राजनीति

सबै अधिकार केन्द्रकृत हुँदा संघीयताको मर्म अनुसार काम गर्न पाइएको छैन : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सबै अधिकार केन्द्रकृत हुँदा संघीयताको मर्मानुसार काम गर्न नपाएको बताउनुभएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले शनिबार आयोजना गरेको नेपालको संविधानको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले संघीय निजामति सेवा ऐन नबन्दा प्रदेश निजामति सेवा ऐन बनाउन नमिलेको र कर्मचारी व्यवस्थापनमा समस्या खेप्नुपरेको बताउनुभयो । ‘संघीयता आएको छ । तर संविधानमा उल्लेख गरिएबमोजिमको संघीयता आउन अझै बाँकी छ । अधिकार सबै केन्द्रकृत… पुरा पढौ

स्वास्थ्य क्षेत्रमा मातृशिशु मितेरी अस्पतालको भूमिका उल्लेखनिय : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको भूमिका उल्लेखनिय रहेको बताउनुभएको छ । शुक्रबार पोखरा १६ बाटुलेचौरस्थित मातृशिशु मेतरी अस्पतालको प्रयोगशालाको थप सेवा विस्तारको उदघाटन गर्दै मन्त्री थापाले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्ने गरी अस्पतालले गरेका कार्यहरुको प्रंशसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘छोटो समयमा मातृशिशु मितेरी अस्पतालले स्वास्थ्यको क्षेत्रमा गरेका कामहरु प्रंशसा गर्न लायक छन् । नयाँ नयाँ प्रविधिको जडान गरी प्रयोगशाला मार्फत जनतालाई शिघ्र स्वास्थ्य सेवा दिने लक्ष्य अस्पतालको… पुरा पढौ

अनुगमन व्यवहारिक र कार्यान्वयन प्रभावकारी बनाउन मन्त्री शर्माको निर्देशन

गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बजारमा हुने गरेको अनुगमनलाई व्यवहारिक गराउँदै अनुगमन र कार्वाही प्रक्रियाको कार्यन्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन गरेका छन् । नजिकिदै गरेको चाडवाडलाई लक्षित गर्दै सुपथ मूल्य पसलहरुलाई ग्रामिण भेग लक्षित गरेर सञ्चालन गर्नु पर्नेमा बताउँदै वाणिज्य मन्त्री शर्माले प्रदेश भित्रको खाद्य सुरक्षा र गुणस्तरको सुनिश्चता गर्नको लागि सरकार र नीजि क्षेत्र दुवै पक्ष जिम्मेवारी हुनुपर्नेमा जोड दिएका छन् ।कोभिडले थलिएको व्यवसायलाई पुर्नउत्थान गर्नु पर्ने सबैको कर्तव्य भएता पनि उपभोक्ताको… पुरा पढौ

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन असोज पहिलो साता पोखरामा हुने

पोखरा । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)को २२ औं सम्मेलन पोखरामा हुने भएको छ । अखिल क्रान्तिकारीको सम्मेलन यहि असोज ६, ७ र ८ गते पोखरामा हुने भएको हो । तीन दिनसम्म हुने अधिवेशनको समुद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले उद्घाटन गर्ने नेपाल कम्युनिष्ट पार्टीका कास्की ईञ्चार्ज उमा भुजेलले जानकारी दिईन् । कार्यक्रममा विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लगायतका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले सम्बोधन गर्ने उनले बताईन् । सम्मेलनको उद्घाटन शत्र पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा हुने उनले… पुरा पढौ

प्रधानमन्त्री देउवाबाट भूमि आयोगका अध्यक्षलाई शपथ

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उनलाई शपथ गराएका हुन् । सोही कार्यक्रममा अध्यक्ष निरौलाले आयोगका उपाध्यक्ष मीनेन्द्र खड्कालाई पद तथा गोपनीयताको शपथ गराएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिए । शपथपछि प्रधानमन्त्री देउवाले भूमिसम्बन्धी समस्या लिपीबद्ध तथा व्यवस्थित गरेर दत्तचित्तका साथ समाधान गर्ने अपेक्षासहित आयोगका पदाधिकारीलाई बधाई दिएका थिए । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन… पुरा पढौ

विकासका लागि एमाले नै चाहिन्छ : अध्यक्ष ओली

पोखरा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तिब्रगतिमा अगाडि बढेको दाबी गरेका छन् । नेकपा (एमाले) रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने दाबी गरे । अध्यक्ष ओलीले भने, “देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा सिद्धबाबाको सुरुङमार्ग, भैरहवा एयरपोर्ट र लुम्बिनीलगायत विकासका पूर्वाधार हेरे पुग्छ ।” उनले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उनले अझै सक्रिय भएर काम… पुरा पढौ

राप्रपा कास्कीको अध्यक्षमा नारायण गुरुङ

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको जिल्ला अधिवेशन अधिवेशनले नारायण गुरुङलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । अधिवेशनको उद्घाटन गर्दै प्रमुख सांसद राजेन्द्र लिङदेलले राप्रपाको एजेण्डा राम्रा हुँदाहुँदै पनि हाम्रा नेताहरुले एजेण्डालाई स्थापित गर्न नसक्दा हामी सधै तल परिरहेको बताउँदै ठूला भनाउँदा दलहरुका कुनै एजेण्डा नभएको हुँदा हाम्रो एजेण्डालाई स्थापित गर्न सम्पूर्ण कार्यकर्ता पंक्तिलाई आग्रह गरे । त्यसैगरी विशेष अतिथि नेपालगंजका मेयर डा. धवल शमशेर राणाले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र नेपालको लागि अपरिहार्य भएको बताउँदै देशले वैकल्पिक शक्ति… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू स्याङ्ग्जा कमिटी गठन

भाद्र २९ स्याङ्जा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (अनेरास्ववियु) ले गत भाद्र २५ गते गठन गरेको जिल्ला कमिटीलाई बिस्तार गर्दै पूर्णता दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को भातृ सङ्गठन अनेरास्ववियू स्याङ्जाको अध्यक्षमा सन्तोष वोस्ती, उपाध्यक्षमा अमृत खनाल, सुजता पौडेल र दिनेश चापागाईं, सचिवमा शिव भट्टराई, सह–सचिवमा समिर रेग्मी, कल्याण कण्डेल र गणेश तिमेल्सीना रहेका छन् भने कुशल तिवारी कोषाध्यक्ष रहेका छन् । संगठनका स्याङ्ग्जा जिल्ला अध्यक्ष सन्तोष वोस्तीको अध्यक्षता र नेकपा एसका जिल्ला अध्यक्ष रामचन्द्र… पुरा पढौ

केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले अब पूर्णता पाउने बताउनुभएको हो । मन्त्री भुसालले भन्नुभयो, “दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही भदौं ३० गते संसद्बाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।” उहाँले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठन विस्तारमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । मन्त्री भुसालले आगामी… पुरा पढौ

सभामुखको आह्वानमा भोलि सर्वदलीय बैठक

काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका छन् । सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आज पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा… पुरा पढौ