राजनीति

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा ‘विफ्रिङ’ गर्दै उनले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको जानकारी गराए । वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको बताइएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बिहीबार… पुरा पढौ

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ : राष्ट्रपति

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी मान्यताप्राप्त निकाय प्रेस काउन्सिलले सञ्चार क्षेत्रलाई अब्बलरूपमा उभ्याउन कोसिस गर्नुपर्ने बताएकी छन् । प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले त्यसका लागि काउन्सिललाई स्वतन्त्र, स्वायत्त र प्रभावकारी बनाउन सबै निकायबाट सहयोग हुनुपर्ने आवश्यकता औँल्याए । राष्ट्रपति भण्डारीले भने, “जिम्मेवार पत्रकारिता, सुसूचित आमजनता र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । लोकतन्त्रको अभ्यासमा आमसञ्चारको क्षेत्रमा देखिएका कमीकमजोरी हट्दै जानेछन् । पत्रकारजगत्बाट आचारसंहिता पालना हुनेछ ।” दुई वर्ष सञ्चारमाध्यम र पत्रकार जगतले… पुरा पढौ

सरकारले गति लिन नसकेको आरोप

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाएका छन् । नेकपा एमाले जिल्ला कमिटी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् । पूर्वप्रधानमन्त्री ओलीले अघिल्लो सरकारले राजदूतमा पार्टीका कार्यकर्ता नभई वैदेशिक मामिलासम्बन्धी जानकार, अनुभवी, अध्ययन गरेका र देशका लागि काम गर्नसक्ने व्यक्तिलाई पठाएको उनले प्रष्ट्याए । पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्रगतिमा अगाडि बढेको दाबी गर्दै उनले विकासका काम… पुरा पढौ

एमसिसीको ५६ अर्बमा र्याल काढ्नु भन्दा एनसेलको ६५ अर्ब उठाउनतिर लाग्न सरकार र दलहरुलाई विप्लवको सुझाव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को ५६ अर्बमा ¥याल काढ्नु भन्दा एनसेलको ६५ अर्ब उठाउनतिर लाग्न नेताहरुलाई सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको बुधबार पोखरामा उद्घाटन गर्दै उनले विदेशीको डलर ल्याएर देश साट्नुभन्दा बरु आफ्नै देशको फसेको एनसेलको कर उठाउनतिर लाग्न उनले सरकार र दलहरुलाई सुझाव दिएका हुन् । विप्लवले नेपालका राजनीतिक दलहरु कमिसनको लोभमा एमसिसी ल्याउन लागिपरेको आरोप लगाए । ‘एमसिसी ल्याउनुको मकसद नेताहरुलाई ५६… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी) को ८१ जिल्ला, ८ प्रदेश कमिटी

सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी)को मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले ८१ जिल्ला र ८ वटा प्रदेश कमिटी संचालन गर्दै छ। पार्टीको कार्यक्षेत्रको आधारमा ८१ जिल्ला र ८ वटा प्रदेश कमिटी संचालन गर्ने जनाएको हो। काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैक्वेटमा मंगलबारदेखि सुरु भएको बैठकमा देशमा भौगोलिकरुपमा ७७ वटा जिल्ला भएपनि पार्टीको कार्यक्षेत्रको आधारमा ४ वटा विशेष जिल्ला कमिटी गठन गरिने र यसैको सहयोगमा देशव्यापीरुपमा संगठन सुदृढीकरण गरिने नेकपा (एस)का प्रचार विभागले जनाएको छ। यसैगरी, देशमा भौगोलिकरुपमा सात वटा प्रदेश भएपनि… पुरा पढौ

गण्डकी प्रदेशका प्रदेश प्रमुख गुरुङद्वारा गुफा अवलोकन

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्घारा विन्ध्यवासिनी मा.विको व्यवस्थापन तथा संरक्षकत्वमा संचालित पर्यटकीय क्षेत्र महेन्द्र गुफाको अवलोकन गर्नुभएको छ । पारिवारीक भ्रमणको सिलशिलामा महेन्द्र गुफा पुग्नु भएका गुरुङलाई महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्राई र समितिका सदस्य–सचिव शिशिर पौडेलले वुके र खादा लगाएर सम्मान सहित स्वागत गर्नुभयो । पोखराकै प्राकृतिक गुफाको रुपमा परिचीत विन्ध्यवासिनी मा.विको व्यवस्थापन तथा संरक्षकत्वमा संचालित महेन्द्र गुफाको अवलोकन पछि प्रदेश प्रमुख गुरुङले लामो समयको अन्तराल पछि गुफा अवलोकन गर्न पाएकोमा खुशी व्यक्त… पुरा पढौ

पोखरामा भोलिदेखि हुने अखिल क्रान्तिकारीको सम्मेलनको उद्घाटन विप्लवले गर्ने

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)को २२ औं सम्मेलन भोलि (बुधबार)देखि पोखरामा हुने भएको छ । भोलिदेखि शुरु हुने सम्मेलन असोज ८ गतेसम्म हुने अखिल क्रान्तिकारीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । तीन दिनसम्म हुने अधिवेशनको समुद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले उद्घाटन गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिए । कार्यक्रममा विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लगायतका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले सम्बोधन गर्ने उनले बताए । सम्मेलन शुरु हुनुअघि अखिल क्रान्तिकारीले ¥याली… पुरा पढौ

काँग्रेस कास्की क्षेत्र नं ३ प्रदेश (ख) को सभापतिमा दीपकविर कुँवरको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख)को सभापतिमा दीपकविर कुँव्रले उम्मेदवारी घोषणा गरेका छन् । पोखरा महानगरपालिका–६ बैदाम निवासी ५० वर्षीय कुँबरले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्दै पार्टीलाई एक ढिक्का बनाउन र युवाहरुलाई नेतृत्वमा अगाडि ल्याउने कार्यक्रम सहितआफूँले उम्मेदवारी दिने बताए ।सभापतिका प्रत्यासी कुँवरले आफू ७ वर्षको उमेर हुँदादेखी काँग्रेससँग भावनात्मक रुपमाजोडिएको बताउँदै उनले पार्टीको संगठन रफ्तारमा अघि बढाउन र आगामी निर्वाचनमा काँग्रेसको विजय सुनिश्चित गराउनु रहेको बताए । ।उहाँले पार्टीका पुराना… पुरा पढौ

माधव नेपाल देशद्रोही र पार्टीद्रोही भएको गोकुल बास्कोटाको आरोप

नेकपा एमालेका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल देशद्रोही र पार्टी द्रोही भएको आरोप लगाएका छन् । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले माधव नेपाललाई यस्तो गम्भीर आरोप लगाएका हुन् । ‘एउटा उचाईमा पुगेको पार्टीलाई फुटाउने माधव नेपाल राष्ट्रद्रोही हो, पार्टीद्रोही हो’–उनले भने । नेता बास्कोटाले नेपाल बेइमानी र पाखण्डी भएको भन्दै उनले पार्टी छाडेर जानका निम्ति मात्र प्रतिगमन रोक्न भन्दै माधव नेपालहरुले आन्दोलन गरेको बताए… पुरा पढौ

बाँकी ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज

नेपाली काँग्रेसको वडा अधिवेशन गर्न बाँकी रहेका ७ जिल्लामा आज (मंगलबार) वडा अधिवेशन हुँदैछ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत विभिन्न सात जिल्लामा आज वडा अधिवेशन हुने भएको हो। केन्द्रीय निर्वाचन समितिका अनुसार आज काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, मोरङ, कपिलवस्तु, बर्दिया र बाजुरा जिल्लामा वडा अधिवेशन हुन लागेको हो। करिब ३० हजार क्रियाशील सदस्यता रहेको काठमाडौँ जिल्लामा पनि मंगलबार नै वडा अधिवेशन हुनेछ। विभिन्न ११ वटा स्थानीय तह रहेको काठमाडौँमा १ सय ३८ वडा छन्। यसअघि, ५७ वटा जिल्लामा भने वडा… पुरा पढौ