राजनीति

मुख्यमन्त्रीका लागिा दावी गर्दै विपक्षी गठबन्धनका बहुमत सांसदले बुझाए हस्ताक्षर

पोखरा । गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्ने पक्का भएको छ । प्रदेशमा बिपक्षी गठबन्धनले वैकल्पिक सरकार गठनको दाबी गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त रुपमा बनेको बिपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम वैकल्पिक सरकारका लागि दाबी प्रस्तुत गरेको हो । ६० सदस्य रहेको प्रदेश सभामा रहेको ३१ प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख सीता… पुरा पढौ

गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेकी छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गत वैशाख २९ गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सो आह्वान गरिएको हो । प्रदेशसभाको आजको पत्रबाट सो जानकारी आएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभा सदस्यलाई आव्हन गर्नुभएको प्रदेश प्रमुख कार्यालयका… पुरा पढौ

कांग्रेस नेता लामा जरिवाना तिरेर छुटे

पोखरा । बिहीबार पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा सहितका ३ जना शुक्रबार जरिवाना तिरेर छुटेका छन् । निषेधाज्ञाका उल्लंघनको आरोपमा पोखराको लेकसाइडबाट पक्राउ परेका लामासहितका ३ जनालाई ३/३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको थियो । पुरा पढौ

फेरि बर्खास्त भए सांसद कृष्ण थापा

पोखरा । पार्टीको ह्विप पालना नगरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसद कृष्ण थापालाई फेरि कारवाही गरेको छ । जनमोर्चाले सांसद थापालाई कारवाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार (आज) संसद सचिवालयमा दर्ता गराएको थियो । कारवाही सम्बन्धी पत्र सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाको आजको बैठकमा पढेर सुनाएका हुन् । थापालाई यसअघि पनि पार्टीले कारबाही गर्दै सांसदबाट हटाएको थियो । यद्यपि थापा सर्वाेच्चको अन्तरिम आदेशपछि पुनर्बहाली भएका थिए । थापाले सर्वोच्चले अन्तरिम आदेश दिएको र मुद्धा सर्वोच्चमा बिचाराधीन रहेकाले आफुलाई कारबाही… पुरा पढौ

७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन

काठमाडाैं । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र आवश्यक योजना निर्माण गरी सुरक्षास्थितिलाई मजबुत बनाउन निर्देश गरेको हो । गृहप्रवक्ता जनकराज दाहालले मन्त्री अधिकारीबाट प्राप्त निर्देशनअनुसार परिपत्र जारी गरिएको जानकारी… पुरा पढौ

सूकीविरुद्ध हालसम्मकै थप कडा र गम्भीर मुद्दा दर्ता गर्दै म्यानमारको सैन्य सरकार

म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेता आङ सान सूकीविरुद्ध हालसम्मको सबैभन्दा गंभीर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। सूकीमाथि घुसबापत् नगद र सुन दिएको आरोप लगाइएको छ। उनीमाथि लागेको यो आरोप पुष्टि भए उनलाई १५ वर्षको जेल सजाय हुनसक्छ। यसबाहेक उनीमाथि अन्य ५ मामिला पनि दर्ता गरिएको छ जसमा अवैध रुपमा वाकीटकी आयात गरेको र सार्वजनिक अशान्ति फैलाएको आरोप छ। १ फेब्रुअरीमा सैन्य कूपछि पूर्व स्टेट काउन्सलर सूकीलाई पक्राउ गरिएको थियो। त्यति बेलादेखि नै उनी आफ्नै घरमा नजरबन्दमा छिन्। उनी कहिलेकाँही अदालतमा… पुरा पढौ

दलका प्रमुखसँग छलफल गर्दै सभामुख सापकोटा, प्रम ओली नजाने

विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (शुक्रबार) पूर्वप्रधानमन्त्री र दलका प्रमुखसँग छलफल गर्दैछन्। दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा पूर्वप्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखसँग सभामुख सापकोटाले छलफल गर्न लागेका हुन्। दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटा निरन्तर छलफलमा छन्। सापकोटाले यसअघि पनि पूर्व सभामुखसँग छलफल गरेका थिए। त्यस्तै उनले कानुनी र न्यायिक विज्ञसँग परामर्श गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलमा सहभागी हुन सभामुख सापकोटाले पत्र पठाएका छन्। पुरा पढौ

अब बन्ने गण्डकी प्रदेश सरकारको तालाचाँवी दीपक मनाङ्गेको हातमा

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले राजीनामा दिएका छन्। बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि स्वतः राजीनामा दिएर मनाङ्गे पदमुक्त भएका छन्। बिहीबार राति उनले राजीनामा दिएका हुन्। उनको राजीनामापछि गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङले खेलकुद मन्त्रीलाई बर्खास्त गरेको समाचार छ। त्यसपछि नैतिकताको आधारमा मन्त्री रहन नहुने भन्दै खेलकुदमन्त्री मनाङेले राजीनामा बुझाएका हुन्। उनले राजीनामा पत्रमा भनेका छन्, ‘प्रदेशसभा विघटनको संघारमा पुग्न लागेकाले संसद बचाउन उपयुक्त हुन्छ। त्यसैले विपक्षी गठबन्धनमा सामेल भई वैकल्पिक सरकारमा निर्माणमा लाग्नेछु।’… पुरा पढौ

मुख्यमन्त्रीद्वारा मन्त्रीबाट दीपक मनाङ्गेलाई बर्खास्त

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बर्खास्त गरेका छन् । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा गत बैशाख १६ गते मात्रै मन्त्री बनेका दीपक मनाङ्गे समेत भनिने उनको बिहीबारबाट मन्त्रीपद गुमेको हो । मुख्यमन्त्री गुरुङले बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘राजिव गुरुङले हेर्दै आएको युवा तथा खेलकुद मन्त्रालयको कार्यभार म आफैंले हेर्ने गरी नेपालको संविधानको धारा १६९ उपधार २ खण्ड ख बमोजिम आजकै मितिदेखि राजिव गुरुङलाई मन्त्री पदबाट मुक्त गरिएको व्योहोरा जानकारीका लागि अनुरोध गर्दछु ।’… पुरा पढौ

सेवा चुस्त पार्न गृहमन्त्री अधिकारीको निर्देशन

काठमाण्डौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा दिनुपर्ने बताए । उनले मन्त्रालयमा आएका काम छिटो र छरितो रुपमा सम्पादन गर्न र सेवाग्राहीलाई ढिलासुस्ती नगर्न पनि निर्देशन दिँदै त्यस्ता गतिविधि पाइए कारवाही गर्ने चेतावनी समेत दिए । गृहमन्त्री अधिकारीको निर्देशन अनुसार आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।… पुरा पढौ