समाज

माझठानाको रत्नशोभा विद्यालयमा विद्यार्थीलाई ३० मा खाना

सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना रु ३० मा खुवाउँदै आएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीलाई दिवा छात्रावासको अवधारणाअनुसार बिहान ७ः३० बजेबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयले पूर्वविद्यार्थीहरूको सहयोगमा न्यून शुल्कमा खाना खुवाउने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिए । विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ छात्रावास सञ्चालन गरिएको जनाउँदै उनले उनीहरूको सहजताका साथै अभिभावकलाई पनि… पुरा पढौ

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने यहाँ आउनेहरु नघटेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म… पुरा पढौ

पोखरा सडक महोत्सवमा आज न्यू ईयर ईभ विशेष : एक्स नेपथ्यदेखि डिमर्चासम्म गुञ्जिदै

पोखरा, पुस १५ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा आज न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । जहाँ आज एक्स नेपथ्यदेखि डिमर्चासम्मले मध्यरातसम्म गुञ्जिनेछ । अल टेक नेपालको संयोजनमा चलिरहेको सांगीतिक उत्सव अन्तर्गत हुने न्यू ईयर ईभ विशेष कार्यक्रममा एक्स नेपथ्य तीन दशकपछि गुञ्जिदैछ । कार्यक्रममा एक्स नेपथ्यका गायक रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु तथा अर्का गायक गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ… पुरा पढौ

पोखरा सडक महोत्सवमा न्यू ईयर ईभ विशेष : एक्स नेपथ्यदेखि डिमर्चासम्म गुञ्जिने

पोखरा, पुस १५ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा बुधबार न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । जहाँ एक्स नेपथ्यदेखि डिमर्चासम्मले मध्यरातसम्म प्रस्तुती दिनेछन् । अल टेक नेपालको संयोजनमा चलिरहेको सांगीतिक उत्सव अन्तर्गत हुने न्यू ईयर ईभ विशेष कार्यक्रममा एक्स नेपथ्य तीन दशकपछि गुञ्जिनेछ । कार्यक्रममा एक्स नेपथ्यका गायक रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु तथा अर्का गायक गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ… पुरा पढौ

सिमलचौरको पशुपतिनाथ मन्दिरको बार्षिक सभा सम्पन्न

शिशिर उजाडपोखरा पोखरा ८ सिमलचौरस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको १४ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै धार्मिक एवं सामाजिक व्यक्तित्व वीरेन्द्रनारायण विजुक्छेले धार्मिक ज्ञान र चेतनाले नै समाजलाई समृद्ध बनाउने बताउँदै, नैतिक ज्ञानका लागि धार्मिक चेतना आवश्यक रहेको बताए ।समितिका अध्यक्ष दामोदर सिग्देलले यस क्षेत्रको धार्मिक धरोहरका रुपमा रहेको पशुपतिनाथ मन्दिरलाई विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले धर्म बाँचे मात्र संस्कार बच्ने र समाज असल हुने स्पष्ट पारे ।… पुरा पढौ

पोखरा सडक महोत्सव : डुङ्गा दौडमा संस्थागततर्फ फेवा डुङ्गा व्यवसायी संगठन र समूहतर्फ राई, भण्डारी र परियारको टोली प्रथम

रेवान पोखराको आयोजनामा जारी २७ औ पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोलीले प्रथम स्थान हासिल गरेका छन्। त्यसैगरी सजेस कङ्साजु, राज तामाङ र राजकुमार तामाङको टोलीले द्वितीय स्थान हासिल गर्यो भने कुमार झलारी, गणेश जलारी र कृष्ण जलारीको टोलीले तृतीय स्थान हासिल गरेको छ।संस्थागततर्फ रुद्र भुजेल, धनबहादुर परियार र विपिन गुरुङ सम्मिलित फेवा डुङ्गा व्यवसायी… पुरा पढौ

पोखरा सडक महोत्सवमा आज स्वप्न सुमन र केहर लिम्बु गुञ्जिदै,भोलि एक्स नेपथ्य, उज्जन शाक्यदेखि डि-मर्चासम्म गुञ्जिने

पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा आज चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिदै छन् । तमु समुदायको महान पर्व ल्होसारको दिन भएकाले आज दिउँसो ल्होसार विशेष कार्यक्रम चलिरहेको छ । आज साँझ भने लाईभ व्याण्ड गुञ्जिेनछ । आज दिउँसो विविध सांस्कृतिक कार्यक्रम तथा रोँधी कार्यक्रम चलिरहेको अलटेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । साँझमा भने लाईभ व्याण्ड प्रस्तुतीमार्फत स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु… पुरा पढौ

आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै,प्रधानमन्त्रीद्वारा तमु ल्होसार पर्वको शुभकामना

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा… पुरा पढौ

पोखरामा ल्होछार महोत्सव शुरु, ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नुपर्ने प्रदेश प्रमुख भट्टको भनाई

पोखरा, १४ पुस । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिएका छन् । तमु धिं नेपालले महान पर्व तमु ल्होछारको अवसर पारेर पोखरामा आयोजना गरेको तमु ल्होछार महोत्सव २०८२ मा प्रमुख अतिथि भट्टले सर्प वर्ग ९सप्री ल्हो० समाप्त भएर घोडा वर्ग ९त ल्हो० को आरम्भ भएको अवसरमा सबैमा शुभकामना पनि व्यक्त गरे । ‘सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र… पुरा पढौ

जिप्रका कास्कीलाई कम्प्युटर हस्तान्तरण

पोखरा, पुस १४ पोखराका ४ वटा बैंकले जिल्ला मालपोत कार्यालय कास्कीलाई कम्प्यूटर हस्तान्तरण गरेका छन् । मालपोतबाट दिइने सेवालाई सहज बनाउन नविल बैंक,सिटीजन्स बैंक,ग्लोबल आइएमई बैंकको तर्फबाट दुई थान कम्प्यूटर तथा हिमालयन बैंकको तर्फबाट एउटा कम्प्यूटर र प्रिन्टर तथा हस्तान्तरण गरिएको हो । गएको भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा मालपोत कार्यालयसँगै त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए ।कार्यालय जलेसँगै मालपोतबाट प्रवाह हुने सेवा ठप्प भएको थियो । सेवा सूचारु गराउनका निम्ति पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण… पुरा पढौ