समाज

मतदाता नामावली अद्यावधिकः करिब २ लाख नयाँ मतदाता थपिए

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो । आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम… पुरा पढौ

स्याउ मेला तेस्रो दिन पनि जारी, खरिदसँगै अवलोकन गर्नेको भीड

शिशिर उजाडपोखरा पोखरा महानगरपालिका वडा नं. १६ को अमरदिपमा संचालन भएको स्याउ मेला तेस्रो दिन पनि जारी रहेको छ । नेपालीजनका महत्वपुर्ण चाडपर्वलाई लक्षित गर्दै बिहिबार देखि जारी मेलामा स्याउ खरिद गर्नेको उल्लेख्य मात्रामा घुईचो लाग्ने गरेको छ ।स्वदेशी उत्पादनको प्रर्वद्धन,कृषकलाई प्रोत्साहन र स्वदेशी उत्पादनको बजारीकरण गर्ने उद्धेश्यले स्थानीय कृषकद्वारा संचालित जय देउराली कृषि फर्मले मेलाको आयोजना गरेको हो । मेलामा पोखराबाट मात्र नभई आसपासका क्षेत्रबाट पनि उपभोक्ताहरु मेला स्थलमा आएको फर्मका संचालक वृन्दा तिवारीले जानकारी दिईन् ।उनका अनुसार मेलामा… पुरा पढौ

आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।नवरात्रको पहिलो दिन… पुरा पढौ

पोखराको सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

पोखराको सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ । आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण भइरहेको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत पृथ्वीराजमार्गमा रहेको पुरानो पुलको दायाँ र बायाँतर्फ नयाँ पुल निर्माण भइरहेका छन् । अपस्ट्रिम र डाउनस्ट्रिम नामका दुवै पुल १९० मिटर लम्बाइका छन् । पुल निर्माणका लागि २०७९ साल भदौ २६ गते रु एक अर्ब सात करोडमा ठेक्का सम्झौता भएको थियो । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना… पुरा पढौ

कास्कीमा पार्टी नेताहरुबीच एकता देखिएन: कांग्रेस केन्द्रीय सदस्य पाण्डे

नेपाली कांग्रेसकी नव निर्वाचित केन्द्रीय सदस्य लक्ष्मी पाण्डेले पार्टीको आन्तरिक एकतामा जोड दिएकी छन् । नेपाली कांग्रेस वडा ईकाइ समिति पोखरा –१६ ले बाटुलेचौरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टीको सुदृढीकरण र एकबद्धता अभियानका लागि स्थानीय तहबाटै पहल गर्नुपर्ने बताएकी हुन् । नेतृ पाण्डेले पार्टीको संगठन निर्माणलाई तिब्रता दिनुपर्नेमा जोड दिदैं, त्यसको सुरुवात कास्कीबाटै गर्ने पनि बताईन् । १५ औं महाधिवेशनका क्रममा अन्य जिल्लाका प्रतिनिधिहरूबीच कार्यगत एकता देखिएको बताउँदैं, कास्कीमा भने त्यस्तो एकता नभएको गुनासो गरिन् । सो… पुरा पढौ

दुई दिनको विदा पुनरावलोकन गर्न जिल्ला समन्वय समिति कास्कीको सुझाव

जिल्ला समन्वय समिति, कास्कीले चाडपर्वको समयमा बजार अनुगमन र यातायात संचालनको क्षेत्रलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । समितिको शुक्रबार सम्पन्न बैठकले जिल्ला प्रशासन कार्यालय,कास्कीसहित स्थानीय तहहरूलाई चाडपर्वको समयमा हुने कालो बजारी तथा अनियमिततालाई रोक्न आग्रह गर्दै, नागरिकलाई सर्वसुलभ तरिकाले चाडपर्व मनाउने वातावरण निर्माण गर्न आग्रह गरेको हो । बैठकले यातायात व्यवसायीहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने गरेको गुनासो आएकोले सो हुन नदिन अनुगमनकारी निकाय थप सक्रिय बन्न अनुरोध गरेको समन्वय प्रमुख लिलाधर पौडेलले बताए । प्रमुख… पुरा पढौ

पोखरामा कौडा खेल्ने र खेलाउने पक्राउ

पोखरामा जुवा (कौडा) खेल्ने र खेलाउने गरी ७ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरमा कौडा खेलिरहेको भन्ने सुचना पाएपछि ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले कौडा खेलाउनेसहित खेलिरहेका ७ जनालाई बिहिबार पक्राउ गरेको हो । टोलीले त्यस क्रममा नगद ५७ हजार र १६ थान कौडा पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको कास्की प्रहरीका प्रवक्ता बिरेन्द्र कुमार पासवानले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

भूमे मैदानले गर्यो, शुभकामना आदानप्रदान

पोखरा –१९, घार्मीस्थित श्री भूमे मैदान बहुउद्देश्यीय सामुदायिक समूहले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीजनका चाडपर्वको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले यस्ता कार्यक्रमले आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष बैकुण्ठ पौडेलले संस्थाको समग्र प्रगति र विकासका लागि सबै सदस्य एकमत भएर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै, सबैलाई सहकार्यका साथ संस्थाको उन्नतिमा लाग्न अनुरोध गरे । उपाध्यक्ष डिल्लीराम पौडेलले संस्थालाई यस क्षेत्रकै गौरव गर्न लायक बनाउनु पर्नेमा जोड दिदैं सबैले माया,… पुरा पढौ

अन्नपूर्णमा कात्तिकभर विशेष छुट

अन्नपूर्ण प्याथ ल्याब (एपिएल) महेन्द्रपुलले चाडपर्वको अवसरमा युरिक एसिडको जाँच सित्तैमा गरिरहेको छ । दसैं, तिहार जस्ता महान् पर्वलाई लक्षित गरी अरु सबै प्रकारका जाँचमा पनि विशेष छुट दिइएको छ ।एपिएलकी अध्यक्ष गीता कार्की पन्थले आधुनिक उपकरण, अनुभवी प्राविधिक टोलीसहित सेवा प्रदान गरिहेको एपिएलले चाडपर्वमा विशेष छुट दिएको जनकारी दिइन् । भिटामिन डी, भिटामिन १२, ट्युमर मार्कर, कल्चरसहित सबै प्रकारका रक्त परीक्षणमा दिइएको छुट कात्तिक महिनाभर रहनेछ । सोही भवनमा रहेको अन्नपूर्ण सिटी क्लिनिकले पनि चाडपर्वको मौसममा युरिक एसिड सित्तैमा… पुरा पढौ

पोखरामा स्याउ मेला सुरु, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने

शिशिर उजाडपोखरा पोखरा महानगरपालिका वडा नं. १६ को अमरदिपमा स्याउ मेला सुरु भएको छ । नेपालीजनका महत्वपुर्ण चाडपर्वलाई लक्षित गर्दै स्थानीय कृषकद्वारा संचालित जय देउराली कृषि फर्मले मेलाको आयोजना गरेको हो । स्वदेशी उत्पादनको प्रर्वद्धन,कृषकलाई प्रोत्साहन र स्वदेशी उत्पादनको बजारीकरण गर्ने उद्धेश्यले मेला आयोजना गरिएको फर्मका संचालक वृन्दा तिवारीले जानकारी दिईन् । मेलाको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, व्यवसाय प्रर्वद्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पर्यटनकर्मि युवराज गुरुङ लगायतले अवलोकन गरेका छन् । उनीहरुले स्वदेशी उत्पादनलाई टेवा दिन… पुरा पढौ