राजनीति

कम्युनिष्टमुक्त कांग्रेस बनाउन शर्माको अपिल

पुस २७ नेपाली कांग्रेस गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले कम्युनिष्टमुक्त कांग्रेस बनाउन अपिल गरेका छन् । हिन्दू राज्य र संवैधानिक राजसंस्थाको वकालत गर्दै आएका गण्डकी सभापती शर्माले कम्युनिष्टको एजेण्डा बोक्ने कांग्रेस सुध्रिनुपर्ने बताए । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले कांग्रेसको विरासत फर्काउनुपर्नेमा जोड दिएका हुन् । कांग्रेस सुधारका लागि विरासतमा फर्कनु पर्छ,उनले भने,ुआफ्नो बिरासत बिर्सिएर कम्युनिस्टहरूको पछि लाग्दासम्म कांग्रेस सुध्रिदैन र मुलुक पनि बन्दैन । उनले कांग्रेसले अहिले कम्युनिस्टको मुद्दा बोकेर हिँडिरहेको आरोप लगाए । कम्युनिस्टसँग… पुरा पढौ

कांग्रेस विशेष महाधिवेशन सुरु

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरे । यही पुस २८ गतेसम्म आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका थिए । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा बृहत् मञ्चको व्यवस्था गरिएको छ भने मञ्च अगाडि हजारौँ सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । मञ्च वरिपरि… पुरा पढौ

विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्छस् प्रदेश प्रमुख भट्ट

पोखरा, २५ पुस गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्याणः तेस्रो संस्करण’ कार्यक्रममा प्रमुख अतिथि भट्टले सक्षम युवा जनशक्ति तयार पार्न शैक्षिक संस्थाले गुणस्तरीय, व्यवहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो । ‘विज्ञान तथा प्रविधि अन्तर्गतको इञ्जिनियरिङ शिक्षाको महत्व विश्वभर नै उच्च छ । क्षमतावान प्राविधिकहरुको माग… पुरा पढौ

पोखरा-३३ का वडाध्यक्षले गरे आन्दोलनकारी माथि खुकुरी प्रहारको प्रयास

सन्देश श्रेष्ठपोखरा, पुस २५ पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले प्रदर्शनकारी माथि खुकुरी प्रहार गर्ने प्रयास गरेका छन् । पोखरा–३३ स्थित पुँडीटारमा प्रस्तावित ल्याण्डफिल साईडको विरोधमा वडा कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका प्रदर्शनकारीलाई उनले खुकुरी प्रहारको प्रयास गरेका हुन् । पोखरा महानगरपालिकाले पुँडीटारमा ल्याण्डफिल साईड बनाउने भनेदेखि नै त्यहाँका स्थानिय विरोधमा छन् । बारम्बार आवाज उठाउँदा पनि अटेर गरेपछि उनीहरु शुक्रबार वडा कार्यालय घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले गेटमा ताला लगाएर प्रदर्शन गरिरहेका थिए ।… पुरा पढौ

जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसङ्गठनहरुलाई सक्रिय हुन निर्देशन दिएका छन् । एमालेको केन्द्रीय कार्यालयमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसङ्गठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने बताए । संसद् पुनःस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार र प्राप्त उपलब्धिको रक्षाका रुपमा लिइएको उनको भनाइ थियो ।बैठकमा सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीका पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिइएको छ । पार्टीको ‘सर्कुलर’अनुसार सबै जनसङ्गठनहरू परिचालित भई युवासहित… पुरा पढौ

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए । सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उनले आग्रह गरे । जेनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए… पुरा पढौ

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज काठमाण्डौंमा आयोजना भएको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताएका हुन् । “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहिनतालाई प्रश्रय दिँईदैन,”गृहमन्त्री अर्यालले भने । उनले निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल… पुरा पढौ

रास्वपा सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भएको छ । राप्रपाद्वारा यही पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन हात्तीगौडास्थित लामिछाने निवास पुगेका हुन् । सभापति लामिछानेले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त जनाएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो अवसरमा दुई पार्टीका अध्यक्षबीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए । मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति,… पुरा पढौ

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । उनले भने, “निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरुप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुनेछ ।” एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको… पुरा पढौ

गण्डकीमा कांग्रेस एमालेको गठबन्धनको जित सुनिश्चित

सन्देश श्रेष्ठपोखरा, पुस २३ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । गण्डकी प्रदेशमा दुई सदस्यका लागि हुन लागेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट २ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट २जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । गण्डकी प्रदेशमा पुरुष र महिलातर्फ एक÷एक जनाको सिट खाली छ । दुबैतर्फ तीन÷तीन जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जनाएको छ । देशैभर कांग्रेस र एमालेबीच गठबन्धन भए अनुसार गण्डकीमा… पुरा पढौ