पोखरा । कास्कीका क्रियाशील पाँच राजनीतिक दलले तत्काल कस्केली जनताका लागि आवश्यक खोप व्यवस्था गर्न माग गरेका छन् । कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा कस्केली जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने गरी खोपको व्यवस्था गर्न माग गरिएको हो । नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, नेकपा(माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, नेकपा(एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जसपा कास्कीका अध्यक्ष गिरि प्रसाद गुरुङ र राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गरी त्यस्तो माग गर्नुभएको हो…
पुरा पढौ