समाज

सिद्ध माविमा अक्षयकोष स्थापना

युनाइटेड क्लब, पोखराले वडा नं १५ मा रहेको सिद्द माविमा अक्षयकोष स्थापना गरेको छ । वडा भित्रका गरिब, बिपन्न परिवारका बालबालिका पढ्न तथा विद्यालयको समग्र शैक्षिक सुधारमा सहयोग पुर्याउने उद्धेश्यले ५५ हजार ५सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गरिएको हो। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष लोक वहादुर थापाले सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल र प्रधानाध्यापक गुरुदत्त कोइरालालाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा अग्रणी संस्था युनाइटेड क्लबले गरेको सहयोग अतुलनिय रहेको बताए… पुरा पढौ

सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण

पोखरा १९ घार्मीमा रहेका कृषकलाई मौरी घार वितरण गरिएको छ । स्थानीय घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारीले आफ्ना सेयर सदस्य कृषकहरुलाई कृषि ज्ञान केन्द्र कास्कीको अनुदानमा ५० वटा घार मौरी वितरण गरेको हो । शनिवार आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख सुदिप खतिवडा, सहकारी अध्यक्ष पोषराज पौडेल तथा कृषि उपसमिति संयोजक माधव प्रसाद पौडेलले कृषकहरुलाई मौरी घार हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै केन्द्रका प्रमुख खतिवडाले घार्मी गाउँ मौरी पालनका लागि उपयुक्त क्षेत्र रहेको बताउँदै, सहकारी संस्थाको पहलमा… पुरा पढौ

क्व्होलासोथारको एक हजार २०० वर्ष पुरानो ऐतिहासिकता उजागर गरिँदै

तमु समुदायको एक हजार २०० वर्ष अघिको इतिहास जोडिएको क्व्होलासोथारको ऐतिहासिकता उजागर गर्नका लागि तमुु समुदायले सक्रियता बढाएका छन् । ऐतिहासकस्थल भएर पनि यसको उजागर र प्रवर्द्धन हुन नसकेको भन्दै तमु समुदायसम्बद्ध सङ्घसंस्थाले चासो देखाएका हुन् । ऐतिहासिकताको उजागर गर्दै यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रयासहरू भइरहेको अवस्थामा तमुु प्येल्हु सङ्घ युकेको टोलीले आइतबारदेखि पोखराबाट लमजुङको भुजुङ हुँदै त्यसतर्फको यात्रा तय गरेको सङ्घका अध्यक्ष डेमबहादुर गुरुङले जानकारी दिए। तमु जातिको पहिचान एवम् अस्तित्वसँग जोडिएको क्व्होलासोथारको… पुरा पढौ

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन् । काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा देवले चिकित्सकहरूले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने जस्ता कार्य… पुरा पढौ

आज विश्व सम्पदा दिवस मनाइँदै

सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था ९युनेस्को०अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ ९वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू०, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । पुरा पढौ

श्रम ऐन बमोजिम मात्रै कामदार राख्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुरोध

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्नरनगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस मन्त्रालयमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकरस्वास्थ्यकर्मीरनर्सिङ स्टाफलगायत कर्मचारीहरूका साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको, प्रचलित कानुनले तोकेकोभन्दा बढी समय काममा लगाइएको भन्ने उजुरी तथा गुनासाहरू प्राप्त भएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको प्रष्ट पारेको छ ।‘श्रम ऐन, २०७४ को दफा २ ,ढ मा ‘रोजगार सम्झौता’ भन्नाले… पुरा पढौ

विपद् जोखिम न्यूनीकरणका लागि तीन दिनभित्र स्रोत यकिन गरिने

विपद्सम्बन्धी विषयहरूको वर्गीकरण गरी तीन दिनभित्र जोखिमका आधारमा प्राथमिकीकरण गर्ने र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने कामहरू असार १५ गतेभित्र सक्ने निर्णय भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभा सदस्यहरूले छलफलमा विपद्सम्बन्धी विषयहरूउठाएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी निकायका अधिकारीहरूको बैठकले आगामी सुक्खायाम र वर्षायाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत यकिन गर्ने तथा अपुग स्रोत तीन दिनभित्र माग गर्ने निर्णय समेत गरेको छ । बैठकले सुक्खायाममा खडेरी र वन डढेलो… पुरा पढौ

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ । विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिईन् । “तीन दिन सम्मको नियमित मौसम पूर्वानुमान दैनिक बिहान ८ः०० र साँझ ६ः०० बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा… पुरा पढौ

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरुले नियमितरुपमा गुनासो टिपाउन थालेका छन् । मन्त्रालयको निर्देशन कार्यान्वयनका लागि लिखित रुपमा सबै स्थानीय तहलाई अनुरोध गर्नाका साथै भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सहायता कक्ष स्थापना गरिएको छ । केन्द्रका निर्देशक निर्मलप्रसादसिंह राठौरले विद्यार्थी भर्ना शुल्कलगायत विषयमा विभिन्न माध्यमबाट सरकारी निकायलाई प्राप्त गुनासा समयमा सम्बोधन गरी सेवा प्रवाहको प्रभावकारिता वृद्धिमा सहायता कक्ष क्रियाशील रहेको बताए । “मेरो… पुरा पढौ

ऐतिहासिक थलो क्होला सोंथरलाई विश्व सम्पदा सुचीमा समावेश गर्न तमु प्ये ल्हु संघको ध्यानाकर्षण

तमु जातिको ऐतिहासिक थलो क्होला सोंथरमा भ्रमण वर्ष २०२६ सम्पन्न भएको छ । तमु प्ये ल्हु संघ हङ्गंकङ्गको आयोजनामा गत चैत २५ देखि ३० गतेसम्म क्होला सोंथर, ताङ्गतिङ्ग र सिक्लेसको भ्रमण भएको थियो । भ्रमणका क्रममा सहभागिले तमु जातिका ऐतिहासिक तथा प्राचिन सम्पदाको अध्ययन समेत गरेको छ । अध्ययन पछि टोलीले आज पोखरामा पत्रकार सम्मेलन गर्दै भ्रमणका निष्कर्षलाई सार्वजनिक गरेको छ । तमु प्ये ल्हु संघ हङ्गंकङ्गका अध्यक्ष मनबहादुर क्रोम्छैं तमुले ऐतिहासिक थलो क्होला सोंथरमा भएका महत्वपुर्ण सामाग्री हराउँदै गएको… पुरा पढौ