खेलकुद

मच्छिन्द्र फुटबल क्लव आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा, माघ २३ पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा मच्छिन्द्र क्लवले बिजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन बुधबार मच्छिन्द्र क्लवले सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । बुधबारको जितसँगै मच्छिन्द्रले २०७८ सालको आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा व्यहोरेको हारको बदला एपीएफसँग लिन सफल भएको छ । बुधबारको जितसँगै मच्छिन्द्र क्लव प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब मच्छिन्द्रले सेमीफाइनल प्रवेशका लागि थ्रीस्टार क्लवसँग प्रतिष्पर्धा गर्नेछ… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप पोखरामा शुरु, उद्घाटन खेलमा पुलिस बिजयी

पोखरा, माघ २२ पोखरामा आहा ! रारा पोखरा गोल्डकप शुरु भएको छ । सहरा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा मंगलबारदेखि आहा ! रारा पोखरा गोल्डकपको २४ औं श्रृङ्खला शुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल प्रहरीको नेपाल पुलिस क्लव बिजयी भएको छ । पुलिसले आयोजक सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । जितसँगै पुलिस आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।… पुरा पढौ

पहल र अम्फा टाइगर कप भलिबलका सर्वोत्कृष्ट खेलाडी

पोखरा । पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी,… पुरा पढौ

एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो । पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६… पुरा पढौ

टाइगर कप भलिबलः महिला र पुरुष दुवैतर्फको फाइनल खेल भोलि

माघ १९ पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुँदैछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार हुन लागेको हो । आइतबार हुने पहिलो फाइलन खेल महिलातर्फको हुनेछ । बिहान ११ बजे सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल ९एपीएफ० क्लबले प्रतिस्पर्धा गर्नेछन् । एपिएफले पहिलो क्वालिफायरमा आयोजक टोली र आयोजक टोलीले दोस्रो क्वालिफायरमा टिपटप न्यू… पुरा पढौ

टाइगर कप भलिबल स् टाइगर ग्रुप पोखरा फाइनलमा

आयोजक टोली टाइगर ग्रुप पोखरा यहाँ जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो क्वालिफायरमा टाइगर ग्रुप पोखराले टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई ३–१ सेटले पराजित गरेको हो । पहिलो सेट १६–२५ अङ्कले गुमाएको टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९ अङ्कले, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२३ अङ्कले आफ्नो पक्षमा पारेको… पुरा पढौ

टाइगर कप भलिबलमा आज दोस्रो क्वालिफायरका खेल हुने

पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत आज दोस्रो क्वालिफायरका खेलहरु हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको आठौं दिन आज पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल हुने भएका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको क्वालिफायर हुनेछ । विहान ११ बजेबाट सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लबबिच हुनेछ । टाइगर ग्रुप पहिलो क्वालिफायरमा सशस्त्र प्रहरी बल एपिएफसँग पराजित हुँदै… पुरा पढौ

टाइगर कप भलिबलः भारतको सुनिल क्लबलाई हराउँदै गण्डकी दोस्रो क्वालिफायरमा प्रवेश

पोखरा । एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई ३–१ ले पराजित गर्दै गण्डकीले दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो । पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन जित निकाल्दै दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित ग¥यो । गण्डकीले पहिलो सेट ३१–३३ ले गुमाएको थियो । गण्डकीले १६–११ को अग्रतालाई जोगाउन… पुरा पढौ

आहा ! रारा पोखरा गोल्ड कपमा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने

गण्डकी प्रदेशको राजधानी पोखरामा यही माघ २२ देखि फागुन ३ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा १ रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । चौबिसौँँ संस्करणको यो प्रतियोगितामा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल माघ २२ गते आयोजक सहारा र विभागीय टोली नेपाल पुलिस क्लबका बीचमा हुनेछ । प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार… पुरा पढौ

आयोजक टोलीलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा प्रवेश

पोखरा । आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफ फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपिएफले फाइलन यात्रा तय गरेको हो… पुरा पढौ