समाज

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै… पुरा पढौ

श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने

पोखरा ।पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्रम हुने भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकको आयोजनामा श्रावण १८ देखि भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमीसम्म एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्रम हुने श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार श्रीमदवीतकको पहिलो दिन साउन १८ गते शोभायात्रा तथा कलश यात्राको आयोजना गरिने छ । शोभायात्रा पश्चात पोखरा महानगरपालिका वडा… पुरा पढौ

सांघाई अटो एक्स्पोमा सहभागी हुन गण्डकीका २२ सहित ३० जना मेकानिक जाँदै

सन्देश श्रेष्ठपाोखरा, साउन १७ चीनको सांघाईमा हुने अटो एक्स्पोमा सहभागी हुन नेपालबाट ३० जनाको जम्बो टोली जाने भएको छ । चार दिनसम्म चल्ने एक्स्पोमा अटो क्षेत्रमा आएको आमूल परिवर्तनलाई नजिकबाट नियाल्न र त्यसको मर्मत सम्भार सम्बन्धी तालिम लिन पोखराका २२ जना सहित देशभरका ३० जना अटो मेकानिक्सहरु सोमबार त्यसतर्फ जाने लागेका हुन् । एपेस सोर्सिङ एण्ड म्याचिङ कन्फरेन्स–२०२६ को निमन्त्रणामा त्यहाँ हुने एक्स्पोको म्याचिङ सेसनमा सहभागी हुन नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नेतृत्वमा टोली जान लागेको हो । ८० देशका… पुरा पढौ

रोटरीको अभियान अन्तर्गत तुलसीघाटमा वृक्षरोपण

पोखराको तुलसीघाटमा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले आइतबार वृक्षरोपण गरिएकोे छ। रोटरी क्लब अफ पोखरा अन्नपूर्ण, इनरह्विल क्लब अफ अन्नपूर्ण,इनरह्विल क्लब अफ अन्नपूर्ण जुभेनाइल जिलको आयोजनामा वृक्षरोपण गरिएको हो । प्रत्येक बर्ष गरिने कार्यक्रम अन्गरगर्त उक्त कार्यक्रम गरिएको र १ लाख बिरुवा रोप्ने उद्धेश्य रहेको रोटरी क्लब अफ पोखरा अन्नपूर्णका पुर्व अध्यक्ष सइन्द्रराज श्रेष्ठले जानकारी दिए । गएको बर्षबाट शुरु भएको यो अभियानमा रोपिएका सबै बिरुवा फलफुलका रहेको श्रेष्ठले उल्लेख गरे । कार्यक्रममा रोटरी क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष रोटरियन सरोज… पुरा पढौ

पोखराको अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई सरकारले प्राथामिकता दिएको छ: पर्यटन मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल गनेशले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप सशक्त बनाउने प्रतिबद्धताजनाएका छन् । मन्त्रालय र पोखरा महानगरपालिकाबिच पर्यटन प्रवर्द्धनका बिषयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले पोखरालाई थप सशक्त पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्न सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण तथा अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको स्पष्ट पारे। उनले पोखरासँग जोडिएका प्रमुख सडक सञ्जालको स्तर सुधार गर्दै पर्यटकको सहज आवागमन सुनिश्चित गरिने उल्लेख गरे । साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका… पुरा पढौ

मगर संघ संगम इकाईमा सञ्चालित मगर भाषा कक्षाको समापन

पोखरामा संचालन भएको १५ दिने आधारभूत मगर भाषा प्रशिक्षण सम्पन्न भएको छ । नेपाल मगर संघ, संगम इकाई समिति, पोखरा–२९, खल्याड, कास्कीको आयोजनामा भएको प्रशिक्षणमा त्यस क्षेत्रका २५ जनाको सहभागीता रहेको समितिका अध्यक्ष खर्कबहादुर थापामगरले जानकारी दिए । समापन कार्यक्रममा बोल्दै नेपाल मगर लेखक संघका केन्द्रीय उपाध्यक्ष एवं मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले यस्ता प्रशिक्षणले मगर भाषाको संरक्षण र उत्थानमा महत्वपूर्ण टेवा पुग्ने बताए । प्रशिक्षणका क्रममा सिकेका कुरालाई बोलचाल र अभ्यासमा ल्याउन आग्रह गर्दै उनले घरपरिवारमा नबोलेसम्म मगर भाषाको… पुरा पढौ

सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक रहेको बताएकी छन् । तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उनले नेता अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गर्नुभएको उल्लेख गर्दै उहाँको त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिन्। पूर्वराष्ट्रपति भण्डारीले पछिल्ला दिनमा सुनसरीसहित पूर्वी तराईका केही जिल्लामा देखिएका तनाव र… पुरा पढौ

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका क्रममा यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा गएको हिम पहिरोमा परी आरोहीहरूको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति मार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै ब्रोड पीक चढ्ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ । नेपाली… पुरा पढौ

शिक्षकलाई दिईयो, निःशुल्क एआई तालिम

पोखरामा स्थापना भएको स्किल ब्रिज एकेडेमीले शिक्षकहरूलाई एआई र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी निःशुल्क तालिम प्रदान गरेको छ । तीन दिनसम्म संचालन भएको तालिम आइतबार सम्पन्न भएको हो । तालिममा शिक्षकहरूका लागि सिकाइ सहजीकरणमा आवश्यक विभिन्न एआई टुलहरू र आइसिटीसम्बन्धी बिषय समावेश गरिएको थियो ।प्रशिक्षकहरू केआर ढकाल, खेमराज पौडेल र रुपिन्द्र प्रभावीले तालिमको सहजीकरण गरेका थिए । तालिममा करिब १ हजार जना शिक्षकहरु सहभागी भएको एकेडेमीकी अध्यक्ष कमला श्रेष्ठले जानकारी दिईन् । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा एकेडेमीका सञ्चालक… पुरा पढौ

नेपाली कांग्रेसमा युवा नेताद्वारा ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा

नेपाली कांग्रेसभित्र सक्रिय भएका दुई समुहलाई मिलाउन युवा नेताले सक्रियता बढाएका छन् । पार्टी नै विभाजनको डिलमा पुगेको भन्दै,सभापति गगन थापा र संस्थापनइतरलाई एकजुट बनाउने उद्देश्य स्वरुप उनीहरुले ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन् । आइतबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी युवा नेताहरुले अभियान मार्फत पार्टी एकताका लागि दबाब दिने बताएका छ् । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायतको अगुवाईमा अभियानले यही साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने निर्णय गरेको जानकारी दिईएको छ । पार्टीभित्रको… पुरा पढौ