खेलकुद

अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ मा आयोजकको विजयी शुरुवात

माघ १५ पोखरा । ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित बगर भाइखलकको आयोजनामा १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । पोखरामहानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज (मंगलबार) देखि १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता शुरु भएको हो । उद्घाटन खेलमा संगम भेट्रान्स विजयी बन्यो । लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै संगम दोस्रो चरणमा प्रवेश गर्याे । संगमको जीतमा दिलिप कुमार गुरुङले निर्णायक गोल गरे ।… पुरा पढौ

तेस्रो हिसान गण्डकी फुटसल प्रतियोगिता कास्की छनौटको टाइसिट सार्वजनिक

माघ १५ पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेलको खेलतालिका सार्वजनीक भएको छ । बुधबार देखी हुने प्रतियोगिताको उद्घाटन खेलमा मदरल्याण्ड मावि र सृजना मावि खेल्ने भएका छन् । ३१ विद्यालय सहभागीता जनाएको प्रतियोगिताबाट गण्डकी प्रदेशका लागि १० टिम छनौट हुने छन् । गण्डकी प्रदेशका लागि कास्की छनौट प्रतियोगिता माघ १९ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट २, स्याङजाबाट १, पर्वत,… पुरा पढौ

टाइगर कप भलिबलः भोलि लिगका अन्तिम चरणका खेल हुने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि बुधबार लिग चरणका ४ खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी उक्त प्रतियोगिताको पाँचौं दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पहिलो र दोस्रो खेल महिलातर्फको हुनेछ । पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । प्रतिष्ठाका लागि हुने उक्त खेल बिहान पौने ९ बजेबाट… पुरा पढौ

टाइगर कप भलिबलः गण्डकीले एपिएफलाई हरायो

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपिएफलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३–१ सेटको जित दर्ता गराएको हो । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै जित हासिल गर्न सफल रह्यो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकी र एपिएफले… पुरा पढौ

टाइगर कप भलिबलः महिलातर्फ आयोजक र एपिएफले पहिलो क्वालिफायर खेल्ने

पोखरा । टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित हो । योसँगै महिला टोलीतर्फ ‘जित्ने समूह’ बाट आयोजक टोली र सशस्त्र प्रहरी बल एपिएफ शीर्ष दुई स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ । पहिलो र दोस्रो स्थानको टुंगो भने लिगको अन्तिम खेलबाट… पुरा पढौ

गोरखकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण फागुन ७ देखि

गोरखा । गोरखा जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको गोरखाकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आगामी फागुन ७ गतेबाट सुरु हुने भएको छ । हरमटारी युवा क्लबको आयोजनामा फागुन ७ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका महासचिव किरण ढकालले जानकारी दिए । ‘गोर्खाली रनिङकप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ सदरमुकामस्थित हरमटारी रङ्गशाला खेलकुद मैदानमा हुने सञ्चालन हुने उनको भनाइ छ । विंस २०७० देखि क्लबले जिल्लामै सर्वाधिक पुरस्कार राशिको फुटबल… पुरा पढौ

आर्मीलाई सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश

पोखरा । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश गरेको हो । पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पो¥यो । दोस्रो सेटमा १६–१० को आर्मीको अग्रतालाई उल्टाउँदै पुलिसले जित निकालेको थियो । अन्य सेटमा… पुरा पढौ

अलि मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलको दोस्रो दिन ७ खेल सम्पन्न

माघ १४ पोखरा । लोक कवि अलि मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शोमबार सात खेल सम्पन्न भएका छन् । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा बरजला एफसी, एनकेबी एफसी, मुस्लिम कल्याण्कारी, रानीपौवा एघार, एनबीपीसी एफसी, माछापुच्छ्रे, श्रीशक्ती र एनएमवाइसी (बी) दोस्रो चरणमा प्रवेश गरेका छन् । बरजलाले मियापाटन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्यो । यस्तै एनकेबीले केआइसीसी बुनलाई पेनाल्टी सुटआउटमा ३–२ को गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्‍यो ।… पुरा पढौ

टाइगर कप भलिबलः भोलि लिग चरणका ४ खेल हुने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि मंगलबार लिग चरणका ४ खेल हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको चौथो दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब र… पुरा पढौ

आहा रारा खेल्न युकेबाट फुटबल टिम काठमाडौंमा

माघ । आगामी सातादेखि हुने २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिन युकेबाट फुटबल टोली नेपाल आएको छ । सोमबार बिहान त्रिभुवन विमानस्थल उत्रिएको ब्रिगेड ब्याइज फुटबल क्लब, युकेको टोलीलाई सहारा क्लब पोखराका संस्थापक कार्यसमिति सदस्य शान्ति केसी लगायतले स्वागत गरे । उक्त टिम म्यानेजरमा सुरेश राना तथा सहायक प्रशिक्षकमा रोशन राई छन् । सहारा क्लब पोखराले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना… पुरा पढौ