राजनीति

एमाले पोखरा–२० को वडाअध्यक्ष उमेदवारमा केसी चयन

आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनको लागि पोखरा वडा नं २० मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा गंगाबहादुर केसी सर्वसम्मत उमेदवार चयन भएका छन्। त्यस्तै, खुल्ला सदस्यको उमेदवारमा उत्तम गुरुङ र गन्जमान गुरुङ, खुल्ला महिला सदस्यमा मिना पौडेल र दलित महिला सदस्यमा रुपा नेपाली चयन भएका छन्। पुरा पढौ

एमाले पोखरा २७ बाट लामिछाने सर्वसम्मत सिफारिस

पोखरा । आगामी स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेबाट पोखरा २७ को अध्यक्षका लागि सुर्यमणी लामिछाने सर्वसम्मत सिफारिस भएका छन् । आइतबार बसेको एमाले पोखरा २७ को वडा कमिटी बैठकले लामिछानेलाई वडाध्यक्षमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । यस्तै बैठकले महिला सदस्यमा बुद्विमाया थापा मगर, दलित महिला सदस्यमा उमा परियार, खुल्ला सदस्यतफ प्रकाश देवकोटा र तारानाथ दवाडीको नाम सिफारिस गरेको छ । पुरा पढौ

एमाले फेदीखोला ४ बाट माधव शर्मा सुबेदी सर्वसम्मत सिफारिस

स्याङ्जा । आगामी स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेबाट स्याङ्जाको फेदीखोला गाउँपालिका – ४ को वडा अध्यक्षमा माधव प्रसाद शर्मा सुबेदी सर्वसम्मत सिफारिस भएका छन् । आइतबार बसेको फेदीखोला ४ को वडा कमिटी बैठकले वर्तमान वडाध्यक्ष समेत रहेका सुबेदीलाई अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै भेलाले महिला सदस्यमा ज्ञानुमाया पौडेल , दलित महिला सदस्यमा राज कुमारी नेपाली , खुल्ला सदस्य तर्फ मेघनाथ पौडेल र रुद्र बहादुर गुरुङलाई सर्वसम्मत चयन गरेको एमाले फेदीखोलाले जनाएको छ । पुरा पढौ

एमाले फेदीखोला ५ मा चेतन शर्मा सिफारिस

स्याङ्जा । नेकपा एमाले फेदीखोला गाउँपालिाका स्याङ्जाले वडा नम्वर ५ को आगामी स्थानिय तह निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ । आइतबार बसेको बसेको फेदीखोला ५ वडा कमिटीको भेलाले वडाध्यक्षमा चेतन शर्मालाई सिफारिस गरेको छ । यस्तै भेलाले महिला सदस्यमा युग कुमारी लामिछाने, दलित महिला सदस्य पदमा कौशिला परियार, खुल्ला सदस्यमा नन्द बहादुर गुरुङ र पदम बहादुर क्षेत्रीलाई सर्वसहमत उमेदवार चयन गरेको वडा इञ्चार्ज एवम् नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी स्याङ्जाका सदस्य देउकुमारी गुरुङ चिजाले जानकारी दिइन् । ५… पुरा पढौ

एमालेबाट पोखरा १८ अध्यक्षमा पुष्कलबहादुर थापाको नाम सिफारिस

पोखरा । नेकपा एमाले पोखरा १८ ले आगामी स्थानिय तह निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ । शनिबार बसेको पोखरा १८ वडा कमिटीको भेलाले वडाध्यक्षमा पुष्कलबहादुर थापाको नाम सिफारिस गरेको हो । यस्तै भेलाले महिला सदस्यमा कल्पना ढकाल, दलित महिला सदस्यमा मीना नेपाली, खुला सदस्यमा नवराज सुवेदी र रमेश थापालाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले वडा इन्चार्ज रणबहादुर थापाले जानकारी दिए । ५ उम्मेदवारमध्ये ३/३ जनाको नाम सिफारिस गर्न सकिने भए पनि १/१ जनाको नाममात्रै सर्वसम्मत रुपमा भेलाले जिल्ला कमिटीलाई… पुरा पढौ

एमालेबाट पोखरा १३ को अध्यक्षमा बसन्त बराल सिफारिस

पोखरा । आगामी स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेबाट पोखरा १३ को अध्यक्षमा बसन्त बराल (राजु) सिफारिस भएका छन् । नेकपा एमालेको पोखरा १३ वडा कमिटीको भेलाले बसन्त बराल (राजु) लाई वडाध्यक्षका लागि सिफारिस गरेको पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए । यस्तै भेलाले महिला सदस्यमा कृष्ण कुमारी गुुरुङ, दलित महिला सदस्यमा कमला विक, खुला सदस्यमा निलकण्ठ सिग्देल र अमजत अलिमयिालाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले कास्कीका उपसचिव समेत रहेका दर्शन लामाले जानकारी दिए । वडाका ५… पुरा पढौ

वडा सदस्य बराल एमाले छाडेर नेकपा एसमा प्रवेश

पोखरा, चैत २७ पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा सदस्य पुष्पराज बराल नेकपा एसमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित बराल आइतबार नेकपा एसमा प्रवेश गरेका हुन् । नेकपा एसका युवा नेता पूर्ण लामाले बरालको नेकपा एसको पार्टी सदस्यता लिएको रसिद सामाजिक सञ्जाल फेसवुकमार्फत सार्वजनिक गरेका छन् । बराल नेकपा एसमा प्रवेश भएसँगै नेकपा एसकोपनि पोखरा महानगरमा जनप्रतिनिधि भएको छ । यसअघी नेकपा एसको महानगरमा जनप्रतिनिधि शून्य थियो । पुरा पढौ

व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन सभामुखको आग्रह

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता र राष्ट्रलाई केन्द्रमा राखेर व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका हुन । जलवायु परिवर्तनले खडा गरेको व्यवधानलाई पनि सहन गर्दै नयाँ सोच र व्यवहारका साथ अगाडि बढेमात्रै अर्थतन्त्रका आयाम विस्तार तथा विकास गर्नुपर्ने सभामुख सापकोटाको भनाइ थियो । सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने सवाल गहन विषय भएकाले… पुरा पढौ

पोखराको मेयरमा श्रीनाथ बरालकोपनि उम्मेदवार बन्ने चाहना

पोखरा २७, चैत विगत करिब ४० बर्ष देखि लोकतन्त्र, समाजबादको निम्ति राजनीति र समाज सेवामा समर्पित व्यत्तित्व श्रीनाथ बराल पोखरा महानगरपालिकाको मेयरको आकांक्षा व्यक्त गरेका छन् । पोखरा १३, (आर्वा) निवासी बुबा स्व.प्रेम नारायण बराल, आमा स्व.गौरी बरालका कान्छो छोराको रुपमा रहेका ५५ बर्षीय बराल पोखराको समग्र विकास र समृद्धिसंगै पोखरेली जनताको जनजिविकामा समेत परिवर्तन ल्याउन पर्छ भन्ने हुटहुटिले मेयरको रुपमा आफु आउन खोजेको उनले बताए ।नेकपा (एकिकृत साजबादी) को पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश कमिटिको उपाध्यक्ष रहनु भएको बरालले… पुरा पढौ

बजारको हल्लाजस्तो अर्थतन्त्र धरासायी भएको छैन : मन्त्री झाँक्री

काठमाण्डौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धरासायी नभएको बताएकी छन् । विद्युतीय व्यवसायी सङ्घको १२ औँ वार्षिक साधारणसभामा उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको स्पष्ट पारिन् । मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको त्यसो नगर्न आग्रह गरिन् । उनले भनिन्, “बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धरासायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन ।” सरकारका गम्भीर तथ्याङ्क… पुरा पढौ