समाज

लेकसाइडमा पर्यटकलाई दुःख दिने थप ३ महिला र फरार कैदी पक्राउ

पोखराको महत्वपुर्ण पर्यटकीय क्षेत्र लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनावश्यक दुःख र हैरानी दिने थप ३ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रातिको समयमा पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउने, हैरानी दिने र लुटपाट गर्ने गरेको जनगुनासोका आधारमा उनीहरूलाई मगंलबार बिहान पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई अनुसन्धान लागि नियन्त्रणमा लिएको जनाईएको छ । पछिल्लो समय लेकसाइड क्षेत्रमा पर्यटकलाई विभिन्न किसिमका प्रलोभन देखाई दुःख दिने, हैरानी पार्ने… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित पातीखोला गुफाको संरक्षणका लागि महायज्ञ हुने

सन्देश श्रेष्ठपोखरा, बैशाख ८ कास्कीको पातीखोला गुफाको संरक्षणका लागि महायज्ञ हुने भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर–४ र ५ को सिमानामा पर्ने गुप्तकालिकाका रुपमा पुजिदै आएको पातीखोला गुफा संरक्षणका लागि महायज्ञ गरिन लागेको हो । पातीखोला गुफा संरक्षण समितिको आयोजना, माछापुच्छ«े गाउँपालिकाको संरक्षकत्व तथा स्थानिय आमा समूह, टोल सुधार समिति, क्लव तथा सामाजिक संघसंस्थाहरुसँगको सामुहिक सहकार्यमा यहि बैशाख १७ गतेदेखि २४ गतेसम्म माछापुच्छ«े–४ लाहाचोकस्थित जोगीचौर मणि परिसरमा श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ–२०८३ गरिन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलन… पुरा पढौ

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यही वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए । यस्तै आठ लाख बालबालिकालाई बालभिटा खुवाइएको छ । देशैभरका छ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र छ… पुरा पढौ

पोखराको काउँरेमा पञ्चमुखी हनुमानको विशाल मुर्ति स्थापना,पोखराको धार्मिक पर्यटनमा थप टेवा पुग्ने अपेक्षा

पोखरा महानगरपालिका वडा नं. १९ मा पञ्चमुखी हनुमानको विशाल मुर्ति स्थापना गरिएको छ । १७ फिटको शिलाबाट निर्माण गरिएको सो मुर्तिलाई सोमबार धार्मिक अनुष्ठानसहित प्राण प्रतिष्ठा गरिएको हो । पुरञ्चौरको उपल्लो काउरेस्थित आनन्दधाममा स्थापना गरिएको वजरंगबली संकटमोचन महावीर अहिरावण वधकारी पञ्चमुखी पवन पुत्र श्री हनुमान जीको मूर्तिको प्राण प्रतिष्ठा पश्चात् नगर प्रमुख धनराज आचार्यले अनावरण गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले पोखरा प्राकृतिक मात्र नभई सांस्कृतिक र धार्मिक दृष्टिले पनि महत्वपुर्ण स्थल रहेको बताए । उनले विशाल मुर्तिको स्थापनासँगै… पुरा पढौ

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् । समितिको सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्ष विक्रम गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन् । समितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, सचिवमा उमेश क्षेत्री, सहसचिवमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ चयन भए । सदस्यहरूमा सन्तोष गुरुङ, मनिसा गुरुङ, रुक्सा गुरुङ, मनोज गुरुङ, विनोद सुनार, मेलिना गुरुङ ठकुरी, सुजल… पुरा पढौ

बेल्टार बजारमा आगलागी, दुई जनाको मृत्यु

उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काका घरमा आज विहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिए । उनका अनुसार आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण गर्नका लागि छिमेकी त्रियुगा र चौदण्डी गढी नगरपालिकाका दमकल र प्रहरी तथा स्थानीय जनताको सहभागिता… पुरा पढौ

पर्वतको गण्डकी गोपाल गौशालामा पूर्वाधार थप

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । गौशालालाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित सङ्घीय सरकार र स्थानीय जलजला गाउँपालिकाको करिब रु साढे चार करोड बराबरको संयुक्त लगानीमा संरचना निर्माण गरिएका हुन् । गाउँपालिका र सङ्घीय सरकारको ५० /५० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०८०/ ८१ मा विनियोजित रु एक करोड २५ लाख ८५ हजार २३२ बजेटबाट धर्मशाला, हवनकुण्ड, कुटी, ध्यानकुटी, सभाहललगायतका संरचना निर्माण गरिएका थिए । आव २०८१ /८२ मा सङ्घीय… पुरा पढौ

काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिए । बङ्गलादेशबाट हाल काठमाडौँमा नियमित उडान हुँदै आएको छ । नेपालको… पुरा पढौ

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई… पुरा पढौ

यसरी फेरिदैछ कास्कीको रुपा तालको रुप

अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा राख्दै अहोरात्र एकसाथ विभिन्न काम गरिरहेको छ । विभागमा महानिर्देशक महानिर्देशक ई मित्र बरालले जलस्रोत संरक्षण कार्यक्रम अन्तर्गत विभागले रुपाताल संरक्षणमा गुरुयोजना कार्यान्वयन गरिराखेको जानकारी दिए ।… पुरा पढौ