समाज

टान पश्चिमाञ्चलको अध्यक्षमा सुशील पौडेल, उपाध्यक्षमा पन्थी र आचार्य

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ (टान) पश्चिमाञ्चल अध्यक्षमा सुशील पौडेल सर्वसम्मत चयन भएका छन् । टान पश्चिमाञ्चलको बुधबार भएको सोह्रौं अधिवेशनले पौडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र द्वितीय उपाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । त्यस्तै सचिवमा मिलन तिवारी निर्विरोध चयन भएका छन् भने सहसचिवमा रेशव अधिकारी र कोषाध्यक्ष्ँमा किसमकुमारी गुरुङ चयन भएका छन् । अधिवेशनले सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोईराला र विकास गुरुङ चयन भएका छन्… पुरा पढौ

पोखरा २५ को वडा कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

पोखरा महानगरपालिका वडा नम्बर २५ को कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधिमा विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि वडा कार्यालय बुधबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको वडाध्यक्ष शोभाखर तिमिल्सिनाले जारी गरेको सूचनामा जनाइएको छ । सूचनामा वडाबासीलाईसमेत अत्यावश्यक कामबाहेक घरबाहिर हिंडडुल नगर्न आग्रह गरिएको छ । पुरा पढौ

मुख्यमन्त्री गुरुङलाई सांसद कोईरालाको प्रश्न : अस्पतालमा बेड नपाएर मर्नु परेको दोषपनि प्रचण्डलाई नै दिएर उम्किनु हुन्छ कि केहि गर्नुहुन्छ ?

गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले आफूले गर्न नसकेका कामपनि प्रचण्डलाई दोष दिएर उम्किने कि आफैले केहि गर्ने भनेर कडा प्रश्न सोधेका छन् । मुख्यमन्त्री गुरुङले बुधबार एक अनलाईन न्यूज पोर्टललाई ‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको प्रतिउत्तर स्वरुप जवाफ फर्काउँदै नेकपा गण्डकी प्रदेश सदस्यसमेत रहेका सभापति कोईरालाले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पार्टी कसको कारण फुट्छ र त्यसको परिणाम क–कसले कस्तो रुपमा ब्यहोर्नु पर्ला (यदि पार्टी फुट्यो भने) त्यो समयले… पुरा पढौ

मुख्यमन्त्री आफ्नो अभिव्यक्तिबाट ब्याक, भने : ‘मेरो अभिव्यक्तिलाई अतिरञ्जित बनाईयो’

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो अभिव्यक्तिलाई अतरञ्जित पारिएको स्पष्ट पारेका छन् । ‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने विवादित अभिव्यक्तिसहितको अन्र्तवार्ता दिएपछि विवादमा फसेका मुख्यमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित बनाइएको स्पष्ट पारेका हुन् । मुख्यमन्त्रीका तर्फबाट उनका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पार्टी अन्तर संघर्ष सम्बन्धमा मुख्यमन्त्रीज्यूको अभिव्यक्ति अतिरञ्जित र उत्तेजक शीर्षकमा समाचार बनेर आएछ, वास्तवमा मुख्यमन्त्रीज्यू पार्टी एकगठनका लागि मरिमेटेर लागिरहनु भएको छ ।’ न्यौपानेले मुख्यमन्त्रीको अभिव्यक्ति कुनै खास नेतालाई दोष… पुरा पढौ

भारतीय सेना प्रमुखले गरे कुमारीको दर्शन, पशुपतिको अवलोकन

कार्तिक १९ काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन धार्मिक कार्यमा व्यस्त भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका उनले कुमारीको दर्शन तथा पशुपतिमा विषेश पुजा गरेका छन् । उनले आज अपरान्ह बसन्तपुरस्थित कुमारीको दर्शन गरेका हुन् भने लगत्तै गौशलास्थित पशुपति नाथको मन्दिरमा विशेष पूजा समेत गरेका छन् । उनलाई बसन्तपुरबाट सैन्य स्कर्टिङमा रातोपुल हुँदै पशुपति लगिएको थियो । पशुपती दर्शनपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा… पुरा पढौ

चेतनाको सम्बाहक-महिला

आजभोली बिभिन्न संचार माध्यमहरुमा आउने बिज्ञापनमा, मरुन कलरको सारीमा भित्रबाट एकजना सुन्दर महिला बाहिर आउछिन् । सायद उनि कतै बाहिर जान लागेकी हुन् । सम्वादसंगै ती महिलाको नमिलेको सारीको मुजा उनका पतिले मिलाई दिन्छन् । महिलाले पनि पतिलाई कुनै कुराको सुचना,जानकारी शिक्षा दिईरहेकी हुन्छीन् । यो दृष्य नेपाली टेलिभिजनमा आउने नेपाली बिज्ञापन हो । बर्षौ देखि हामीले हेरेका नेपाली या हिंन्दी सिनेमा, सिरियल र बिज्ञापनमा पुरुषको सेवा गरेको मात्रै पाउथ्यौं । महिलाले पुरुषलाई अफिस जानका लागि कोट लगाइदिने, रुमाल,जुत्ता, ब्याग,गाडी… पुरा पढौ

बुधबार पोखराका १६२ जनामा कोरोना संक्रमण

कार्तिक १९ पोखरा । पोखरामा एकै दिन एक सय ६२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार विभिन्न चरणमा विज्ञप्ती निकाल्दै यस्को पुष्टि गरेको हो । निर्देशनालयले विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणका क्रममा पोखराका विभिन्न वडाका १६२ जनामा कोराना संक्रमण भेटिएको जनाएको छ । निर्देशनालयका अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि., पोखरामा ६९ जना, क्षयरोग उपचार केन्द्र, पोखरामा २२ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा १७ जना र क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा ७१ जनामा संक्रमण भेटिएको थियो… पुरा पढौ

पछिल्लो २४ घण्टामा कोरोनाले पोखराका ५ सहित गण्डकीमा ६ जनाको मृत्यू

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यू भएको छ । यसअघी हिजो ८ जना मृत्यू भएकोमा बुधबार थप ६ जनाको मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो पटक कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ की ४२ वर्षिया महिलाको मृत्यू भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको उपचारको क्रममा मृत्यू भएको निर्देशनालयले जनाएको छ । उनलाई कात्तिक १६ गते कोरोना पुष्टि भएको थियो । मृतक… पुरा पढौ

नेपालमा झण्डै १ लाख ४५ हजार संक्रमित ‘डिस्चार्ज’

कार्तिक १९ काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ४४ हजार नौ सय ७८ पुगेको छ । बुधबार देशभरबाट थप ३ हजार ८४४ जना डिस्चार्ज भए संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै सोही अवधीमा तीन हजार तीन सय नौ जनामा कोरोना संक्रमण भएको छ । हालसम्म नेपालमा कारोना पुष्टि हुनेको संख्या एक लाख ८२ हजार नौ सय २३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा… पुरा पढौ

भीर र खोंचमा खसेर २ जनाको मृत्यू

नवलपूरमा एक जनाको भीरबाट खसेर एक जनाको मृत्यू भएको छ । नवलपरासी पूर्व बुलिङटार गाउँपालिका वडा नम्बर ५ लपाकका ३१ वर्षिय पिहिसरा सार्कीको मृत्यू भएको हो । बुधबार विहान लापाकको भीरमा घाँस काट्न गएको बेला पिहिसराको भीरबाट खसेर मृत्यू भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । घाँस काट्न गएका सार्की दिउँसो अबेरसम्मपनि नआएपछि खोजतलास गर्दा भीरबाट २५ मिटर खसेको अवस्थामा भेटेको प्रहरीले जनाएको छ । त्यस्तै, म्याग्दीमा एक जनाको खोंचमा खसेर मृत्यू भएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर… पुरा पढौ