समाज

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए । अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ । तथ्याङ्क एकीकरणपछि जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुनेछन् ।पछिल्लो समय सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिक सेवाहरूलाई अनलाइन माध्यमबाट उपलब्ध… पुरा पढौ

सहारा विद्यालयलाई नेस्ट पोखराले सघाउने

पोखराको शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई नेस्ट पोखराले सहयोग गर्ने भएको छ । नव बर्षको अवसरमा विद्यालयमा आयोजित शुभकामना आदनप्रदान तथा अभिभावक अन्तरक्रिया कार्यक्रममा नेस्ट पोखराले विद्यालयमा अध्ययनरत करिव १ सय भन्दा बढि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग र तिनका अभिभावकलाई निःशुल्क जीविकोपार्जन सम्वन्धि तालिम प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरेको छ । कार्यक्रममा नेस्ट नेपालका सचिव कुम बहादुर गुरुङले संस्थाले विपन्न आर्थिक अवस्थाका व्यक्तिहरुलाई स्वबलम्वन सम्वन्धि तालिम प्रदान गरि आत्मनिर्भर क्षमताको विकास गर्ने गरि कार्यक्रमहरु सञ्चालन गरिरहेको वताए । नेष्ट… पुरा पढौ

पोखराका होटेल ९० प्रतिशत भन्दा बढी भरिभराउ

नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत भन्दा बढी भरिभराउ भएका छन् । नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल सङ्घ नेपाल,पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। नेपाली नयाँ वर्षकै अवसरमा सङ्घले सञ्चालन गर्दै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका कारण पनि पोखरामा पर्यटकको आगमन बढाएको उनले बताए। प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण चासो र चर्चा कमाएको पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुका साथै… पुरा पढौ

पोखरा महानगरको सार्वजनिक सुनवाइमा फेवातालकै चर्चा

पोखरा महानगरपालिकाले प्रदान गर्ने सेवा तथा विकासका गतिविधिलाई प्रभावकारी बनाउन महानगरबासीले महत्वपूर्ण सुझाव दिएका छन् । आइतबार पोखरा सभागृह हलमा पोखरा महानगरपालिकाले आयोजना गरेको चालु आर्थिक वर्ष २०८२÷०८३ को चैत्र महिनासम्मको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका नागरिक र सर्वेक्षणमा सहभागी बनेका सेवाग्राहीले महानगरको काम कारवाहीलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका छन् । कार्यक्रममा सबै भन्दा बढी जिज्ञासा तथा सुझाब महानगरले केही दिन अगाडि पोखराको फेवातालको ६५ मिटर मापदण्ड भित्र भएका संरचना हटाउने कार्यसँग सम्बन्धित रहेको थियो । कतिले… पुरा पढौ

एगा पोखराले गर्यो क्यान्सर पिडितलाई सहयोग

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले क्यान्सर पिडित बुद्धिबहादर क्षेत्री र मीरा पन्तलाई आर्थिक सहयोग गरेको छ । नयाँ वर्ष २०८३ आगमनको अवसर पारी आज आयोजित शुभकामना आदानप्रदान तथा सामाजिक उत्तरदायित्व कार्यक्रममा संस्थाका सदस्य समेत रहेका पिडित क्षेत्री र पन्तलाई सहयोग गरेको हो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले एगा पोखराले व्यवसायिक दक्षता अभिबृद्धिसँगै समाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे । पर्यटन प्रवद्र्धन लगायतका विभिन्न गतिविधिमा एगासँग निरन्तर सहकार्य गर्दै आइएको बताउँदै उनले आगामी दिनमा पनि… पुरा पढौ

बेगनासताल बराह क्षेत्र विकास संस्थामा सुरेन्द्र

बेगनासताल बराह क्षेत्र विकास संस्था, पोखरा –३१, बेगनासको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र सापकोटा निर्विरोध निर्वाचित भएका छन्। नवगठित कार्यसमितिको उपाध्यक्षमा भुवनेश्वर कडेल, सचिवमा प्रदीप राज कडेल, सह–सचिवमा संकल्प कंडेल र कोषाध्यक्षमा सीता हिमाल निर्विरोध चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा विष्णु माया कंडेल, ओम कुमारी बराल, फणीन्द्र कंडेल, रमेश कंडेल, ज्ञानु जलारी र केशवराज तिवारी निर्वाचित भएका छन्। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३१ का अध्यक्ष ढकनाथ कंडेलले बेगनासताल क्षेत्रको विकासले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने… पुरा पढौ

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । यसअघि शुक्रबार र शनिबार बन्दीपुरमा पर्यटकको भीड हुने गरेकामा बिदाका कारण आइतबार पनि पर्यटकको आगमन बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । उनले भने, “पछिल्लो समय सर्वसाधारणमा घुम्ने संस्कृतिको विकास भएको छ । त्यसमाथि सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेपछि बन्दीपुरमा आन्तरिक पर्यटक बढ्दैछन् ।” प्रधानले आइतबारमात्रै एक हजार बढी… पुरा पढौ

एमाले नेता थापालाई मातृशोक

नेकपा एमाले कास्कीका नेता चित्रबहादुर थापालाई मातृशोक परेको छ। एमाले कास्कीका पुर्व सल्लाहकार थापाका ममतामयी आमा पोखरा १६, बाटुलेचौर, चण्डीका टोल निवासी पुतली थापाको ८८ बर्षको उमेरमा आइतबार राती आफ्नै निवासमा निधन भएको हो। स्वर्गीय थापाको सोमबार बिहान लामाचौर,तल्लो गोस्तेस्थित तुलसी घाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।उनको पार्थिव शरीरमा छोरा चित्र बहादुर थापाले दागबत्ती दिएका थिए।त्यस अघि स्वर्गीय थापाप्रति बिभिन्न राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ता, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीयले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै, उनको योगदानको स्मरण गरेका… पुरा पढौ

‘पोखरा घर’ निर्माणको अन्तिम चरणमा

पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा निर्माणाधीन उक्त भवनको भौतिक प्रगति ९५ प्रतिशत पुगेको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरको भवन तथा अन्य पूर्वाधार शाखाका प्रमुख इन्जिनियर लक्ष्मीप्रसाद गौतमले इलेक्ट्रिकलतर्फको मात्र काम बाँकी रहेको बताए । दुई वर्षअघि निर्माण थालिएको ‘पोखरा घर’ छिट्टै सञ्चालनमा ल्याउने तयारी छ । भूमिगत पार्किङसहितको उक्त भवनमा कोसेली घर, एकीकृत सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरीलगायत रहने जनाइएको छ । “पहिलो तलामा कोसेली घर सञ्चालनका लागि ठेक्का… पुरा पढौ

नयाँ बर्षलाई स्वागत गर्न वेगनासमा ‘फिस फेष्टिभल’

नेपाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथले वेगनासताल किनारमा फिस फेष्टिभलको आयोजना गर्ने भएको छ । नयाँ बर्षलाई सदैव उत्साह पुर्वक मनाउनका लागि चैत्र ३० गते सोमवार एकदिने कार्यक्रमका साथ माछा महोत्सव गर्न लागेको सस्थाका अध्यक्ष सुरेश लामिछानेले जानकारी दिएका छन् । वेगनासतालको प्रचार प्रसारमा सहयोग पुग्ने र तालबाट माछा उत्पादन गरि आय आर्जनमा सहयोग पुग्ने उदेस्यले माछा महोत्सव गर्न लागिएको हो । सोमवार दिउसो २ ः०० बाट औपचारीक कार्यक्रम सुरु गरि विविध सांस्कृतीक कार्यक्रम… पुरा पढौ