राजनीति

अदालतमा माधव नेपालको बयान सुरु

पतञ्जलि जग्गा प्रकरणमा दायर भएको मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ । नेपाल आज आफैं अदालतमा बयान दिन पुगेका हुन् । अदालतको इजलास नम्बर २ मा न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाले नेपालको बयान लिन थालेका छन् । बयान सकिएपछि थुनछेक बहस हुनेछ । नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलिलाई अवैध तरिकाले जग्गा बिक्रीको अनुमति दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो । गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर… पुरा पढौ

एमाले छाडेर आफ्नै घर माओवादीमा फर्किए गमबहादुर

लिजवन, २३ जुन २०२५ । नेकपा एमालेको प्रवासी संगठनका नेता गमबहादुर गुरुङ पुरानै घर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । लामो समयदेखी बेल्जियममा बस्दै आएका बौद्धिक र इमानादार नेता गुरुङ आइतबारबाट नेकपा (माओवादी केन्द्र)मा फर्किएका हुन् । बेल्जियममा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का वैकल्पिक केन्द्रिय सदस्य सुरेन्द्र भुषाल लगायतका नेताहरुले गुरुङलाई स्वागत गरे । उनी माओवादीको पूर्व राज्य समितिको सचिवालय सदस्य र तत्कालिन समयमा आदिवासी जनजाती महासंघ युरोपको अध्यक्ष थिए । माओवादी र एमाले एक भएर नेकपा बनेपछि एकता… पुरा पढौ

गण्डकीका माओवादी सांसदले रोष्ट्रममै च्याते बजेट पुस्तिका

पोखरा, असार ९ गण्डकी प्रदेशका नेकपा माओवादी केन्द्रका एक सांसदले रोष्ट्रममै गण्डकी प्रदेशको बजेट पुस्तिका च्यातेका छन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२\८३ का लागि ल्याएको बजेट असमान ढंगले ल्याएको भन्दै म्याग्दी (ख)बाट निर्वाचित सांसद रेशमबहादुर जुग्जालीले रोष्ट्रममा बोल्ने क्रममा बजेट पुस्तिका च्यातेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि धारणा राख्न रोष्ट्रममा पुगेका उनले बजेटमा म्याग्दीलगायतका जिल्लामाथि अन्याय गरेको टिप्पणी गरे । मुख्यमन्त्री र अर्थमन्त्रीले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको आरोप लगाउँदै उनले भने,‘ बजेटमा… पुरा पढौ

बजेटमा पनि गण्डकीका मुख्यमन्त्रीले गरे आफ्नो हात, जगन्नाथ : मुस्ताङको भन्दा मुख्यमन्त्रीको क्षेत्रमा एउटै योजनामा बढी बजेट

पोखरा, असार ९ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेटपनि आफ्नै क्षेत्रमा खन्याएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कडा रोग लागेका गरीब तथा विपन्नहरुलाई वितरण गरिने आर्थिक सहयोग आफ्नै गृहजिल्लामा खन्याएकोमा विरोध भइरहँदा उनले बजेटपनि आफ्नै क्षेत्र गोरखा निर्वाचन क्षेत्र नम्बर–२ (क)मा केन्द्रीत गरेका हुन् । उनले क्यान्सर, मुटु, मिर्गौला, पार्किन्सन्स, अल्जाईमर, स्पाइनल ईञ्जुरी, हेड ईञ्जुरी, कलेजो, सिकलसेल एनिमिया, अप्लाष्टिक एनिमिया, थालिसिमिया र मस्तिष्क आघात भएका गरीब तथा विपन्न विरामीहरुलाई वितरण गर्ने आर्थिक सहयोग मनाङ, मुस्ताङलाई उपेक्षा गरेर गृहजिल्लामा… पुरा पढौ

पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट, पर्यटन पूर्वाधारमा जोड

पोखरा, असार ८ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब साढे ८ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा उप प्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८२÷०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ८३ करोड ८० लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो । तर जेठ मसान्तरसम्म ४ अर्ब १६… पुरा पढौ

माओवादीको दबाबपछि गण्डकीको बजेटमा `जनयुद्ध´ शब्द थपिने

अन्त्तत: गण्डकीको बजेटमा ‘सशस्त्र संघर्ष’ शब्द थपिने भएकाे छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बजेटमा जनयुद्ध शब्द थप्नुका साथै जनयुद्धका सहिद परिवार, घाइते, अपाङ्ग, बेपत्ता परिवारका लागि बजेट नछुट्याएसम्म सम्सद अवरोध गर्ने चेतावनी दिएपछि सत्तारुढ दलहरू माग सम्बोधन गर्न तयार भएका थिए । साथै सडक ऐनअनुसार सडकको मर्मतका लागि बजेट नछुट्याइएको विसय पनि माओवादीले र उठाएपछि त्यसलाई पनि सम्बोधन गर्न उनीहरु तयार भएको माओवादी साम्सद तथा कृषि समिति सभापति दमयन्ती रुचालले बताइन् । सम्सदमा बोल्दै माओवादी केन्द्रका प्रदेशसभा… पुरा पढौ

आर्थिक सहायतामा गण्डकीका मुख्यमन्त्रीको मनोमानी : गृह जिल्लामा पैसाको खोलो, मनाङ, मुस्ताङका नागरिकलाई सौतेनी व्यवहार

पोखरा, असार ५ सरकार नागरिकको अभिभावक हो । सुशासन, विकासदेखि आवश्यक पर्दा स्वास्थ्य उपचारका लागि दिईने आर्थिक सहयोगमा राज्यले समान रुपमा नागरिकलाई उपलब्ध गराउनुपर्छ । तर गण्डकी सरकारले नागरिकलाई समान रुपमा त्यो सेवा उपलब्ध नगराई विभेदपूर्ण रुपमा दिने गरेको छ । यसको पछिल्लो उदाहरण राज्यले उपलब्ध गराउने आर्थिक सहयोगमा छर्लङ्ग देखिएको छ । गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले क्यान्सर, मुटु, मिर्गौला, पार्किन्सन्स, अल्जाईमर, स्पाइनल ईञ्जुरी, हेड ईञ्जुरी, कलेजो, सिकलसेल एनिमिया, अप्लाष्टिक एनिमिया, थालिसिमिया र मस्तिष्क आघात भएका… पुरा पढौ

गण्डकीमा ३२ अर्बको बजेट, प्राथमिकतामा पूर्वाधार र पर्यटन

पोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करीब ३२ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री डा.टकराज गुरुङले आज प्रदेश सभा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा करीब एक अर्ब कम हो । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ । गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड, ६६… पुरा पढौ

कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्रका लागि फेरीपनि बजेट

गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्रका लागि फेरीपनि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले वर्षौंदेखि यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । तर अहिलेसम्मपनि सो क्षेत्रमा औद्योगिक क्षेत्र सञ्चालनका लागि कुनैपनि प्रगती भएको छैन । यतिसम्मकी अहिलेसम्म जग्गा प्राप्ति नै भएको छैन । गण्डकी प्रदेशका अर्थमन्त्री डा.टकराज गुरुङले आज बजेट प्रस्तुत गर्दै प्रादेशिक उद्योगको विकास र प्रदेशको समुन्नतीको सोंचलाई आत्मसाथ गर्दै प्रदेश स्तरीय औद्योगिक क्षेत्र विकासका लागि लोकाहा… पुरा पढौ

पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं कार्यक्रमका लागिपनि बजेट

गण्डकी प्रदेश सरकारले पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं कार्यक्रमका लागिपनि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले सो कार्यक्रम सञ्चालन गरी पर्यटनको राजधानी पोखरा स्याटलाईट अन्तर्गतको रुपमा पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माण, पदयात्राको संरक्षण, विकास र प्रवद्र्दनका लागि विद्यमान पदमार्गको स्तरोन्नती, वैकल्पिक पदमार्गको निर्माण र धार्मिक तथा प्रमुखपर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । त्यस्तै, पहिला घरदेश, अनि परदेश अभियान सञ्चालनका लागिपनि बजेट विनियोजन गरिएको छ… पुरा पढौ