पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवगठित सरकारले दिने कुनै पनि सेवा सुविधा नलिने भएका छन् । गुरुङलाई नवगठित सरकारले पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने इच्छा नभएको उनका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जालमार्फत प्रस्ट पारेका हुन् । उनले पूर्वमुख्यमन्त्री गुरुङको तर्फबाट स्ट्याटस लेख्दै नवगठित सरकारले प्रदेशका जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना राखेको पनि प्रष्ठ पारेका छन् । उनले भनेका छन्, ‘माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ, उहाँलाई…
पुरा पढौ