समाज

बागलुङमा ‘कोरोना महामारी हाम्रो जिम्मेवारी’ सपथ अभियान

बागलुङमा कोरोना नियन्त्रण प्रभावकारी बनाउन ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ सपथ खुवाउने अभियान थालिएको छ । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा कोरोनासँग जुध्न प्रत्येक व्यक्तिको योगदान महत्वपूर्ण हुने भन्दै कर्मचारीलाई ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ शीर्षकअन्तर्गत ६ बुँदाको शपथ खुवाइएर अभियानको शुरुवात गरिएको छ । उक्त अभियानअन्तर्गत आ–आफ्नो निकाय, वडास्तर, सङ्घसंस्था र कार्यालयस्तरमा एक हप्तासम्म सञ्चालन गर्ने, बजार टोल क्षेत्रमा माइकिङ गर्ने, पत्रपत्रिका, रेडियो र पर्चापम्लेटबाट व्यापक प्रचारप्रसार गरी कोरोना नियन्त्रणमा सचेतना फैलाउने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। रोगबाट… पुरा पढौ

प्रेस संगठन कास्कीका संयोजक बराललाई कोरोना संक्रमण

प्रेस संगठन कास्कीका संयोजक माधव बराललाई कोरोना संक्रमण भएको छ । उनलाई आज कोरोना संक्रमण पुष्टी भएको हो । बराल पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजकसमेत हुन् । संयोजक बरालले आफू कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएको र बुधबार कोरोना संक्रमण पोजेटिभ देखिएको रिपोर्ट आएको एभरेस्ट आवाजलाई जानकारी दिए । संयोजक बरालले आफ्नो स्वास्थ्य अहिले सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेको जनाएका छन् । बरालले सचेत भएर सतर्कता अप्नाउन आग्रह गर्दै आफूपनि बच्न र अरुलाई बचाउनपनि आग्रह गरेका छन् । पुरा पढौ

चिसो बढेसँगै बाढीपहिरो पीडितलाई बासको चिन्ता

भदौ १७ गते भुजी खोलामा बाढीपहिरो नआएको भए यतिवेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँदमा बोबाङ झरेर चिसो छल्थे उनीहरू ।ढोरपाटन नगरपालिका–७, ८ र ९ का अधिकांश स्थानीयवासीको बसाइँ घुम्ती हुन्छ । हरेक वर्ष ६÷६ महिनामा हुने तलमाथिको बसाइँ यो वर्ष हुने कि नहुने भन्नेमा उनीहरू चिन्तित छन् । हिउँदमा बेसी झरेर बस्ने भुजीखोला छेउका घरमा भएका आफन्तसहित मासिएका घरहरूको सम्झनामा मात्रै उनीहरूसँग… पुरा पढौ

शिक्षालाई श्रम र सीपसँग जोड्न शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । शिक्षा नीति तथा अभ्यास केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘मधेसका शिक्षाका सवालहरु’ विषय संवादमा मन्त्री पोखरेलले शिक्षालाई श्रम, सीप उत्पादन हुँदै समृद्धिसँग जोड्न सकिएमा मात्र गुणस्तरीय र सर्वसुलभ शिक्षाको संविधानको मर्मलाई कार्यान्वयन गर्न सकिने बताएका हुन् । उनले यसका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षकलाई राजनीतिक दलगत सङ्गठनको सक्रियता नभइ कक्षाकोठाको सक्रियतामा ध्यान दिन आग्रह गरेका छन् । उनले तराई–मधेसको… पुरा पढौ

सङ्क्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन

कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातिदेखि लकडाउन जारी रहेको छ । त्यसैगरी जलजला गाउँपालिकामा मङ्गलबार रातिदेखि लागू हुने गरी यहि कात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको छ । उता महाशिला गाउँपालिकाले पनि अर्को निर्णय नहुने बेलासम्म गाउँपालिकाले तोकेका अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र हिँड्डुल, सवारी… पुरा पढौ

पोखराका थप ६९ जनामा कोरोना संक्रमण

कार्तिक १९ पोखरा । पोखराका थप ६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमनुना परिक्षणमा विभिन्न वडाका ६९ जनामा कोरोना संक्रमणको भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुुसार संक्रमितहरु १, २, ४, ५, ६, ७ ८, ९, १०, ११, १२, १४, १५, १६, १७, १८, १९, २५, २७, २८ र ३३ नं वडाका हुन् । यस्तै एक जनाको वडा खुलाइएको छैन् । यस्तै आज नै स्याङ्जको पुतलीबजार, अर्जुनचौपारी, आधिखोलाका ४… पुरा पढौ

थानकोट सडक बन्द

मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । गणेशमान सिंह मार्गअन्तर्गत चन्द्रागिरि–थानकोट सडक खण्डमा सडक फराकिलो पार्ने, बेस मिलाउने, रेडियस मिलाउने, कटिङ गर्नेजस्ता कार्य भइरहेको र सो क्रममा सेतो पहरा भन्ने ठाउँमा कटिङको कार्य भइरहेकाले सवारी आवागमन बन्द गर्नु परेको सरोकार समितिका सदस्य रामशरण नेपालले बताए। यसअघि सडक… पुरा पढौ

स्थलसेनाध्यक्ष नरवणे काठमाडौँमा

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत अभिवादन गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने छ । सोही अवसरमा राष्ट्रपतिसँग… पुरा पढौ

भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

कार्तिक १९ चितवन । कोरोना संक्रमणबाट चितवनको भरपुर अस्पतालमा एक महिलाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत पूर्वी चितवनको राप्ती नगरपालिका–१० घर भएकी ३९ वर्षिया महिलाको आज मृत्यु भएको अस्पताल प्रसासनले जानकारी दिएको छ । पुरा पढौ

अग्रज पत्रकार भण्डारीले जिते कोरोना

अग्रज पत्रकार राजु भण्डारीले कोरोनालाई परास्त गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)लाई पोखरेली पत्रकार भण्डारीले जितेर स्वस्थ भएका हुन् । उनले कोरोना संक्रमण भएको ५ हप्तापछि कोरोनालाई परास्त गर्न सफल भएको एभरेष्ट आवाजलाई जानकारी दिए । भण्डारीले बुधबार विहान आफ्नो रिपोर्ट नेगेटिभ आएको बताए । ‘तेश्रो पटकको परिक्षणमा रिपोर्ट बल्ल नेगेटिभ आयो’–उनले भने । शुरुमा सामान्य ज्वरो र त्यसपछि शरीर दुख्ने, टाउको दुख्नेलगायतका लक्षण देखिएपछि ३५ दिनअघि स्वाब दिदा कोरोना पुष्टि भएको थियो । पुरा पढौ