राजनीति

गण्डकीका सांसद कोइराला माओवादीबाट मेयरमा सिफारिस

नेकपा माओवादी केन्द्रले आशा कोइरालालाई तनहुँको शुक्लागण्डकीको मेयरको उमेदवार बनाउने भएको छ। पूर्वमन्त्री एवं गण्डकी प्रदेशका सांसद समेत रहेकी कोइरालाको नाम शनिबार बसेको पार्टीको नगर कमिटी बैठकले सिफारिस गरिएको हो। कोइरालाले पार्टी पंक्तिको आग्रहअनुसार आफू मेयरमा उठ्न तयार रहेको बताइन्। पुरा पढौ

वैशाख १८ मा पोखरा–२४ का उमेवारबीच प्रतिबद्धता आउँदै

पोखरा महानगरपालिका वडा नं २४ मा स्थानीय निर्वाचनमा उमेवारी घोषणा गर्ने व्यक्तिले आफ्ना योजना र प्रतिबद्धता सहितको प्रस्तुतिकरण दिनुपर्ने भएको छ। शनिबार हाम्रो कास्कीकोट युवा संजालले वडा सभा हलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका क्रममा उक्त विषयको जानकारी गराइएको हो। स्थानीय राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको उक्त कार्यक्रममा आगामी स्थानीय निर्वाचनमार्फत असल, सक्षम र जिम्मेवार नेतृत्व चयन गर्न संस्थाद्वारा यही वैशाख १८ गते प्रस्तुतिकरण कार्यक्रम आयोजना गर्न लागिएको बताइएको थियो। उक्त प्रस्तुतिकरण कार्यक्रममा वडा अध्यक्ष पदका उमेदवार र महानगरका मेयर… पुरा पढौ

कांग्रेसबाट पोखरा १२ काे वडा अध्यक्षमा बास्तोला सर्वसम्मत सिफारिस

पोखरा । नेपाली कांग्रेस पोखरा १२ को बैठकले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा सन्तोष बास्तोलालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । वडा अध्यक्षमा दावी गरेका नेपाली कांग्रेस कास्की क्षेत्र न एक ख का सभापति कृष्ण कोइरला पुर्व वडा सभापति राधेश्याम कोइरला तथा पुर्व वडा सदस्य बल वहादुर कार्कीले दावेदारी छोडिदिए पछि बास्तोला पोखरा १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार भएका हुन् । सर्वसम्मत नेपाली काँग्रेसको तर्फबाट… पुरा पढौ

कांग्रेसले निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्छ : महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएका छन् । नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताए । “संविधानरक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्छ, आगामी स्थानीय तहको निर्वाचनपछि कांग्रेस मुलुकको पहिलो शक्तिका रूपमा उदाउँछ”, उनले भने । उनले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट… पुरा पढौ

कास्कीमा विप्लव नेकपाको समानान्तर कमिटी गठन

पोखरा । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीमा समानान्तर कमिटी गठन भएको छ । पार्टी केन्द्रको १२ औं पुर्ण बैठकले संगठनात्मक निर्णयमा सेक्रेटरी गोकुल पराजुली बिस्वासलाई हटाएर कार्यलय सचिव काजि गुरुङ्गलाई सेक्रेटरी बनाएपछि कास्की जिल्लाका बहु सदस्यीय जिल्ला सदस्यले निर्णय उल्टाउन माग गर्दै बिप्लवलाई हस्ताक्षर सहित पत्र पठाउँदा समेत सुनुवाई नभएको भन्दै सेक्रेटरी बिस्वास सहितको टिमले समानान्तर कमिटी गठन गरेको हो । जिल्ला इन्चार्ज उमा भुजेल शिलुले विधि विधान नै मिचेर आँफुखुसी निर्णय गर्दै आफ्नो मातहतको सेक्रेटरी… पुरा पढौ

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दैछ। स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उमेदवार टुंग्याउन बैठक बस्ने भएको हो। दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी र सदस्यलाई बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा सभापति, पदाधिकारी र शीर्ष नेताहरू सम्मिलित रहन्छन्। काँग्रेस स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धनसँग सहकार्य गर्ने तयारीमा छ। तर, गठबन्धनबाट कसलाई उमेदवार बनाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन। पुरा पढौ

एमालेबाट पोखराको मेयरका आकांक्षी १२ जनाकै नाम सिफारिस

पोखरा । पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवारका आकांक्षी सबैको नाम सिफारिस गरेको छ । मतदानबाट उम्मेदवार छान्न प्रक्रिया शुरु भएपनि अन्तिममा नेकपा एमाले महानगर कमिटीको बैठकले मेयर तथा उपमेयरका सबै आकांक्षीको नाम माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय भएको हो । यसअघि एमाले महानगर कमिटीले उम्मेदवार छान्न निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो । जस अन्तर्गत विहान उम्मेदवारी दर्ता गरिएको थियो । जसमा यसअघि उम्मेदवारीका लागि रसिद काटेका १२ जनाले मेयर तथा ९ जनाले उपमेयरका लागि उम्मेदवारी दर्ता गरेका थिए ।… पुरा पढौ

निर्वाचनमा तालमेलको कुरा चलेको छैनः अध्यक्ष लिङ्देन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए । यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उनले बताए । शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए । फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु पार्टीबाट बाहिरिएको बताए… पुरा पढौ

जनमत पार्टीको माग सम्बोधन गर्न सरकार सकारात्मक

काठमाडौ । जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको छ । गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँणले उक्त प्रतिक्रिया दिएका हुन् । भेटमा मन्त्री खाँणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए । उनले जनमत पार्टीलाई मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन भागलिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताए । मन्त्री खाँणले सबै राजनीति दलले आफ्नो दलको… पुरा पढौ

पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र आज मतदान हुँदै

पोखरा महानगरपालिकाको मेयरको उमेदवार सिफारिस गर्न नेकपा एमालेको महानगरपालिका कमिटीभित्र आन्तरिक निर्वाचन हुँदै छ। पोखराको शान्ति वनस्थित कास्की जिल्ला पार्टी कार्यालयमा आज (शुक्रबार) बिहान निर्वाचनका लागि नेकपा पोखरा महानगर कमिटीको सदस्यहरु तयारी अवस्थामा छन्। मेयर र उपमेयर छान्न हिँजै (बिहीबार) निर्वाचन तालिका समेत सार्वजनिक गरिसकेको छ। निर्वाचन कमिटीले बिहीबार तोकेको निर्वाचनको समयतालिकामा भने प्राविधक कारण ढिला हुन गएको नेकपा एमाले पोखरा महानगर कमिटी ईञ्चार्ज दिलिप न्यौपानेले जानकारी दिएका छन्। निर्वाचन कमिटीले शुक्रबार बनाएको नयाँ निर्वाचन तालिकाअनुसार अहिले बिहान ९ बजेदेखि… पुरा पढौ