राजनीति

गण्डकी प्रदेश सरकारकाे सय दिन पूरा, मुख्यमन्त्री भन्छन्-‘नियमित काम नै सरकारको उपलब्धी’

पोखरा । गण्डकी प्रदेश सरकारले आफ्नो एक सय दिन पूरा गरेको छ । गत जेठ २९ गते नेपाली कांग्रेसको नेतृत्वमा बामपन्थी प्रजातान्त्रिक गठबन्धनको सरकार बनेको थियो । एमाले सरकार ढालेर बनेको यो सरकारले आईतबार एक सय दिन पूरा गरेको हो । ‘हनिमून पिरियड’को रुपमा हेरिने सय दिनमा सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनैपनि कार्य गरेको छैन । तर गण्डकी प्रदेश सरकारले भने सरकारको नियमित कामलाई नै सरकारको उपलब्धीको रुपमा ब्याख्या गरेको छ । गण्डकी प्रदेश सरकारले सोमबार पत्रकार सम्मेलन गरि नियमित… पुरा पढौ

स्वर्गिय सुनारको सातौं दिनको पून्य तिथिमा कांग्रेस वडा नम्बर ६ द्वारा श्रद्धाञ्जली सभा आयोजना

नेपाली कांग्रेसले क्रियाशिल सदस्य देवबहादुर सुनार (राजेश)को निधन भएकोमा दुःख व्यक्त गरेको छ । कांग्रेस नेपालीकाग्रेस वडा इकाई ६ बैदामले सुनारको निधन भएको सातौं दिन सोमबार श्रद्धाञ्जली सभा आयोजना गरेर श्रद्धाञ्जली व्यक्त गरेको हो ।श्रद्धाञ्जली सभामा बोल्दै गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार मन्त्री कुमार खड्काले सुनारको निधनले कांग्रेसले एक असल योद्धा गुमाएको बताए । उनले साजिक क्षेत्रमा सुनारले गरेको योगदानलाई काँग्रेसले मात्र नभएर सारा बैदामबासीले स्मंरण गर्नु पर्ने बताए ।पोखरा महानगर पालिका वडा न ६ बैदामकाअध्यक्ष जगत बहादुर पहारीले सुनार… पुरा पढौ

सभामुख पक्षपाती बनेको एमाले नेता खगराज अधिकारीको आरोप

नेकपा एमालेका नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख पक्षपाती बनेको आरोप लगाउनु भएको छ । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्वर ३१ को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता अधिकारीले सभामुख सबैको साझा बन्न सक्नु पर्नेमा कुनै दल बिशेषको नेता जस्तो बनेर पक्षपाती ब्यवाहार गर्नु दुखद भएको आरोप लगाउनु भएको हो । नेता अधिकारीले भन्नुभयो “जसपाले सरिता गिरीलाई कार्वाही गर्दा र नेकपा माओवादी केन्द्रले लेखराज भट्ट, टोप बहादुर रायमाझिहरुलाई कार्वाही गर्दा सभामुखले २४ घण्टा भित्रै निर्णय गरेको तर एमालेले… पुरा पढौ

कांग्रेसकाे व्यास नगर सभापतिमा नौ जना आकाङ्क्षी

तनहुँ । वडा तहको अधिवेशन पछि नेपाली कांग्रेस अब स्थानीय तहको अधिवेशनमा जुटेको छ । कांग्रेसले आगामी असोज ९ गते देशभरका स्थानीय तहको अधिवेशनको मिति तोकेको छ । यसअघि भदौ २७ गते पालिकाको अधिवेशन हुने भनिए पनि अन्तिम समयमा आएर मिति परिवर्तन भएको थियो । पालिकाको अधिवेशन नजिकिएसँगै स्थानीय राजनीति पनि तात्न थालेको छ । यतिबेला तनहुँका चिया पसल र चोक चोकमा ब्यास नगर समितिको अधिवेशनको चर्चा चल्न थालेको छ । वडाको अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले स्थानीय… पुरा पढौ

नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगर पार्टी कार्यालय स्थापना

नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश, कास्की जिल्ला र महानगर पार्टी कार्यालय स्थापना गरिएको छ । पोखराको जाल्पारोडमा दुई तला भवन भाडामा लिएर नेकपा एकीकृत समाजवादीले प्रदेश, जिल्ला र पोखरा महानगर कमिटीको कार्यालय स्थापना गरेको हो । कार्यालयको पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले आईतबार उद्घाटन गरे । पार्टीका बृहद कार्यकर्ताको उपस्थितिमा अध्यक्ष नेपालले पार्टी र नेपालको झण्डासमेत झण्डोत्तलन गरेका थिए । नेकपा एकीकृत समाजवादीले पहिलो तलामा कास्की जिल्ला र पोखरा महानगर कमिटीको कार्यालय स्थापना गरेको छ भने दोश्रो तलामा प्रदेश कार्यालय… पुरा पढौ

केपी ओलीका कारण एमाले हुँ भन्दापनि नाक, मुख खुम्च्याउने स्थिति आयो : नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको नाम लिँदापनि नाक, मुख खुम्च्याउने स्थिति आएको बताएका छन् । नेकपा समाजवादी पार्टी कास्कीले संविधान दिवसको अवसरमा आईतबार पोखरामा आयोजना गरेको ‘लोकतन्त्र एवम् संविधान रक्षाको निम्ति पार्टीको भूमिका’ विषयक बिचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले केपी शर्मा ओलीका कारण एमाले हुँ भन्दापनि नाक, मुख खुम्च्याउने स्थिति आएको आरोप लगाएका हुन् । पूर्व एमालेको महासचिव भएर १५ वर्ष पार्टीको नेतृत्व गरेका नेता नेपालले… पुरा पढौ

गण्डकी प्रदेशमा मनाइयो संविधान दिवस

गण्डकी प्रदेश सरकारले विविध कार्यक्रम गरी संविधान दिवस मनाएको छ । प्रदेश मुल समारोह समितिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमै आइतबार विषेश समारोह गरेको छ । यसअघि मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीले वृहत अन्तक्रिया गरेको छ ।आइतबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए । उनले भने, ‘यस संविधान अन्तर्गत नेपालको… पुरा पढौ

अनेरास्वविय गण्डकी प्रदेश, संयोजकमा पौडेल

नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले संगठनको गण्डकी प्रदेश कमिटीको संयोजकमा प्रकाश पौडेललाई जिम्मेवारी दिएको छ। शनिवार सम्पन्न केन्द्रीय सचिबालयको पूर्ण बैठकले गण्डकीको संयोजकको जिम्मेवारी पौडेललाई तोकेको हो। अनेरास्ववियु म्याग्दीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सचिबालय सदस्य पौडेललाई स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजकको जिम्मेवारी दिएको हो। प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेसंँगै पौडेलले ‘बिपत्तिमा सेवा अनि बिभेदमा बिद्रोह, त्यसैको जगमा बलियो संगठन’ निर्माण गर्ने बताएका छन्। उनले प्रदेशमा संगठनको कामलाई थप गतिशिल बनाउन सक्रिय रहने बताए।अनेरास्ववियुको ३ कार्यकाल जिल्ला… पुरा पढौ

नेविसंघ पीएन क्याम्पस कमिटिद्वारा क्याम्पसमा बीपी पार्क घोषणा, सरसफाइ र वृक्षारोपण

पाेखरा । नेविसंघ पृथ्वीनारायण क्याम्पस कमिटिले क्याम्पस परिसरमा बीपी पार्क घाेषणा, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ । नेपाली कांग्रेसका सर्वाेच्च नेता तथा नेपाली राजनीतिका लौह पुरुष स्वर्गीय गणेशमान सिंहको २५ औं स्मृती दिवस पारी शुक्रबार उक्त कार्यक्रम गरिएकाे हाे । प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बीपी काेइरालालाई सम्मान गर्दै सम्पूर्ण सहिदहरुको सम्झना स्वरुप नेविसंघले बीपी पार्क घाेषणा गरेकाे हाे । साथै, उक्त पार्कमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरी तमाम सहिदहरुप्रति श्रद्धासुमन अर्पण गरेको नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई… पुरा पढौ

संविधानलाई बन्दकी राखेर ल्याइने कुनैपनि देशको अनुदान वाईसिएललाई स्वीकार्य हुँदैन : देवकोटा

एकीकृत नेकपा माओवादी निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटा (अब्दुल)ले सरकारको पछिल्लो हर्कतले आफूहरुलाई झस्काएको बताएका छन् । प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले तानाशाह केपी शर्मा ओलीलाई ढालेर आएको वर्तमान सरकारको दल फुटाउने अध्यादेश र एमसिसीका विषयमा भइरहेको षडयन्त्रले आफूहरुलाई झस्काएको बताएका हुन् । वाईसिएलका लागि देशको राष्ट्रिय अखण्डता, स्वाधिनता, सार्वभौमसत्ता र संविधान सबैभन्दा माथि भएको बताउँदै उनले भने,‘एमसिसी आउँदैमा सबैकुरा बिग्रिहाल्छ, भत्किहाल्छ, सिद्धहाल्छ भन्ने पक्षमा वाईसिएल छैन, तर… पुरा पढौ