राजनीति

एमालेले निरन्तर सदन अवराेध गरेपछि सभामुखले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका छन् । सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आज पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा… पुरा पढौ

वाईसिएल पोखरा १३ को अध्यक्षमा हर्मेल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जनवर्गीय संगठन योङ कम्युनिष्ट लिग वाईसिएल नेपाल पोखरा १३ को कमिटीको अध्यक्षमा प्रविण हर्मेल चयन भएका छन् । यस्तै कमिटीको उपाध्यक्षमा महेश थापा, सचिवमा रोशन बराल, कोषाध्यक्षमा सुनिता घोताने, सहसचिवमा सूर्यराज तिमिल्सिना चयन चएन भएका छन् । भेलाले २९ जनाको कमिटी गठन गरेको सचिव रोशन बरालले जानकारी दिए । पुरा पढौ

थर्क सेनद्वारा एनआरएनएको उपाध्यक्षमा उमेद्वारी घोषणा,

लामो समयदेखि गैरआवसिय नेपाली संघ एनआरएनएमा सक्रिय रहेका थर्क सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएमा रोड सेप्टी कमिटी संयोजक भएर काम गरिरहेका सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै आफ्ना योजना र एजेण्डाबारे पनि गैर आवसीय नेपालीलाई बुझाइरहेका छन् ।पूर्व बेलायत सैनिक थर्क सेनले स्पष्ट योजना, अग्रजको अनुभव, युवाको ऊर्जा, प्रविधिको प्रयोग र कुशल नेतृत्वको अध्यासले धेरै क्षेत्रमा फड्को मार्न सकिने बताउँछन् । ‘मेरो योजना, ज्ञान, अनुभव, ऊर्जा संस्थागत हितमा लगाउन चाहान्छु,’ सेनले भने ।उच्चतम प्रविधिको प्रयोगले नेपालका धेरै क्षेत्रमा… पुरा पढौ

बिपीलाई माल्यार्पण गरेर ज्योती हमालले गरिन् महानगर सभापतिमा उम्मेदवारी दर्ता

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरको सभापतिको उम्मेदवार ज्योती हमालले जिरोमा भेला भई जिरो हुँदै सभागृहचोक हुँदैं बिपी चोकमा गई बिपीको सालिकलाई माल्यारोपण गरी आर्शिबाद लिई आफ्नो मनोनयन दर्ता गराएकी छन् । हमालले कांग्रेसले बिपीले नेपालीहरुको सपना साकार बनाउन स्थापना गरेको कांग्रेसमा अहिले उनको नितीलाई छोड्दै गएका कारण कांग्रेस अहिले कमजोर बन्दै गएको र युवा महिलालाई समेट्न नसकेको कारणले उम्मेदवारी दिएको बताइन् । समाजबाद, प्रजातन्त्र र राष्ट्रियताको उदेश्य पूरा गर्न अब सबै महामानब बिपी कोईराला गुटमा आउनुपर्ने हमालको जोड छ… पुरा पढौ

नेकपा एकीकृत समाजवादी स्याङ्जाले असोज मसान्तसम्ममा गाउँ,नगर र वडा कमिटी गठन गरिसक्ने

नेकपा एमाले पुनर्गठन भएर बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी स्याङ्जाले असोज मसान्तसम्ममा गाउँ, नगर र वडा कमिटी गठन गरिसक्ने भएको छ । एमालेमा हुँदा बनेको एमाले स्याङ्जा जिल्ला समानान्तर कमिटीबाट नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला कमिटीमा रुपान्तर भएपछि बसेको पहिलो बैठकले आगामी असोज मसान्त भित्र जिल्लाका सबै गाउँपालिका, नगरपालिका र वडाहरुमा कमिटी गठन तथा गठन गरिएका वडाहरुलाई पूर्णता दिइसक्ने निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य चुडामणी जङ्गलीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न बिस्तारित बैठकले स्थानीय तह र… पुरा पढौ

प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको स्तरोन्नतीका लागि सहयोग गर्छौं : अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको एक मात्र सामुुदायिक अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालको आवश्यकता पुरा गर्न सहयोग गर्ने बताएका छन्। पोखरा–३० मोहोरियामा रहेको उक्त अस्पतालाको शुक्रबार अनुगमन तथा निरिक्षण गर्दै मन्त्री बरालले प्रदेशको अस्पतालाई साधन सम्पन्न सहित अस्पतालको आवश्यकता पुरा गर्न सहयोग गर्ने बताएका हुन्।आवश्यकताको आधारमा अस्पतालको भौतिक पूर्वाधार सहितको स्वास्थ्य सामाग्रि उपलब्ध गराउन प्रदेश सरकारले पहिलो प्रथामिकता राखेर सहयोेग गर्नै पर्ने मन्त्री बरालको भनाई थियो । प्रदेशका जनतालाई स्वस्थ्य राख्न र सरुवा रोगहरुबाट बच्न… पुरा पढौ

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन

काठमाण्डौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो । पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भएकामध्ये सबै ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी २० जिल्लाको क्रियाशील सदस्यता नामावली समितिलाई हालसम्म प्राप्त हुन नसकेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । संशोधित कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा… पुरा पढौ

एमसिसी सम्झौताबारे प्रधानमन्त्री र सुमारबीच छलफल

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ । प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले त्यससम्बन्धी विस्तृत विवरण शनिबार बिहान सार्वजनिक हुने बताएको छ । नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बको कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याउन, अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन र नेपाली… पुरा पढौ

राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ : प्रचण्ड

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएका छन् । एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उनले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालसँग शिष्टाचार भेटका लागि एमसिसीका उपाध्यक्ष फतिमा सुमार आज बिहान उनको निवास खुमलटार पुगेकी थिइन् । अध्यक्ष दाहालले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा… पुरा पढौ

सत्तारूढ गठबन्धनका नेताबीच छलफल

काठमाण्डौं । सत्तारूढ पाँच दलीय गठबन्धनले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा बुधबारदेखि सुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा विचार विमर्श भएको बुझिएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब रहेको बताइन्छ । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललगायत… पुरा पढौ