खेलकुद

पोखरा महिला गोल्डकपमा आयोजकबिरुद्ध नेपाल पुलिस क्लबको फराकिलो जित

सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले बिजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले आयोजक आरएस पोखरा एफसीलाई ८ गोलको फराकिलो अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो । कमजोर आयोजकबिरुद्ध एकतर्फी पेलेको पुलिसले पहिलो हाफमा ५ र दोस्रो हाफमा ३ गोल ग¥यो । शुरुवातदेखि नै दवाबमा राखेको पुलिसले अन्तिमसम्मै खेल प्रभाव जमाउन सफल भयो । आयोजक पोखराबिरुद्ध नेपाल पुलिस क्लबकी रेखा पौडेल एक्लैले ह्याट्रिक गोलसहित ५… पुरा पढौ

हेमजा युनाइटेडको आठौँ साधारणमा खेलाडीलाई सम्मान

हेमजा,वैशाख १८ । पोखरा महानगरपालिका–२५, हेमजामा २०७० सालमा स्थापना भई सक्रिय सामाजिक तथा खेलकुद संस्थाका रूपमा आफ्नो पहिचान बनाउन सफल हेमजा युनाइटेड को आठौँ वार्षिक साधारण सभा तथा २०८३ सालको संस्थागत वार्षिक कार्यपालिका सहितको भित्ते पात्रो विमोचन एवं खेलाडी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका सचिव महादेव अधिकारीले आर्थिक वर्ष २०८१-८२ का संस्थागत गतिविधिहरूको समीक्षा सहित आगामी योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष निराजन अधिकारीले सोही आर्थिक वर्षको आर्थिक प्रतिवेदन पेश गरेका थिए। प्रस्तुत आर्थिक प्रतिवेदन सभाबाट… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड २०८२ बैशाख मसान्तमा हुने ः ९ विधामा अवार्ड प्रदान गरिने

सन्देश श्रेष्ठपोखरा पोखरा स्पोर्टस अवार्ड–२०८२ बैशाख मसान्तमा हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डको दशौं श्रृंखला बैशाख ३१ गते हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । अवार्ड सेरेमोनी पोखरा–६ लेकसाईडस्थित पोखरा ईभेन्ट सेन्टरमा हुने आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्ती मगर (एमबी आस्था)ले जानकारी दिए । हिमश्री फुड्स प्रालिको मुख्य उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा ९ विधामा अवार्ड प्रदान गरिने अयोजकले जनाएको छ ।… पुरा पढौ

पोखरामा पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू

पोखरामा राष्ट्रिय ह्याण्डबल ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना, बुढानिलकण्ठ नगर पालिकाको सहकार्य एवं गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा सो प्रशिक्षण कार्यक्रम सुरू भएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा बुधबार आयोजित एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले सो प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा उनले पछिल्लो समयमा ह्याण्डबलका गतिविधि बढ्नुले पनि यहाँको खेलकुद चलायमान बनाउन सहयोग पुगेको जनाउँदै दक्षिण एशियामा उत्कृष्ट नेपाली ह्याण्डबल खेलको विकासका लागि रेफ्रि प्रशिक्षणले… पुरा पढौ

पोखरा महानगरपालिका तेक्वान्दो विकास समितिको साधारण सभा सम्पन्न

पोखरा, बैशाख १३ गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले २०८३ साललाई खेलाडी उत्पादनको वर्ष बनाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिका तेक्वान्दो विकास समितिको आईतबार आयोजित दोस्रो साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । गण्डकी प्रदेश खेलाडी उत्पादनमा कमजोर बनेकाले यस वर्षलाई खेलाडी उत्पादनको वर्ष बनाउनुपर्ने उनको भनाई थियो । प्रदेश तेक्वान्दो संघ मातहतका जिल्ला र महानगर समितिलाई सघाउन तयार छ,उनले भने,‘तपाईंहरु जिल्ला र महानगरबीच समन्वय गरेर खेलाडी उत्पादनमा लाग्नूस् ।’ उनले समितिहरुलाई विधानको अक्षरशः पालना गरेर काम गर्न आग्रह… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडलाई ब्राण्डका रूपमा स्थापित गर्न सुझाव

“जाग्छ पोखरा, दौडाउँछ पोखरा” मूल नाराका साथ पोखरामा गत चैत्र २८ गते आयोजना पोखरा रात्रिकालीन सडक दौड पोखरा नाइट स्ट्रिट रेस प्रतियोगिता २०८३ लाई पोखराको नयाँ ब्राण्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । शनिबार आयोजित समीक्षा तथा शुभकामना एवं मैत्रिपूर्ण फुटबल कार्यक्रममा सहभागी वक्ताले प्रतियोगितालाई अझ व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउन सुझाव दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं। ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पत्रकारहरूलाई नयाँ र सिर्जनशील कार्यक्रम ल्याउन आग्रह गर्दै आफ्नो वडाको पहिचान… पुरा पढौ

सहारा एकेडेमीमा शनिबार मैत्रीपूर्ण फुटबल हुने

पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजना तथा सहारा क्लब पोखराको सहकार्यमा पोखरामा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । पोखरा–१७ दोबिल्लास्थित सहारा फुटवल एकेडेमीको खेल मैदानमा शनिबार बिहान ९ः३० बजे हुने खेलमा पोखरा क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व, उद्योगी व्यवसायी, पर्यटन तथा खेलकुदकर्मी, जनप्रतिनिधि, सहारा क्लव एवं आयोजकको सहभागिता रहने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । २६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त एकेडेमीले बालबालिकाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउँदै क्लबका उपाध्यक्ष एवं एकेडेमी संयोजक विनु राना मगरले यस… पुरा पढौ

भद्रकाली क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम शुरु

पोखरास्थित भद्रकाली बहुमुखी क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम बिहीबारबाट सुरु भएको छ । क्याम्पस सञ्चालन समितिका अध्यक्ष जय प्रसाद सापकोटाले भलिबल खेलका प्रमुख रेफ्री दिलीप गुरुङलाई बल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे । उद्घाटन सत्रको अध्यक्षता गरेका क्याम्पस प्रमुख नवराज रेग्मीले यही १४ गतेसम्म हुने खेलकुदमा सबै विद्यार्थीलाई सहभागी हुन र कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न निर्देशन दिए । तीन दिनसम्म चल्ने खेलकुदमा छात्र र छात्रा दुवै समूहका भलिबल, बास्केटबल, फुटसल, डोरी तान्ने र छेलो खेलहरु समावेश गरिएको क्याम्पसले जनाएको छ… पुरा पढौ

१०औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपको साथ

पोखरा ।१० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रूप अफ पोखराले सघाउने भएको छ । रारा तयारी चाउचाउको टाईटल स्पोन्सर र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख १८ गते पोखरामा हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डका लागि विगतमा जस्तै सहयोगलाई निरन्तता दिने भएको हो ।टाईगर गु्रप अफ पोखराका अध्यक्ष नारायण शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच १० औं पोखरा स्पोर्टस अवार्डमा सहयोग गर्ने गरी सम्झौता भएको छ ।सम्झौता पत्रमा हस्ताक्षर गर्दै टाईगर… पुरा पढौ

मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिसमा यू १८ तर्फ दर्शिललाई स्वर्ण, यू १२ र यू १४ मा सारालाई दोहोरो स्वर्ण

कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबार पोखरामा सम्पन्न यू १८ ब्वाइज सिंगल्सतर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जिते भने गर्ल्स सिंगल्सतर्फ सारा पन्तले यू १२ र यू १४ तर्फ स्वर्ण पदक जितेकी छन् । सम्पन्न प्रतियोगिताको यू १८ ब्वाइजतर्फ दर्शिलले फाइनलमा शास्वत बज्रचार्यलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरे ।यू १६ ब्वाइजतर्फ सन्दिप विकले स्पन्दन उदासलाई ६–२, ३–६, ६–१ ले फाइनलमा पराजित गरी स्वर्ण पदक जिते भने सन्दिपले रजत पदक हात पारे । यू १६ गर्ल्सतर्फ श्वरा थापाले स्वर्ण जितिने… पुरा पढौ