राजनीति

हस्ताक्षर सनाखत गरिए पार्टी विभाजनमा जान सक्छ ः कांग्रेसका नेता शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइराला पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् । सम्पर्क कार्यालय विशालनगरमा आज बिहान पार्टीका युवाहरूसँगको कुराकानीमा उनले ढिलोमा पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका हुन्। १५ औं महाधिवेशन वैशाख वा त्यसभन्दा पनि ढिलो गर्ने गरी केही नेताहरूले अभिव्यक्ति दिइरहेकोतर्फ संकेत गद, उनले भने ‘२०८२ मंसिरभित्रै महाधिवेशन हुनुप¥यो भन्ने कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ। अहिले नियमित अधिवेशनको परिभाषा कोही वैशाख भन्छन्, कोही त्यसपछि पनि भन्छन्। मेरो कुरा अहिले पनि… पुरा पढौ

अनेरास्ववियुको अध्यक्ष बने दीपक धामी

नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा दीपक धामी चयन भएका छन् । संगठनको आज बसेको पदाधिकारी बैठकले डा। सुजन कडरियाले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले जानकारी दिए ।जेनजी प्रदर्शनका क्रममा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका थिए । बैठकपछि कडरियाले आफ्नो राजीनामा स्वीकृत गरेको भन्दै धन्यवाद दिएका छन्… पुरा पढौ

दलहरु सहमत नभए चुनाव हुँदैनः संयोजक प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमति बिना निर्वाचन हुन नसक्ने बताएका छन् । काठमाण्डौंमा संचाकर्मिसँगको कुराकानीमा उनले निर्वाचनको वातावरण बनाउने जिम्मा सरकारको भएको बताउँदै, आगामी फागुन २१ को निर्वाचनका लागि सबै राजनीतिक दलको सहमति आवश्यक रहेको बताए। संयोजक प्रचण्डले देशमा उत्पन्न समस्या निर्वाचनबाट मात्रै हल हुने भन्दै सबै एकजुट भएर जिम्मेवारीपूर्वक निर्वाचन प्रक्रियामा भाग लिनुपर्नेमा जोड दिए । घोषित मितिमै निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने पक्षमा आफु रहेको बताउँदै, उनले वातावरण बनाउन आयोग गम्भिर हुनुपर्ने बताए ।… पुरा पढौ

नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । आज गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए ।“अहिलेको सरकार निर्वाचनको सरकार हो । त्यसैले पुरानै संरचना वा ऐन–नियममा सीमित भएर मात्र होइन, प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी वहन गर्नुपर्छ,” मन्त्री… पुरा पढौ

फागुन २१ मा चुनाव हुन सक्दैनः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ का लागि तोकिएको निर्वाचन हुनै नसक्ने दावी गरेका छन् । प्रेस चौतारी नेपालको टिमसँग आइतबार बिहान आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले प्रहरीबाट लुटिएका हातहतियार बाहिरै रहेको र कारागारबाट फारर भएका अपराधीलाईसमेत सरकारले नियन्त्रणमा लिन नसकेको अवस्थामा चुनाव गर्न नसकिने बताए ।उनले एमाले चुनावबाट नभाग्ने बताउँदै, अहिलेको अवस्थामा निर्वाचनको बाताबरण नै तयार भईनसकेको बताएका हुन् । वर्तमान सरकारप्रति कडा टिप्पणी गदै अध्यक्ष ओलीले अहिलेको सरकार कसको र कसले बनाएको भन्ने नै… पुरा पढौ

सबै जेनजी एकताबद्ध छन्: अगुवा सुदन गुरुङ

जेनजी अगुवा सुदन गुरुङले सबै जेनजी एकताबद्ध भएको बताएका छन् । आईतबार सामाजिक सञ्जालमा लेख्दै हामी नेपालका संस्थापक समेत रहेका गुरुङले देशभरका जेनजी एकताबद्ध रहेको दावी गर्दै नेपाल एकिकरणको शुरुवात भएको गोर्खाबाट अभियान नै संचालन गर्ने बताएका हुन् ।अभियान अन्तर्गत जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने लक्ष्य राखिएको उनले बताए ।गुरुङका अनुसार अभियानको पहिलो चरणमा जेनजी पुस्ता ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म एकजुट भइसकेको छ । गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको… पुरा पढौ

कांग्रेस गण्डकीले भन्याे : नियमित महाधिवेसन नहुने हाे भने मंंसिर भित्रै विशेष महाधिवेसन

काठमाडौँ — स्थानीयदेखि केन्द्रीय तहसम्मको पदावधि सकिन लागेका बेला नेपाली कांग्रेसले नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा महिनौंदेखि निर्णय गर्न नसक्दा पार्टीभित्र निराशा र अलमल बढेको कार्यकर्ताहरूले बताएका छन्। करिब एक महिनादेखि जारी केन्द्रीय कार्यसमितिको बैठक निष्कर्षविहीन बन्दै जाँदा संगठन तल्लो तहसम्म प्रभावित भएको नेपाली कांग्रेस गण्डकीले निश्कर्ष निकालेकाे छ । कांग्भेरेस गण्डकीकाे आजकने भेलामा सहभागीहरूले कांग्रेसले अब ढिलाइ र अलमलबाट बाहिरिनुपर्ने, स्पष्ट दृष्टिकोणसहित निर्भीक रूपमा अगाडि बढ्नुपर्ने र संगठनलाई नयाँ ऊर्जा दिएर आगामी आमनिर्वाचनतर्फ अघि धपाउनुपर्ने आवश्यकता जोड… पुरा पढौ

यथास्थितिमा चुनाव भए मतदान स्थल युद्द मैदान बन्छ : अधिकारी

सन्देश श्रेष्ठपोखरा, कात्तिक २९ नेकपा एमालेका नेता खगराज अधिकारीले फागुन २१ मा चुनाव हुन्छ भन्ने भ्रममा आफ्नो पार्टी नरहेको बताएका छन् । जिल्ला कमिटी कास्कीले शनिबार पोखरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले फागुन २१ मा चुनाव नहुने बताए । चुनाव कसरी हुन्छ ? भन्ने प्रश्न गर्दै उनले भने,‘जेनजी आन्दोलनका बेला पुलिसका लुटिएका हतियार फिर्ता भएका छैनन् । विभिन्न अपराधमा जेलमा रहेका कैदीबन्दीहरु फरार छन् । यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ? । नेता अधिकारीले यथास्थितिमा चुनाव गरे मतदान स्थल… पुरा पढौ

देशको मुहार फेर्न युवा पुस्ताको हस्तक्षेप आवश्यक ः मन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पुराना राजनीतिक दलका नेताहरूले नै भ्रष्टाचार र घुसखोरीतन्त्रलाई मलजल गरेको आरोप लगाएका छन् । गणतन्त्र स्थापनापछि पनि भ्रष्टाचार र घुसखोरी अन्त्य नहुनुमा पुराना दलहरुको हात रहेको बताउँदै, उनले देशलाई समृद्धशाली बनाउनका लागि नयाँ पुस्ताका नेताहरू राजनीतिमा आउनुपर्नेमा जोड दिए। मन्त्री पुनले आज सामाजिक सञ्जालमा लेखेका छन्, पुराना पुस्ताका नेताहरूले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली देश बनाउने ढंग पटक्कै ल्याएनन्।’ उनले देशको मुहार फेर्न युवा पुस्ताको हस्तक्षेप अपरिहार्य रहेको भन्दै… पुरा पढौ

दुई लाख ८१ हजार १२९ नयाँ मतदाता थपिए

राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण फोटो तथा औँठाछाप दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका… पुरा पढौ