समाज

पोखरा सडक महोत्सवमा भोलि स्वप्न सुमन र केहर लिम्बु गुञ्जिदै

पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा पुस १५ गते भोलि मंगलबार अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिदै छन् । तमु समुदायको महान पर्व ल्होसारको दिन भएकाले दिउँसो ल्होसार विशेष कार्यक्रम चल्नेछ भने साँझदेखि लाईभ प्रस्तुती शुरु हुनेछ । दिउँसो विविध सांस्कृतिक कार्यक्रम तथा रोँधी कार्यक्रम चल्ने अलटेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । साँझमा भने लाईभ व्याण्ड प्रस्तुतीमार्फत स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित… पुरा पढौ

पोखरा सडक महोत्सव : न्यू ईयर ईभमा डि-मर्चा पनि गुञ्जिदै

पोखरा, पुस १२ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखरेली चर्चित व्याण्ड डि-मर्चा पनि गुञ्जिने भएको छ । ९० को दशकमा उदाएर हालसम्म पनि उत्तिकै दमदार स्टेज तताउने गरेको डि–मर्चा झण्डै एक वर्षपछि पोखरामा गुञ्जिन लागेको हो । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभ विशेष कार्यक्रममा डि-मर्चाले लाईभ प्रस्तुती दिने सांगीतिक कार्यक्रम संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए… पुरा पढौ

पोखरा २६ का कृषकलाई कृषि सामग्री तथा औजार वितरण

पोखरा महानगरपालिका वडा नं. २६ स्थित जनप्रिय सहकारी संस्था लिमिटेडले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषि सम्बन्धी सामग्री तथा औजार वितरण गरेको छ। कृषि विकास कार्यालय विरौटाबाट ५० प्रतिशत अनुदानमा प्राप्त मिनी टेलर (हाते ट्र्याक्टर) आलु रोप्ने फालीसहित वितरण गरिएको हो भने सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोदाली, चाँदे कोदाली, बाउसो, स्प्रे, करौते, हसियाँ र हजारीलगायतका कृषि औजारहरू पनि ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि कृषि विकास कार्यालय बागबानीका अधिकृत… पुरा पढौ

टान गण्डकीको २ दिने पुर्नताजगी तालिम सम्पन्न

पोखरा, पुस १४ टे«किङ एजेन्सीस्ज एशोसिएन अफ नेपाल (टान) गण्डकीको दुई दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ । टान गण्डकीको आयोजना तथा संयक्त राष्ट्र संघीय विकास कार्यक्रम समन्वय र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पदयात्रा क्षेत्रमा सक्रिय पथप्रर्दशक तथा सहयोगीहरुलाई लक्षित गरि आयोजित तालिम आईतबार समापन भएको हो । ९२ जना पथप्रदर्शक तथा सहयोगीहरु सहभागी तालिममा प्रशिक्षकहरुले पदयात्रामा जाँदा आउने चुनौति र त्यसको सामना गर्ने उपायहरुबारे तालिम दिएका थिए । तालिम समापन कार्यक्रममा बोल्दै टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पथप्रदर्शकहरु रोजगारीको… पुरा पढौ

सडक महोत्सवको सांगीतिक उत्सव : आज लोकल व्याण्ड, भोलि स्वप्न सुमन र केहर लिम्वु गुञ्जिदै

पोखरा, पुस १४ पोखरा सडक महोत्सवमा आज स्थानिय व्याण्डहरुले प्रस्तुती दिदैछन् । पोखरा सडक महोत्सवको मुख्य आकर्षण सांगीतिक उत्सवमा आज ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेता व्याण्डहरुले आज लाईभ प्रस्तुती दिन लागेका हुन् । अपराह्नदेखि साँझसम्म सो व्याण्डहरुको प्रस्तुती रहने जनाइएको छ । आज दिउँसो भने अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता आयोजना हुँदैछ । कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भोलि पुस १५ गते तमु समुदायको ल्होसार विशेष कार्यक्रम हुनेछ । जहाँ तमु समुदायको भव्य उपस्थितिमा रोधीँलगायतका मनोरञ्जनात्मक कार्यक्रम दिनभरीजसो… पुरा पढौ

ल्यान (LAN) को दशौँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न, अध्यक्षमा मोतिप्रसाद श्रेष्ठ चयन

पोखरा । ल्याङ्ग्वेज एसोसिएसन अफ नेपाल (ल्यान) को दशौँ साधारण सभा तथा छैटौँ अधिवेशन आइतबार (पौष १३ गते) संस्थाका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि जाइका इन्टरनेशनलका प्रोजेक्ट म्यानेजर राजन कुमार पौडेल, विशेष अतिथि शैक्षिक परामर्श महासंघका केन्द्रीय सचिव भुवन क्षेत्री तथा जे–टेस्ट नेपालका संयोजक कृपानाथ श्रेष्ठ र अतिथिहरूमा इ–क्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैरे, फेकोन गण्डकी प्रदेशका अध्यक्ष सुजन बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष युवराज खनालले संस्थाको स्थापना, उद्देश्य तथा… पुरा पढौ

सडक महोत्सवसँगै शुरु भयो सांगीतिक उत्सव पनि

पोखरा, पुस १३ पोखरा सडक महोत्सव शुरु भएसँगै पोखराको लेकसाईड कोमागाने पार्कमा सांगीतिक उत्सव पनि शुरु भएको छ । रेवान पोखराको आयोजनामा शुरु भएको सडक महोत्सवसँगै कोमागाने पार्कमा अल टेक नेपालको संयोजनमा सांगीतिक उत्सव पनि शुरु भएको हो । जहाँ एक्स नेपथ्य तीन दशकपछि गुञ्जिनेछ । न्यू ईयर ईभ विशेष कार्यक्रमको दिन पुस १६ गते बेलुका एक्स नेपथ्यका रविन श्रेष्ठ र गौतम गुरुङले विशेष प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । सो दिन न्यू ईयर ईभ… पुरा पढौ

तामझामसहित शुरु भयो पोखरा सडक महोत्सव

सन्देश श्रेष्ठपोखरा, पुस १३ पोखरामा तामझामसहित सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्सवको २७ औं श्रृङ्खला आईतबारदेखि शुरु भएको हो । महोत्सवको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र सहरी विकास मन्त्री कुलमान घिसिङले आईतबार औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटनअघि पोखरा हल्लनचोकदेखि झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, थकाली, थारुलगायतका जातजाति आ–आफ्नो… पुरा पढौ

म्याग्दीमा पुन परिवारले गरे वडा कार्यालयलाई जग्गा दान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि स्थानीयले रु एक करोड मूल्य पर्ने जग्गा दान गरेका छन् । छिमेकी मुलुक चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीयस्थल महभिर झरना नजिकै रहेको चार रोपनी क्षेत्रफलको जग्गा निःशुल्क प्राप्त भएको हो । अन्नपूर्ण गाउँपालिका–७ का वडाअध्यक्ष मइलन गर्बुजा पुनका अनुसार भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा दान गरेका हुन् ।… पुरा पढौ

भाचोकमा परिवार नियोजनको अभिमुखिकरण

नेपाल परिवार नियोजन संघ कास्कीले कास्कीको मादी गाउँपालिका वडा नं १० स्थित भाचोकमा अभिमुखिकरण कार्यक्रम गरेको छ । संघले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र आमा समूहको नेतृत्वका लागि परिवार नियोजन र यौन तथा प्रजनन् स्वास्थ्य विषयमा अभिमुखिकरण गरेको हो । ग्रामिण तथा दुर्गभ क्षेत्रलाई लक्षित गरी कार्यक्रम गरिएको सभापति नवीन सिग्देलले जानकारी दिए । भाचोक स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै भाचोक स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर गुरुङले आफ्नो क्षेत्रमा कार्यक्रम ल्याइदिदा… पुरा पढौ