गरेको छ। त्यस्तै, खुल्ला सदस्यका लागि भेषराज बराल, शिवराम भण्डारी, लिलाबहादुर जिसी, हरिब… पुरा पढौ

भिमादमा एमाले उम्मेदवार सिफारिस गर्न नै मतदान

नेकपा एमाले भिमादनगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेदवार छनोटका लागि मतदान गरेको छ। प्रमुख पदका लागि ८ जना आकांक्षी भएपछि भिमाद नगर कमिटीले मतदानमार्फत् २ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो। मतदानमार्फत् भिमाद नगर कमिटीका अध्यक्ष ईमानबहादुर थापा र दधिराज सुवेदी प्रमुख पदका उम्मेदवारका लागि सिफारिस भएका छन्। थापाले ५७ र सुवेदीले ५८ मत प्राप्त गरेका छन्। वर्तमान नगरप्रमुख मेखबहादुर थापाले ३६ मत प्राप्त गरे। यसैगरी, उपप्रमुखमा शारदा खनाल, नारायणी गैह्रे र चन्द्रावती श्रेष्ठ सिफारिस भएका… पुरा पढौ

तनहुँ घिरिङको एमालेबाट अध्यक्षमा राना र थापा, उपाध्यक्षमा ३ उमेदवार सिफारिस

नेकपा एमालेबाट तनहुँको घिरिङ गाउँपालिका अध्यक्षमा उमेदवार बन्नको लागि २ जना सिफारिस गरेको छ। घिरिङ गाउपालिका हालका अध्यक्ष रनबहादुर राना र नेकपा एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापा गाउँपालिका अध्यक्ष पदको लागि उमेदवारीमा सिफारिस भएका हुन। गाउकमिटी सदस्यहरुको मतदानबाट २ जना अगाडि आएका हुन। यसैगरि, उपाध्यक्ष पदको लागि शुकुमाया श्रेष्ठ, दुर्गामाया थापा र राधादेवी अधिकारी सिफारिस भएका छन।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले घिरिङबाट अध्यक्षमा ६ जना र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो। पुरा पढौ

तनहुँका सबै पालिकाको वडाहरुमा चुनावी तालमेल गर्ने गठबन्धन घोषणा

तनहुँका दलहरुले सबै पालिकाका वडा तहसम्मै गठबन्धन गरेर चुनावी तालमेल गर्ने घोषणा गरेका छन्। जिल्लामा क्रियाशील नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जनता समाजवादीको संयुक्त बैठकले जिल्लामा तालमेल गर्ने निर्णय गरेको हो। संयुक्त बैठकले औचित्यपूर्ण र विश्वासिलो गठबन्धन बनाएर अघि बढ्ने निर्णय गरेको हो। बैठकमा सबै दलले आफूले टिकट पाउने गरी तथ्यगत आधार र प्रस्ताव राखेको भन्दै उनले यसलाई अघि बढाउने सहमति भएको हो। पुरा पढौ

कास्की रुपामा एमालेको अध्यक्षमा ओझा र उपाध्यक्षमा गुरुङ सिफारिस

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कास्कीको रुपा गाउँपालिका अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङलाई सिफारिस गरेको छ। एमाले रुपाले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उमेदवार दोहोराउने निर्णय गरेको हो। मंगलबार बसेको रुपा गाउँपालिका कमिटीको बैठकले वर्तमान अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुंगलाई पुनः उम्मेदवार बनाउने भएको हो। बैठकले ओझा र गुरुङलाई अध्यक्ष र उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरी जिल्ला कमिटीमा नाम सिफारिससमेत गरिसकेको छ। २०७४ को चुनावमा गाउँपालिका अध्यक्षमा एमालेका नवराज ओझा र उपाध्यक्षमा एमालेकै लालसुब्बा… पुरा पढौ

माओवादीबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा भण्डारी र उपाध्यक्षमा अधिकारी सिफारिस

पोखरा । आसन्न स्थानिय निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको टुंगो लगाएको छ । आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नवराज भण्डारी र उपाध्यक्षमा प्रविणा अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । मंगलबार बसेको गाउँपालिका कमिटीको बैठकले सर्वसम्मत रुपमा अध्यक्षमा भण्डारी र उपाध्यक्षमा अधिकारीलाई उम्मेद्वारका रुपमा सिफारिस गर्ने निर्णय गरेको गाउँपालिका कमिटीका अध्यक्ष बैकुण्ठ भडारीले जानकारी दिए । उनका अनुसार ९ वडा रहेको पालिकाको अधिकांस वडाको उम्मेदवार… पुरा पढौ