राजनीति

जेनजी समुहको निष्कर्ष ः कार्की नेतृत्वको सरकार असफल

जेनजी समुहले सुशीला कार्की नेतृत्वको बर्तमान सरकार असफल भएको निष्कर्ष निकालेका छन् । २३ वटा जेनजी संगठनले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै,जेनजी विद्रोहको आधारमै बर्तमान सरकार बने पनि त्यसले न्यूनतम प्रतिबद्धतासमेत पूरा नगरेको दाबी गरेका छन् ।उनीहरुले सरकार असफल भएको निष्कर्ष निकाल्दै अब आफ्नै नेतृत्वमा सरकार गठन हुनपर्ने बताएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर ज्ञापनपत्र बुझाउँदै आफ्नै नेतृत्वमा सरकार गठन गरिदिन आग्रह गरेका हुन्। जेन(जी समूहले राष्ट्रपतिलाई बुझाइएको ज्ञापनपत्रमा पाँच प्रमुख अपेक्षा राखेको भनिएको छ ।वर्तमान सरकार दिशाहीन भएको आरोप… पुरा पढौ

नेकपा र जसपा एकता नजिक,टुंगिन बाँकी ३ मुद्दामा छलफल जारी

नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी एकता नजिक पुगेका छन् । अनेक पटकको अनौपचारिक संवादपछि दुवै दलका नेताहरू एकतानजिक पुगेको भन्दै, दुई पार्टी बिच छिट्टै एकता हुने बताएका छन् । नेकपाको तर्फबाट वार्ता समितिमा रहेका नेता प्रकाश ज्वालाका अनुसार अहिलेसम्मको छलफलमा लगभग ५ वटा विषयमा सहमति जुटी सकेको छ। तर जसपाको तर्फबाट वार्ता समितिमा रहेकी रेनु यादव जेनजी आन्दोलनपछि आफ्नो पार्टी सबैसँग एकताका लागि छलफलमा रहेको बताउँछिन्।नेकपासँगको छलफलमा केही विषयमा सहमति भएको स्वीकार गर्दै यादवले भनिन्,… पुरा पढौ

नेपाली कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभा मंसिर १४ गते पोखरामा हुने

सन्देश श्रेष्ठपोखरा, मंसिर ४ नेपाली कम्युनिष्ट पार्टीले मंसिर १४ गते आईतबार गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभा गर्ने भएको छ । १२ दल मिलेर एकता गरेको सो पार्टीले गण्डकी प्रदेश स्तरीय एकता सभा पोखरामा गर्ने भएको हो । एकतापछि पार्टी संयोजक बनेको पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जारी गरेको सर्कुलरमा प्रदेश स्तरीय एकता सभा पोखरामा गर्ने भनिएपनि स्थान खुलाइएको छैन । प्रदेश स्तरीय एकता सभा नेपाली कम्युनिष्ट पार्टीले सुदूरपश्चिमको धनगडीबाट शुरु गर्ने भएको छ । जुन सभा मंसिर… पुरा पढौ

सिमरा आज पनि कफ्र्यु आदेश जारी,युवा कुटेको आरोपमा एमालेका दुई वडाध्यक्ष पक्राउ

बारा जिल्लाको सिमरा क्षेत्र नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच भएको पटक पटकको झडपका कारण आज पनि तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सिमरा विमानस्थल आसपास र राजमार्गका केही क्षेत्रमा दोस्रो दिन पनि कफ्र्यु आदेश जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार दिउँसो १ देखि जारी कफ्र्यु बेलुका ८ बजेसम्म रहने छ ।सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा परिस्थिति थप बिग्रन नदिन कफ्र्यु लगाइएको आदेशमा उल्लेख छ । कफ्र्यु अवधिमा उक्त क्षेत्रमा कुनै पनि… पुरा पढौ

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । महाधिवेशनको मिति तोक्ने विषयमा विवाद बढेपछि सहमतिका लागि भन्दै गत बिहीबार पनि सूचना टाँसेर बैठक आजका लागि सारिएको थियो । पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै शनिबार दिउँसो एक बजेसम्मका लागि सारिएको जानकारी दिएका छन् । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा… पुरा पढौ

जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्छः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष एवम् चुस्तदुरुस्त ढङ्टबाट सेवा प्रवाह गर्न स्थानीय जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । पार्टीसम्बद्ध स्थानीय विकास विभागद्वारा आज च्यासलमा आयाजित ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले निष्पक्ष भई मितव्ययी एवम् पारदर्शीढङ्गबाट यथासक्य छिटो सेवा प्रवाह गरी जनताको विश्वास जित्न अनुरोध गरे । शान्तिसुरक्षा र सुशासनको पक्षमा काम गर्दा जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न तयार हुनुपर्ने बताउँदै उनले सकारात्मक सोचका साथ सदैव देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।… पुरा पढौ

एमाले पनि निर्वाचनमा सहभागि हुन्छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सबै दल सहभागि हुने बिश्वास व्यक्त गरेकी छन् । काठमाण्डौंमा एक संचार माध्यमसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा रहेको नेकपा (एमाले) पनि अन्तिम समयमा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरिन्। उनले भनिन्, अध्यक्ष केपी ओली नै छलफलमा सहभागी नभएपनि अन्य नेताहरुसँग बारम्बार छलफल भएको छ। निर्वाचनप्रति उहाँहरु सकारात्मक हुनुहुन्छ। राजनीति गर्ने दल निर्वाचनमा नआएर कहाँ जान्छ? प्रधानमन्त्री कार्कीले चुनाव निष्पक्ष र भय रहित बनाउन बिभिन्न दलहरुसँगको छलफल सकारात्मक… पुरा पढौ

प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताहरुले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनहिरुबीच मुलुकको समसामयिक राजनीति घटनाक्रम र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिए ।प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन हुने भन्दै निर्वाचनको वातावरण बनाउन दलहरुको साथ आफूलाई आवश्यक रहेको बताएको प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै नेता निरौलाले जानकारी दिए । भेटमा कांग्रेसका युवा नेताहरुले सबै राजनीतिक दललाई विश्वासमा लिएर समयमै निर्वाचन गराउन प्रधानमन्त्री कार्कीसँग… पुरा पढौ

दुर्गा प्रसाईंलाई ४ दिनको म्याद थप,प्रहरी परिसर पूगेर मानव अधिकार आयोगको टोलीले लियो जानकारी

राष्ट्र, राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।अब कम्तिमा पनि ४ दिन प्रसाईं प्रहरी हिरासत रहनेछन् ।म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो । सो क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको बताएका थिए । प्रसाईंले यही… पुरा पढौ

एमालेको महाधिवेशनले ‘सरप्राइज’ दिन्छः नेता अधिकारी

नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले सबैको सहमतिमा वर्तमान विषम परिस्थितिलाई सामान्य बनाउनुपर्ने बताएका छन् । उनले संविधानको संशोधन गरी नव पुस्तालाई सामेल गरेर सर्वपक्षीय विश्वासिलो सरकार बनाएर तोकिएकै मितिमा निर्वाचन गर्न सकिने बताए । आज भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीले संसद् पुनस्र्थापना गर्नुपर्नेमा जोड दिए । सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्नुपर्ने नव पुस्ताको मागलाई विश्वासिलो आयोग बनाएर पूरा गर्न सकिने उनको भनाई थियो । “सबैको सहमतिमा यो विषम परिस्थितिलाई सामान्य बनाउँदै भयरहित… पुरा पढौ