समाज

प्रहरीले गर्यो खोंचमा खसेकाको उद्धार

पोखरामा बुधबार विहान खोंचमा खसेकाको प्रहरीले उद्धार गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १ गाईघाटस्थित सेती नदी किनार (खोंचमा) खसेकाको प्रहरीले उद्धार गरेको हो । विहान ७ः५० बजेदेखि सेती खोंचमा खसेका पोखरा महानगरपालिका वडा नम्बर २ निवासी ३४ वर्षिय सम्राट राणालाई प्रहरीले जिवितै उद्धार गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिए । उद्धार गरिएका राणालाई सामान्य चोटपटकबाहेक अन्य केहि नभएको र अवस्था सामान्य रहेको डिएसपी हमालले बताए । पुरा पढौ

पिगपार्कबाट निस्कने हजारौं बंगुरको मलमुत्र सिधै सेती नदीमा, रोक्ने कसले ?

पोखराको मध्य भाग भएर बग्ने सेती नदी धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । एकातिर धार्मिक दृष्टिकोणले हेर्दा सेती नदीमा नुहायो भनेपनि धर्म मिल्छ भन्ने धार्मिक विश्वास रहि आएको छ । अर्कोतिर पर्यटकीय हिसाबले सेती नदी पोखराको फेवाताल जत्तिकै महत्वपूर्ण मानिन्छ । धार्मिक महत्वकै कारण आम सर्वसाधारण माघे सक्रान्ति, ठूली एकादशीलगायतका चाँडपर्वमा सेती नदीमा आएर नुहाउँछन् । त्यतिमात्र होईन, कास्कीका अधिकांश तथा नजिकका तनहुँ, पर्वत, स्याङ्जाबाटसमेत सेतीमा दाहसंस्कारका लागि शव लिएर आउने गर्छन् । सेती नदी जति धार्मिक दृष्टिकोणले महत्वपूर्ण… पुरा पढौ

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् ।शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान लागेको बताएका छन् । हाल माइती नेपालको पुनस्र्थापनागृहमा राखिएका उनीहरुलाई अनुसन्धान सकिएपछि अभिभावकको जिम्मा लगाइने… पुरा पढौ

सूर्योदय हेर्न हाँडीकोट

सूर्योदय हेर्न बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोट पुगेका आन्तरिक पर्यटक । दुई हजार १९५ मिटरको उचाइमा रहेको हाँडीकोटबाट सूर्योदय÷सूर्यास्तसँगै मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । तस्बिर ः रामबहादुर थापा÷ रासस पुरा पढौ

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराउने गरेका छन् । व्यापारीले भने सुरक्षाकर्मीलाई छलेर व्यापार गर्ने गरेका छन्… पुरा पढौ

कुशको शव बनाएर दाहसंस्कार

मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर आज परिवारले दाहसंस्कार गरेका छन् । गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो । टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उहाँको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात् पिसीआर परीक्षण गर्दा… पुरा पढौ

फेडोको दसैं राहतसँगै विष्णुको ओंठमा मुस्कान

गत वर्षदेखि नै प्यारालाइसिसले थलिएका पोखरा–११ काहूँका विष्णु परियारलाई आइतबार एक्कासी च्याप्यो। हाल उनी मणिपाल शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका छन्। जेठी बुहारी सुत्केरी भएकी छन्। जेठो छोरा दुर्घटनामा परे । कान्छो छोरा कुवेत जानेवित्तिकै कोरोना महामारी सुरु भयो। दसैंको मुखैमा उनको परिवारमा बज्रपात प¥यो। सिलाइ पेसा गरेर आम्दानी गर्ने श्रीमान थलिएदेखि सीता परियारको आँखामा आँशु थामिएको छैन। जेठो छोराले ल्याएको दसैं खर्च बुबाकै उपचारमा सकियो। वडा कार्यालयले विष्णुको उपचार गर्न १० हजार रुपैयाँ दियो। श्रीमान निको हुने नहुने द्विविधा… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो

आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो।यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ। चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ

पेस्तोल र वन्यजन्तु सामग्रीसहित तनहुँमा एक जना पक्राउ

अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन्।प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिगएको प्रहरी टोलीले दुई थान पेस्तोलसहित उनलाई घरबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। उनका अनुसार गुरुङको घरबाट प्रहरीले दुई थान पेस्तोल सहित वन्यजन्तुसँग सम्बन्धित सामग्री बरामद गरेको छ। घरभित्र लुकाई राखेको अवस्थामा… पुरा पढौ

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ। ‘आफन्त नेपाल’ भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो। उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन्। वैदेशिक रोजगारीका लागि भन्दै भारत पु¥याइएका ती बालकलाई उद्धार गरेर मंगलबार अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए। उनका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको गाजियावादबाट उद्धार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै… पुरा पढौ