समाज

झापा ‘बर्ड फ्लु’को उच्च जोखिममा, पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारै दिशामा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनामा सङ्क्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्ण रूपमा रोक लगाइएको उल्लेख… पुरा पढौ

गण्डकीमा सामाजिक सुरक्षा र सशक्तिकरणमा तीव्रता, दीर्घकालीन पुर्नस्थापना केन्द्रमा ९४ जनालाई आश्रय

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मन्त्रालयले महिला, बालबालिका तथा हिंसा पीडितहरूको संरक्षण, पुर्नस्थापना र सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। गण्डकी प्रदेश सभाको नवौं अधिवेशनमा यसअघि मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरुको जवाफल दिँदै उनले मंगलबार यस्तो बताएका हुन् । मन्त्रालयले हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि दीर्घकालीन पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याई हालसम्म ९४ जनालाई आश्रय प्रदान गरेको छ । तीमध्ये ४६ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ भने बाँकीले सुरक्षित आवाससहित मनोवैज्ञानिक सहयोग पाइरहेका… पुरा पढौ

बजेट अभाव हुँदा,पर्वतको विहादीमा विद्यालय अधुरो

पर्वतको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ । विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख बजेटमा निर्माण थालिएको थियो । थप बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माण स्थगित भएको हो । भवन सम्पन्न नहुँदा विद्यार्थी कष्टकर अवस्थामा अध्ययन गर्न बाध्य छन् । चार कक्षासम्म पढाइ हुने विद्यालयमा हाल १९ जना विद्यार्थी रहेको… पुरा पढौ

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

‘हो!हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ विविध चेतनामूलक कार्यक्रमका साथ देशका विभिन्न भागमा क्षयरोग दिवस मनाइएको छ । सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य हासिल गर्न सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धताका साथ यो दिवस मनाइएको राष्ट्रिय क्षयरोग केन्द्र्रका निर्देशक डा. भुवन पौडेलले जानकारी दिए । मुलुकमा अझै पनि ४२ प्रतिशत क्षयरोगी उपचार बाहिर रहेका बताउँदै उनले अधिकांश बिरामीमा रोग लुकाउने, परीक्षण नगर्ने बरू… पुरा पढौ

नासा नेपालद्वारा नवनिर्वाचित प्रतिनिधी सभा सदस्यको ध्यानाकर्षण

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले देशको सडक, यातायात, अटोमोबाइल, सडक सुरक्षा, साहसिक खेलकुद तथा दिगो पर्यटन विकासका विषयमा ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू सिन्धुलीका आशिष गजुरेल र बाग्लुङका सोम शर्मा लाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । कार्यक्रममा सांसद गजुरेललाई अटोमोबाइल, यातायात व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी विषयमा र अर्का सांसद सोम शर्मालाई साहसिक खेलकुद तथा दिगो पर्यटनसम्बन्धी विषयमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै… पुरा पढौ

कृषिको नीति निर्माण, सुशासन र कार्यान्वयन क्षमता अभिवृद्दि गर्न सरोकारवालालाई तालिम

सन्देश श्रेष्ठपोखरा, चैत ९ कृषिको नीति निर्माण, सुशासन कायम र कार्यान्वयन क्षमता अभिवृद्दि गर्ने उद्देश्यले पोखरामा सरोकारवालाहरुका लागि तालिम सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सरकार, प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र पाँच पालिकाहरु (हुप्सेकोट, सिरानचोक, म्याग्दे, जलजला र बडिगाड)को संयुक्त आयोजनामा वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्दन कार्यक्रम (जीप) र मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसीप (सिएमपिजीएफ)का सरोकारवालाहरुलाई तालिम सञ्चालन गरिएको हो । तालिममा प्रदेश तथा स्थानिय तहका सचिव, प्रमुख प्रशासकीय अधिकृत, योजना तथा उद्योग शाखा प्रमुखहरुसँगै जीप कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका… पुरा पढौ

दोस्रो वाडा अटो सो चैत ११ गतेदेखि पोखरामा

सन्देश श्रेष्ठपोखरा, चैत ९ पोखरामा चैत दोस्रो सातादेखि वाडा अटो शो हुने भएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन (वाडा)को आयोजनामा यहि चैत ११ गतेदेखि १५ गतेसम्म पोखरामा ‘दोस्रो वडा अटो सो’ हुने सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । नाडा अटोमोवाइल एशोसियसन अफ नेपालको प्रस्तुतीमा हुने वाडा अटो सो पर्यटकीय केन्द्र पोखराको लेकसाइडस्थित तालबाराही चोक स्थित खेल मैदानमा हुने वाडाका अध्यक्ष दीपेन्द्र कोईरालाले जानकारी दिए । वाडा अटो शो मा २० वटा स्टलहरु रहने आयोजकले जनाएको छ ।… पुरा पढौ

भुपु विद्यार्थी मञ्च रतन पाण्डे माविको अध्यक्ष सुरेन्द्र

पोखरा १३ आर्बामा रहेको भूतपूर्व विद्यार्थी मञ्च,रतन पाण्डे माविको दोस्रो अधिबेशनले सुरेन्द्रप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको सम्पन्नअधिवेशनले सचिवमा ऋषिराज बराल, सहसचिवमा बिनमबन्धु बराल र कोषाध्यक्षमा सन्तबहादुर थापालाई चयन गरेको हो ।यस्तै मञ्चको सदस्यमा प्रकाश बराल, ममता बराल,दिपेन्द्र सुनार, प्रविन बराल, निशा देवकोटा र सन्तोष सुनार छानिएका छन् । बाँकी आवश्यक पदहरूमा पछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष सुरेन्द्रप्रसाद बरालले जानकारी दिए । यज्ञबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद बराल, भुपु विद्यार्थी एवं… पुरा पढौ

देशका ५२ जिल्लामा पुष्प व्यवसाय बिस्तार

देशभरका ५२ जिल्लामा पुष्प व्यवसाय बिस्तार भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५२ जिल्लाका २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा मात्रै आठ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको छ । सो व्यवसायमा करिब ५३ हजार ५०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी समेत पाएको तथ्याङ्क छ । एशोसिएशनका अनुसार पछिल्लो समय विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्ष रु २७ करोड ७९ लाख बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात… पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा साउन यता १७ गैंडा मरे

चालु आर्थिक वर्षमा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा र १८ वटा चित्तल मरेका छन् । चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २/२ वटा, अजिङ्गर,… पुरा पढौ